~घनश्याम प्याकुरेल~
कस्तो हुन्थ्यो होला जीवन सम्झना बुझेको भए?
तिम्रो मेरो संसारको कल्पना बुझेको भए।
च्यातिसक्यो होला नक्सा तिम्रो मेरो प्रेमघरको
बन्थ्यो अलिसान महल भावना बुझेको भए।
साच्चै गाह्रो हुदो रैछ दुई किनारा भई बाँच्न
समिप त आउथें नि म चाहना बुझेको भए।
आज तिमी रुदै रुदै एक्लै हिंड्नु पर्दैनथ्यो
समयसँगै चल्नुपर्ने जमाना बुझेको भए।
घनश्याम प्याकुरेल
9851010822
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )