~पुस्कर सिङ्गर~
कुलोको सङ्लो पानी जस्तो
कहिल्यै बग्न जानेन
खेततिर
कृषिप्रधान देशको
कृषिमन्त्रीको नियत।
किन आएँन बग्दै बग्दै
कुलोको पानीसितै
तिम्रो खेतको अनुहार हेरेर
देशले खाँका कोरेका
नीति नियमहरू
सेता कागजमा उतारेका परियोजनाहरू।
शहरसम्म पुग्छु भनि
हिड़ेको गोरेटो
कहाँसम्म पुगेर हराएँ?
किन फर्काएर ल्याउन सकेन यसले
वर्षौअघि शहर छिरेका
लाठे छोराका पाईलाहरू
ब्यूटि पार्लरमा काम गर्ने
तरुणी छोरी
र
तिम्रो घर उजेलिने घाम।
सोधेनन् कस्सैले तिम्रो
कुलोझैँ सुक्दै गएँका
पौरखहरू
खेतझैँ बाझो बन्दै गएका सपनाहरू
र
बाँधझैँ छात्तीभित्र
थुनेर राखेका
आवेशहरू /पीड़ाहरू।
कुप्रिएको
तिम्रो रोगी शरीरको
वास्तै नराखि
अहिले
खेत जचाउँनलाई
कसलाई डाकेको?