~घनश्याम प्याकुरेल~
सम्झना आँखामा आईदिदा
ती दिनहरू मनमा अल्झिदा
ती दिनहरू रमाईला क्षणहरू
कहाँ गए मेरा मिठा अतित हरू?
कहिले उस्ले मलाई हेर्थी म उस्लाई हेर्थे
कति सपनाहरुमा अङ्गालोमा उस्लाई बेर्थे
हल्ला हुने गर्थ्यो साथी भाईहरु बसेर
अनी यस्तै कुरा हुन्थ्यो को ठुलो भाछ पढेर
सम्झना……
आँखा भरी सपना धेरै सजाउँदा लाग्थ्यो मिठो
रहरहरु बुन्दा बुन्दै समय बित्यो कति छिटो
यता हेर्छु उता हेर्छु देख्दिन कोही पनि
झझल्कोले सताउँछ बनेर मिठो सपनी
सम्झना ….
स्वर / शब्द : घनश्याम प्याकुरेल (यथार्थ ब्याण्ड)
संगीत : मोहित मुनाल
Samjhana – Yathartha
Ghanashyam Pyakurel (Official Music Video): http://youtu.be/sQR-izqukpM
-काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )