गजल : कहिले सपनीमा आयौ !

~सुरेन्द्र खौलराठी~Shree Surendra

कहिले बिपनीमा आयौ कहिले सपनीमा आयौ !
धोका दिन किन मेरो जिन्दगीमा आयौ !

न दिनमा हास्न सक्छु न रातमा सुत्न सक्छु,
छटपटिमै बित्यो रात निदरीमा आयौ !

उडायौ मेरो जिन्दगीका सारा खुसी,
जवानीको मातमा तिमी बेहोशीमा आयौ !

संलो थियो माया धमिल्यायौ आफैले,
मेट्नु रैछ मृगतृष्णा यो खोलीमा आयौ !

गुमाएर सर्वश्व यो बाँचु म कसरी,
मर्छु अब बिष पिएर कलेजीमा आयौ !

नाम: सुरेन्द्र खौलराठी
ठेगाना: खलंगा, दार्चुला
हाल: कीर्तिपुर, काठमाण्डु
पेसा: विद्यार्थी (M.Sc.Physics, Patan Campus)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.