~घनश्याम प्याकुरेल~
खुशीको बयान कहाँ गरेर सकिन्छ ?
जब सोचेको र खोजेको सबै भेटिन्छ ।
समय एकनासले कहाँ चल्छ र खै ?
हिजो फ्याँकेको ढुङ्गा आज भगवान बन्छ।
चिन्न सक्नु पर्छ नि आफु भित्रको कला
के था’ शायद भोली ठूलै मान्छे भईन्छ।
दुई दिनको जिन्दगी हाँसेर बिताउँ
अमूल्य यो जीवन फेरि कहाँ फर्किन्छ ?
घनश्याम प्याकुरेल
9851010822
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )