~रुमन न्यौपाने ‘अमन्त’~
“अझै थपँ”, कोकीलाले कानमै आएर फुसफुसाई ।
“हुन्छ”, मैले टाउकाले मात्र ईसारा गरे ।
उसले हरीयो सिसीबाट मेरो गिलासमा सम्पुर्ण थोपा झरे सम्म झार्ने कोसीस गरी ।
“तपाईको साथीहरु आएनन्” ? उसले सोधी
“सुपरभिजनको लागी बाहीर गएका छन्” । मैले उसको मुखमा पुल्लुक्क हेरेर जवाफ र्फकाए ।
अहो ! मैले याद नगरेको । उसको परिचय यही हो । कोकीला । उ यस पसलकी साहुनी अनी म यहाँको अनियमीत ग्राहाक । हामी बिच खानु र खुवाउनुको मात्र सम्बन्ध थियो । उ मलाई रित्तो गिलास भरी भरी खुवाउँथी र म उसको भराईमा मात्तीएर गिलासलाई रित्ताईदिन्थे । कहीले काँही मेरो छेवैमा आएर “के थपैं”? भनेर भन्दा कान र उसको ओठ बिचको छोटो, अँ मिठो पनी, दुरीमा नै सम्बन्ध कायम थियो ।
हो म बिज्ञापन बनाउँछु, मेरो ग्राहाकहरु त्यही मेरो सिर्जनशिलला लाई किन्छन् र ढुक्क संग टेलिभिजनहरुमा बजाउँछन् र म टक शो को बिचमा फुत्त ति मेरो सिर्जनाहरु निस्कदा गजबले उल्लसित हुन्छु । उनिहरु संगको मेरो संम्बन्ध मानै गाढा हुन्छ, भट्टी साहुनीको भन्दा केही आना माथी । अचेल प्राय मेरो सम्बन्धहरु ब्याबसायिक हुन्छन् जसरी हरेक साँझको सम्बन्ध काँचको गिलास र यो परिचीत भट्टी साहुनी संग थियो । अरे उ पिलाउँछे र म र्धरमर हात ले पैसा बुझाएर निस्कन्छु यही हो ब्यबसायिक सम्बन्ध । यहाँ छिरेर बगलमा खाली भएको मेच खोज्नु मुस्कील हुन्थ्यो तैपनी कोकीलाको निगाहा थियो जसै मैले उसको काउन्टर संगैको मेचमा बस्ने मौका पाउँथे । बगलमा खाली खोज्नु आफ्नै अन्र्तमुखी स्वभाबले पनि हो मानै मासु पसलमा म भेज आईटम खोज्दै हुन्छु ।
चिल्लो भुटन र चिकेनको साँप्राहरुले भिज्दै भिज्दै गरेका दैनीक पत्रीकाहरको सानो चाङ जसै म अधिल्तीर देख्छु म खुब जतन संग ति मध्य कुनै एक छान्न खोज्छु मानै सुँगाको चुच्चोले निकालेको खामनै भबिष्यको लेखोट होस् । तर र्दुभाग्य दैनीक जती चलाखी गरे पनी मेरो हातमा उस्तै लाग्ने पत्रीकाको एउटा पन्ना तानिन्छ र पारिश्रको पैँचो तिर्न भएपनी र्सरर्सती पन्नाहरु पल्टाँउछु । एउटै लाग्ने हेडिङ, एउटै लाग्ने बाक्य र लगभग उस्तै लाग्ने समाचारहरु, लाग्छ तिनीहर हरेक भध्यरातमा तिनै पत्रीकाहरु छपाएर निकाल्छन् । आफै संग तर्कन्छु, लाग्छ म यही अबसर छोप्न आए जस्तो तर जे होस् म पत्रीका फलीदिन्थे र कोकीलाको वरीपरी आँखा लान्थे । मुसुस्क हाँस्थी । दाँतको लहरहरु मिलेकै छन्, हिस्सी परेकी छे, शरिरमा लचकता हुन्छ मनले भन्छ गएर युगल तस्बीर खिँचाउ । साच्चै म मातेको हुदैन थिए त्यती खेर । उ राम्री थिई त उसको होटलमा गजबको तमासा देखिन्थ्यो प्रत्येक साँझ । हो, यस्तै तमासा बाहीरको सेतो घरमा पनी दिनहु देखिन्छ ।
बाहीरको सेतो घरमा बेलाबखत रमीता भईरहन्छ, म पनी निस्कँन्छु ।
“खै खै के भएछ”? उ पनी मेरो जिउमा ठेलिएर सोध्धै हुन्थी । म लठ्ठीएको भाकामा एउटै जवाफ र्फकाउँथे । “देशमाराहरु”–र निडर भएर म पनी त्यहीँ उभिएर सबै कुरा बुझ्न खोज्थे मानै मलाई पनी लोकको लाज थिएन, रक्सीको मताईमा । एकहुल आँउछन्, कराउन्छन् अनी जान्छन् । घाममा एकदम संग टल्कीएको त्यो सेतो घर भित्रको नियती कोकीलाको ब्लाउज भित्रको नियती जस्तै थियो मात्र अनुमान गर्न सक्ने । मेरो साथीहरु हुन्थे त जिन्दाबाद र मुर्दाबादको नाराले एकछीन होटल तताउँथे र पछी एकछीन सन्नाटा छाँउथ्यो मानै तिनै सेतो घरको मालीकहरुको मौन घारण चल्दै हुन्थ्यो ।
कती गिलास रित्तीए, फेरी भरीए, फेरी रित्तीए म गन्न भ्याउँदैन थिए । मेरो चित्त एकतमासमा भट्टी साहुनी र सेतो घरको आर्कषणमा दाँजिन पुग्छन् । अल्मारी तिर पिठ्युँ र्फकाएर काँचको गिलास तह लाउदै गरेकी साहुनीको कम्मर मुनीको सेतो भागमा पुग्छु । म आफुलाई त्यहाँ बाट र्फकाउन चाहाँन्न यो त मेरो ब्यबसायिक नारा जस्तो थियो, बाई वन गेट वन फ्री । हरीयो झोल र पिठ्यँको सेतो रङ्ग संग घुमील भएर निस्कीएको बिशालु गन्घले शरीर भरी उम्रीएको काँडालाई अनुभब गर्न सक्थे । त्यो रोमाञ्चक थियो । मेरो ब्यबसायिक तनाबलाई पन्छाउन पर्यात थियो । तर ठिक सामुन्ने सेतो घर । सेतो घरबाट केही चाहाना गर्न सक्दैन थिए । कुनै किसीमको अपेक्षा गर्न सक्दैन थिँए । त्यो त बाँध थियो भत्कीसकेको जसले बगाउला भन्ने त्रास मात्र थियो ।
मैले अक्कल लगाए । त्यो सेतो घर त भट्टी साहुनीको पिंडौला जस्तो हो जसलाई हेरेर कहीले अघाईदैन र कुनै प्रतीक्रीयाको आशा राख्न पनी सकीदैन । सेतो घर त्यस्तै थियो । नियतीले त्यसलाई पनी भट्टी साहुनीको तहमा दाँज्न थालेको थियो । जसलाई हेर्न प्रयत्न मात्र गर्न सकीन्छ, बुझ्नु र ग्रहण गर्नु असम्भबप्राय: । त्यसलाई चुटेर बल्लात्कार गर्न सकीदैन ।
“हुदैन”–
म एक्कासी साहुनीको पिडैंला बाट आफ्नै टेबलमा र्फकीए किनकी म एक्लोले त्यो सम्भब थिएन । म झमेला मा थिँए । सेतो घर लाई तौलीएर भट्टी सम्म खिच्दै थिए । जसरी अकारण भट्टी साहुनी तिर म आकृष्ट भएको थिए । उसको जवानीलाई परै बाट पान गर्थे । त्यस्तै सेतो घरको दैनीकी सामु पनी म त्यसै गरी उभीएके थिए । म त्यसलाई हेरेर टोलाउँथे । आफै संग साउती गर्थे ।
“के हुदैछ” ? आफैलाई प्रश्न गर्थे ।
तर त्यसले दिने मेरो भबिष्य अनिच्चीत छ । म त्यसै गलिदेन्थे । बरु मुखमा कुखुराको साँप्रा लाई रेल्दै लठ्ठीएको आँखाको कोशबाट भट्टी साहुनीको पिठ्युको फन्को मार्नु गजबको तालमेल थियो । रसिक थियो ।
म बहकीएको हुदैन थिँए । त्यो त नशामा निस्कीएको बास्तबिक बहाब हो । सेतो घरको पर्खालको भित्तामा नजर ठोक्कीदाँ परार्बतीत भएर आएको अनुभब असहज पाँउछु र स्वाट्ट बाँकी रहेको हरीयो, पँहेलो झोल रित्ताईदिन्छु ।
रातले आफुलाई ओकल्दै हुन्छ । सडकको सुनसान र कुकुरहरुको गहीरो भुकाई बाहेक अब त्यहाँ कोही थिएन । मेरो निस्सार र सन्न मन त्यो सेतो घरको पेटी पेटी कुद्धै हुन्छ । म मनहुस तर आज पिएकोले दबंग थिँए । भर्खर पानी रोकीएको थियो । खाडलमा जमेको पानीमा देखीने सेतो घरको दर्पण छाँया चन्द्रंमाको उज्यालोमा टल्कीरहेको थियो । म छुट्टाउन सक्थें त्यो सेतो घरकै छाँया थियो ।
मेरो तुलना प्रसंशनिय थिएन । त्यो भट्टी पसल्नी मेरो लागी परै बाट चियाउने डमी मात्र थिई जसको साईज हेरेर म तन्कीन्थे । न त्यसले मलाई केही दिई या दिने आशा राख्न सक्छु । म त्यो जवानी बाट परै छु र जसै त्यो सेतो घरबाट बाट पनी । त्यो सेतो घर शहरको अर्को अन्धकारमा छोपिदै गर्दा मेरो हल्लीएको पाईलाहरु बानेश्वरमा नियोन लाईटले रङ्गीएको सडक नाप्दै हुन्छन् । आज मेरो भबिष्य अन्धकारमा डुब्दै गरेको त्यो सेतो घरको कोल्छे कोल्छे भाग्दै थियो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)