~धनराज गिरी~
अभागी यो अयोध्यामा जन्मिएनन् राम
सधैँभरि अन्धकार उदाएनन् घाम
रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति
ब्ानिसक्यो देवभूमि दानवको गाम
शकुनि नै शकुनि छन् जता हेरे पनि
सुन्दिनँ म आजभोलि विदुरको नाम
पुगिएन गन्तव्यमा जति हिँडे पनि
यस्तो पारा अगुवाको, छक्क परे आम
सुनचाँदी, हीरामोती पेवा महलको
राजधानीतिर देख्छु अगस्तिको लाम।
– शहीद स्मृति क्याम्पस टाँडी।
(स्रोत : हिमाल खबर वर्ष २१, अङ्क १२ पूर्णाङ्क २९६)