समीक्षा : गजलमा लयविधान

~घनेन्द्र ओझा~ghanendra-ojha

गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे नाम पनि दिन सकिन्छ तर लेखनमा छन्दको संरचना आफ्नै विशिष्ट प्रकारको हुने गर्छ । उर्दूमा बहर भनिन्छ छन्दलाई । बहर अथवा छन्द भन्नु नै आफैँमा लय हो । गण, मात्रा (संस्कृत पिङ्गल छन्दमा) अथवा रुक्न र अर्कान (उर्दूमा)को मेलबाट निर्माण हुने लय नै छन्द हो । गजल गेय विधा हुनुको अर्थमा यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । लयलाई बुझाउने धेरै शब्दहरू छन् । बहर, छन्द, लय, मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरू हुन् । सामान्यतया गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमा चाहिँ गजल आबद्ध हुनैपर्दछ । गजलको उत्पत्तिताका पाठ्य या श्रव्य विधाका रूपमा लोकप्रियता कमाएको गजल आधुनिक वर्तमानमा गेय विधाका रूपमा सुपरिचित छ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको शताब्दियौं बितिसक्दा पनि चित्तबुझदो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरूले । यसका साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो भन्न सकिन्छ ।

यसको उदाहरणका रूपमा अहिले पनि आधुनिक सुगम सङ्गीतकै शैलीमा गजललाई सङ्गीत गर्ने र गाउने प्रवृत्तिलाई लिन सकिन्छ । कतिपय सञ्चारमाध्यमले अझै पनि राग अलापेर गाइएका गीतहरूलाई गजल भनेर बजाउँदै पनि आएका छन् । गजल गेय विधा हो तर यसको मतलब गजल गीत होइन, न त यो कविता नै हो । गजलको आफ्नै छुट्टै संरचना हुन्छ, गजललेखनको प्रविधि हुन्छ । गजलगायनको पनि आफ्नै विशिष्ट प्रकारको शैली हुन्छ । यो कुरालाई नबुझेर हो या बुझने कोसिस नै नगरेर नेपालका सङ्गीतकर्मी, गायकहरूले गजलका नाममा गजलइतर रचना गाइरहेका पाइन्छ । त्यसो त गजललेखकमा पनि पर्याप्त सजगता अझै पाइँदैन । रदिफ र काफिया मिलाएर लेख्ने सिकारुहरू एकातिर छन् भने रदिफ र काफियासमेत छुट्याउन नजान्नेहरू पनि गजल नामका सिर्जना लेखेर गजल भनेर गवाउँदैछन् । यो हरेक सचेत गजलर्सजक, सङ्गीतकर्मी र गायकले बुझनुपर्ने कुरा हो । मूलतः गजल अरबी, फारसी, उर्दू, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको हो । उर्दू, फारसीमा गजललेखनका लागि विभिन्न बहरहरू छन् । संस्कृतमा पिङ्गल छन्दजस्तै उर्दू फारसीमा पनि विभिन्न बहरहरू प्रचलनमा छन् । बहरहरू कति सङ्ख्यामा छन् भन्ने यकिन कसैले गर्न नसके तापनि करिब डेढ दर्जन बहर उर्दू फारसीमा प्रचलनमा रहेका भेटिन्छ । बहर भन्नु नै लयविधान हो । निश्चित सूत्रमा बाँधिएर, ह्रस्व, दर्ीघको नियमलाई होसियारीपर्ूवक पालना गरेर लेख्ने गरिन्छ बहरमा या छन्दमा गजल लेख्दा । उर्दू फारसीमा बहरमा गजललेखनले सुरुदेखि नै महत्त्व पाउँदै आए तापनि नेपालीमा चाहिँ गजल प्रवेश गरेयता धेरै लामो समयसम्म पनि खासै प्रचलनमा रहेन । मोतीराम भट्टलगायतका सुरुआतकालका नेपाली गजलकारहरूले बहरमा गजललेखनलाई महत्त्व दिए तापनि त्यसपछिका गजलकार भने बहरलाई छाडेर स्वतन्त्र लयात्मक रचनातर्फअग्रसर रहे । गजलको पुनर्जागरण काल (वि.सं. २०३६) पछि पनि मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, बूँद राना, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदिले बहरको पछि नलागी स्वनिर्मित स्वतन्त्र लयलाई नै प्राथमिकता दिए । पचासको दशकयता नेपाली गजलले अत्यन्तै उर्वर र विस्तारित हुने अवसर पायो ।

यसकालमा धेरै नयाँ र्सजक गजललेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्न तम्सिए भने स्थापित पुराना र्सजकहरू पनि गजललेखनतर्फआकषिर्त भए । साठीको दशकको आरम्भसँगै नेपाली गजलमा बहरको पनि पुनर्जागरण भयो । गजललेखनमा निकै ठूलो उत्साह र जोसका साथ होमिएका केही युवास्रष्टाहरूको पहलमा अनाममण्डलीको सुरुआत भएपछि संस्थागत रूपमै बहरबद्ध गजललेखनले नेपाली गजलमा प्रश्रय पाउन थाल्यो । विभिन्न आलोचना, गाली र अफवाहका बाबजुद पनि आजसम्म आइपुग्दा अनाममण्डलीले नेपाली गजलसाहित्यमा लयको (विशेषगरी बहरको) खोजी गर्ने काममा उल्लेख्य सफलता पायो । गजलमा लय अनिवार्य तत्त्व हो र गजल गाइनर्ुपर्छ भन्ने मान्यताका साथ अघि बढेको अनाममण्डलीले गजललाई गायनमा ल्याउने प्रयासमा पनि तदारुकता देखाउन थालेको छ । छन्द या बहरका बारेमा अहिले धेरै सामग्रीहरू प्रकाशित छन् । समालोचक एवं कवि देवी नेपालले आफ्नो पुस्तक छन्दपरागमा एकसय साठीओटा पिङ्गल छन्द (संस्कृत)का अतिरिक्त केही प्रचलित उर्दू बहरका रुक्न र अर्कानसहित सोदाहरण परिचय दिएका छन् । बहरमा मात्र लेखिएका गजलसङ्ग्रहहरू पनि नेपाली भाषामा आइसकेका छन् । यस पङ्क्तिकारद्वारा सिर्जित बहरबद्ध गजलहरूको सङ्ग्रह बल्झेर याद तिम्रो (२०६२ फागुन) मा करिब दर्ुइ दर्जन प्रचलित/अप्रचलित शास्त्रीय छन्द तथा बहर र एक दर्जन नवीन छन्दहरू प्रयोग गरिएको छ ।

यसैगरी सरोज काफ्लेको अधरामृते(गोर्खे साइँलो)का मुस्कान (२०६२ चैत्र) तथा सूत्रमाला (२०६३), धनराज गिरिको ढल्दैन स्वाभिमान कसै गरे पनि (२०६४) गरी पाँचओटा बहरबद्ध गजलसङ्ग्रह नेपाली गजलसाहित्यका सम्पत्ति बनिसकेका छन् । यसरी बहरमा गजल लेख्ने र सङ्ग्रह प्रकाशन गर्ने क्रम अहिले बढ्दो रूपमा रहेको छ । यी सङ्ग्रहका अतिरिक्त मोतीराम भट्टसहित वर्तमान पुस्तासम्मका एक सय एक गजलकारहरूद्वारा लिखित बहरबद्ध गजलहरूको सङ्कलन बहरमाला पनि प्रकाशित भइसकेको छ । अनाममण्डलीको प्रयासमा प्रकाशन भएको यस पुस्तकले पनि नेपाली गजलको इतिहासमा एउटा महत्त्वपूर्ण इँटको काम गरेको मान्न सकिन्छ । गजलमा लय अनिवार्य छ तर बहर या छन्दमा लेख्दा मात्र गजल लयात्मक अथवा गेयात्मक हुनसक्छ भन्ने सोच भने ज्यादै अतिवादी सोच हो । बहर या छन्दमा लेखिएका गजल स्वाभाविक रूपमै लयबद्ध हुन्छन् तर स्वतन्त्र लयमा लेखिएका गजल पनि कम सशक्त भने हुँदैनन् । छन्द या बहरमा लेख्नु आफैँमा सिर्जना लयबद्ध हुनु हो तर सबै गजल छन्द या बहरमा नै लेखिनर्ुपर्छ भन्ने आग्रह भ्रामक र अतिशयोक्तिपूर्ण हो । यसको मतलब जे पायो त्यही ढङ्गमा, केवल भावपूर्ण र प्रभावकारी बनाउने नाउँमा कुनै पङ्क्ति १९ मात्राको र कुनै १४ मात्राको बनाउनु भन्ने चाहिँ कदापि होइन । शास्त्रीय बहर या छन्दमा लेख्न नसक्ने या नरुचाउनेले पनि गजल लेख्दा निश्चित लय चाहिँ अवलम्बन गर्नैपर्छ । समान मात्राद्वारा निर्मित यस्तो लयलाई सममात्रिक लय पनि भन्ने गरिन्छ । यहाँ के स्पष्ट हुनु जरुरी छ भने कसैकसैले सममात्रिक लयमा गजल लेख्न खोजेका छन् तर सममात्राका आधार अक्षर सङ्ख्यालाई मान्ने गरिएको पाइन्छ । यो किसिमको लय सममात्रिक लय होइन । सममात्रिक लय वर्ण्र्ााे उच्चारण या उच्चार्य वर्ण्र्ााग सम्बन्धित हुन्छ । जस्तो, (क) कूपमन्डुक जमातमा के खोज्छौ भाइ परिचय – थुन्न तिम्रा पहिचान पिँजडा हुन्छन् सहरमा । प्रभाती किरण, विचारका भग्नावशेष, शोधग्रन्थ (ख) मनहरूमा र्सूय-किरण र्छर्नुपर्ने थियो,अँध्याराका उचाइहरू होच्याएर आएँ । जीत कार्की (अप्रकाशित)उल्लिखित प्रथम शेरका दुवै पङ्क्तिमा सोह्र मात्रा छन् ।

अक्षर सङ्ख्यालाई हर्ेर्ने हो भने प्रथम पङ्क्तिमा अठार अक्षर र दोस्रो पङ्क्तिमा सत्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ, कूपमण्डुक् जमातमा के खोज्छौ भाइ परिचय – थुन्न तिम्रा पहिचान् पिँजडा हुन्छन् सहरमा । यस्तै दोस्रो शेरमा पहिलो पङ्क्तिमा सोह्र अक्षर र दोस्रो पङ्क्तिमा पन्ध्र अक्षर रहेका छन् तर उच्चारण गर्दा यस्तो हुन्छ, मन्हरूमा र्सूय-किरण् र्छर्नुपर्ने थियो, अँध्याराका उचाइहरू होच्याएर आएँ । सममात्रिक लयमा गजल लेख्नका निम्ति एउटा छुट के छ भने स्वर वर्ण्र्ााइर्,र् इ, उ, ऊ, ए)को उच्चारण मात्राको आवश्यकताअनुसार गर्न सकिन्छ । माथि उल्लिखित प्रथम शेरको पहिलो पङ्क्तिमा रहेको ‘भाइ’ शब्दलाई दर्ुइ मात्रा अथवा एक मात्रा दुवैरूपमा प्रयोग गर्न सकिन्छ । प्रस्तुत शेरमा एक मात्राका रूपमा भाइ शब्दको प्रयोग भएको छ । त्यस्तै दोस्रो शेरको दोस्रो पङ्क्तिमा रहेको उचाइहरूमा पाँच अक्षर भए पनि इलाई त्योभन्दा अघिको वर्ण्र्ााासँग जोडेर उच्चारण गरिन्छ । यसकारण उचाइहरूलाई चार मात्रा मात्र मान्न सकिन्छ । यर्सथ प्रस्तुत दोस्रो शेर चौध मात्रामा लेखिएको छ भन्न सकिन्छ । गजलमा लयको कुरा गर्दा यति र गतिका बारेमा पनि बुझनु आवश्यक छ । यति भन्नाले गजल पाठ गर्दा या गाउँदा हुने विश्राम हो । यति मिलेका गजल पाठ गर्न या गाउन सहज र स्वाभाविक हुन्छ । जस्तो- माथि ‘क’मा उल्लिखित गजलमा यति दोष देखिन्छ । भन्नुको मतलब सो गजलमा लयभङ्ग भएको छ । सोह्र मात्राको यो गजलमा ४±४±४±४ मात्रामा विश्राम हुनुपर्ने हो तर सो गजलको दोस्रो पङ्क्ति (मिसरा-ए-सानी)मा यति दोष स्पष्टरूपमा देखापर्छ । त्यस पङ्क्तिलाई पाठ गर्दा यस्तो हुन्छः थुन्-न-तिम्-रा/ प-हि-चान्-पिँ/ ज-डा-हुन्-छन्/ स-ह-र-मा १ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ हरेक चार मात्रामा विश्राम हुनुपर्ने यस गजलमा मध्यविश्राम (आठ मात्रामा) लयभङ्ग भएको छ । त्यहाँ प्रयुक्त पहिचानपछि रहेको पिँजडा शब्दबाट एउटा वर्ण्र्ाापँलाई अघिल्लो शब्द पहिचान्सँग तान्नुपर्ने हुन्छ । यसो हुँदा यस पङ्क्तिलाई सहज ढङ्गले पाठ गर्न या गाउन अप्ठ्यारो हुन्छ । यति दोष वा लयभङ्गको स्थिति मध्यविश्राममा मात्र नभएर प्रायः अल्पविश्राममा बढी देखिन्छ । गजलको गेयताका लागि सकेसम्म यति दोषप्रति गजलर्सजक सचेत हुनु राम्रो मानिन्छ । यति दोषले गजल पाठ या गायनको गतिमा पनि असर पार्दछ । गति भन्नाले गजल पाठ या गायन गर्दा उत्पन्न हुने प्रवाहलाई बुझ्नुपर्दछ । लयपूर्ण गजलका लागि सकेसम्म जोर मात्रामा (चार, छ, आठ, बाह्र, चौध, सोह्रसम्म) लेख्नु राम्रो मानिन्छ । बिजोर मात्रामा पनि लयबद्ध गजल लेख्न चाहिँ सकिन्छ तर बिजोर मात्रामा गजल लेख्दा बिजोर मात्राको शब्दलाई हरेक पङ्क्ति(मिसरा)को अन्तिममा राख्नर्ुपर्दछ, जसले गर्दा लय विचलनको समस्या उत्पन्न हुनपाउँदैन । जस्तो, उपहार भो मलाई यही काफी छ मेरा प्रेमपत्रहरू बालिदियौ रे । घनेन्द्र ओझा, आफ्नै चिहानमा टेकेर, २०६१ प्रस्तुत शेरमा तेह्र मात्रा छन् । अगाडिका शब्दहरूमा जोर वर्ण्र्ााहेका छन् भने अन्तिमको शब्द -वर्ण्र्ााबिजोर -एउटा वर्ण्र्ाारहेको छ ।

यसले गजलको यति/गतिमा दोष उत्पन्न गराएको छैन । यस शेरलाई पाठ गर्दा यस्तो हुन्छः उ-प-हा-र/ भो- म-लार्-इ/ य-ही- का-फी/ छ मे-रा- प्रे-म/ प-त्र-ह-रू/ बा-लि-दि-यौ/ रे । १ २ ३ ४ १ २ ३ ४ १ २ ३ ४ १ गजलमा गेय पक्ष वा छन्दोबद्ध या लयात्मकता ज्यादै महत्त्वपूर्ण मानिन्छ । बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर (सममात्रामा) भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।

– शनिश्चरे, मोरङ

(स्रोत : माझेरी डट कम)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.