कविता : बेहुली

~प्रकाश आचार्य~

बाहिरी माहोल रमझम रमझम भै’रहँदा
आजको दिन, एक्लै बन्द कोठामा
सुँक्क सुँक्क गर्दै अश्रुधारा बहाउँदै
भिजेका परेली लिएर
बसिरहेकी होलिन्; ” बेहुली “।।

नवीन वस्त्रमा सुशोभित भैरहँदा
उनका हस्तहरु सुन्दर मेहेन्दीले
सजिएका होलान्
आजको दिन, पूतलीझैँ सिंगारिएर
बाँधिएको मनलाई
चलायमान पखेंटाले बादलिएको गगनमा
उडाइरहेकी होलिन्; ” बेहुली “।।

माइतीघरसँगको नाता साँघुराउँदै
लैजानुपर्ने बाध्यता,
पराईघरसँगको नयाँ सम्बन्ध स्थापित गराउनुपर्ने
चिन्ताले पिरोलिरहेको होला यो बेला उनीलाई ;
त्यसैले हुनसक्छ; हिजो-अस्ती अलि हँसिलो देखिने मुहार
आजको दिन, मलिन मलिन देखिएको
त्यही मलिन मुहार, चिन्तित मन लिएर ओछ्यानमा
पल्टिरहेकी होलिन्; ” बेहुली ” ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.