~घनश्याम प्याकुरेल~
तस्वीर बनि आँखामाझ बस्नेहरु तिनै हुन्।
मायाँको गाँठो बलियोसँग कस्नेहरु तिनै हुन्।
जिन्दगीभर हाँसेर बिताउँनु पर्छ भन्थ्यो जस्ले
आँसु नै बनेर आँखाबाट खस्नेहरू तिनै हुन्।
मायाँको मिठो आभाषमा भुलिदिन्थे दुनियाँ सारा
सुनाउँदै मिठा कथा ब्यथा डस्नेहरु तिनै हुन्।
कहानी हराएको मान्छे हुँ म भित्र रहस्य छैन
थाहा भएर नि कहानी सुन्न बस्नेहरू तिनै हुन् ।
पागल हुँ म साँच्ची प्रिया मायाँ गर्न नै आउँदैन
जानीजानी पागलको मायाँमा फस्नेहरु तिनै हुन्।
घनश्याम प्याकुरेल
9851010822
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )