लघुकथा : व्यापार

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

“आज त पटक्कै व्यापार भएन नि ” – धनेले भन्यो ।

हिजो त पाँच हजारको कपडा बेच्दा तीन हजारसम्म फाइदा भएको थियो । बेलुका हिसाब गर्दा पच्चीस हजार फाइदा भएछ । एउटा सामान्य रेडिमेड पसल गरेर बसेको धनेको कुरा सुन्दा हरि तीनछक प¥यो ।

उसले निक्कैबेर गमेर भन्यो– “हैन साथी, तिमीलाई व्यापार त निक्कै फापेको रहेछ नि ”

जबाफमा धनेले भन्यो– “के फाप्नु ! व्यापार गरेको आठ–दस वर्षमा रवीन्द्रले सातवटा बिल्डिङ बनाइसक्यो । ऊसँगै व्यापार थालेको मैले त दुइटा मात्र बिल्डिङ बनाउन सकेँ ।”

यी कुरा सुनेपछि हरिलाई नेपाली दरिद्र हुनुमा यस्तै मानसिकताको प्रतिफल हो लाग्यो ।

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.