गीत : जिन्दगी को के भर छ र

~कुमार कान्छा~

जिन्दगी को के भर छ र
आज वर भोली को पर
ए माया मारेर X2
नजाउ मलाई एक्लै पारेर ।।

वैश जाला पानी झैँ तर्केर
गयो जोवन आउँदैन फर्केर
भाग्य भन्नु हातै ले लेखिन्न
मन को तिर्ख पानीले मेटिन्न
ए नजाउ तर्केर
जोवन जाला तेसै हुर्केर ।।

जिन्दगी को के भर छ र
आज वर भोली को पर
ए माया मारेर X2
नजाउ मलाई एक्लै पारेर ।।

एक्लो वैश के कामै लाग्छ र
उमेर गये कल्ले पो ताक्छ र
पानी जस्तो यौवनको के भर
मन मिले कसैको के डर
ए माया मारेर X2
नजाउ मलाई एक्लै पारेर ।।

जिन्दगी को के भर छ र
आज वर भोली को पर
ए माया मारेर X2
नजाउ मलाई एक्लै पारेर ।।

शब्द /सङ्गीत/ स्वर : कुमार कान्छा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.