कविता : मेरो राजधानी काठमाण्डौ

~गुरु गोपिलाल~

देख्दिन कतै हरियाली अचेल,
जताततै कन्कृट्
अनी सिमेन्ट्का सम्रचनाहरु
ठडिएको मात्र देख्छु म त
ती अग्ला अग्ला रुखहरु खोइ
कहाँ गए प्रकृती लाई स्वच्छ राख्ने ।

होईन कि म अन्तै कतै आए ?
रुखहरुको नाम मा यहाँ त
अग्ला अग्ला घर्
अनी महल मात्र छन
खोइ यही हो ?
मेरो राजधानी काठमाण्डौ ।

नदी नालामा अचेल
ढल बग्न थालेको रैछ,
खोइ कसरी बस्दा हुन
यहाँ का मान्छे हरु,
कुनै बेला
थियो पिउनको लागी
प्रसस्त ढुङेहरु धाराहरु
ती त सब सुकिसके अचेल ।

के पिउदा हुन यिनिहरु अचेल
बाग्मतीको कथा
पनी त्यस्तै देखे मैले
शहर का ढल सबै
मिसाएर रुपै कुरुप बनाएका
कसरी भनु यही हो
मेरो राजधानी काठमाण्डौ ।

जताततै धुवाको मुस्लो अनि
फोहोरको थुप्रो मात्र सडकको
चोक चोकमा थुपारिएका
दुर्गन्धित गल्ली अनि चोकहरु
खोइ
कसरी हिड्न सकेका होलान्
यहाँका मानिसहरु अनि
सफा काठमाण्डु भनेर
घुम्न आउने पर्यटक हरु ।

मान्छे भन्दा धेरै भए
सडकमा गाडीको लाम
छैन बाकी हिड्न अब्
बटुवालाई ठाम
यस्तो फोहर शहर
खोइ यही हो त ?
मेरो राजधानी शहर काठमाण्डौ

Japan
November 16, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.