~सागर कार्की~
जव दुर आकाशमा
म आफैलाई खोज्दछु
तब लाखौ ताराहरु बिच
एउटा मुहार देख्छु,
मेरो मुहार जस्तै उसको मुहार
टिलपिलाई रहेका उसका नयन,
झादर्छन् सपना थोपा थोपा
भिज्दछ मरो मन अन्धेरीमा
र झर्दै नझरेका मेरा आँशुलाई पुछ्दै
म वीर बन्छु
अनि तारालाई वीर बनाउछु,
त्यो तारा एकदिन जुन हुनेछ
यहि सोचेर म मुस्कुराई रहेछु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)