कविता : आकृती

~काप्पोबा चुम~Kaappabo Chum

हाम्रो सामुन्ने एउटा ढुङ्गा छ
त्यही ढुङ्गा भित्र एउटा आकृती छ
त्यो आकृती हाम्रो ईतिहास हो
हो –
त्यो आकृतिलाइ चिन्नु छ
चिनेर चिनाउछ
किन कि त्यो हाम्रो पहिचान हो
त्यो हाम्रो अस्तित्व हो ।

तर
हामी सबैले त्यो ढुङ्गा मात्र देख्छौ
देख्दैनौ ढुङ्गाभित्र आकृती
किन कि सबै हामी मुर्तिकार होइनौ
र त देख्दैनौ आकृती
त्यसैले –
चिन्दैनौ हामी हाम्रो ईतिहास
चिन्दैनौ हाम्रो पहिचान
र त बुझ्दैनौ हाम्रो अस्तित्व ।

आज –
ढुङ्गा भित्र आकृती देखेको छु
ढुङ्गा चोइटाइरहेको छु
आकृती छट्पटी रहेको छ
त्यसैले –
आउ साथ देउ
ढुङ्गा चोइटाउन सगाउ
निसास्सिएको आकृती निकाल्न सगाउ
त्यो आकृती तिम्रो नि हुन सक्छ ।

एकदिन
ढुङ्गा चोट्याएर
निकाल्नेछु आकृती
र त्यो दिन त्यो आकृती बल्नेछ
अनि
देख्नेछौ तिमीले
तिम्रो पुर्खाको चोटहरु
पुर्खाहरुको चित्कारहरु
तर
बलिरहेनेछ आकृति
कहिल्यै ननिभ्ने गरि
अनि
देख्नेछौ तिमिले तिम्रो ईतिहास
चिन्नेछौ तिमिले तिम्रो पहिचान
हो –
त्यही दिन
नाच्ने छ ढुङ्गाभित्रको
निसास्सिएको आकृती ।

(स्रोत : Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.