~वैरागी जेठा~
देसको प्रभात सँगै
म ,अरुणझैँ उठेको छु
लाल यात्रीहरू लिएर
माओको सपना लिएर
मेरा बेसीहरू तिर झरेको छु
म घुमी रहेछु
मेरा पहाड तिर
तरुणो बैँस त्यागेर
सबै बन्दीगृह त्योडेर
म
प्रभात खोजिरहेछु
अरुणको किनारमा
मानिसहरू उठाउँदै
अरुणको आँसु लिएर
फेरि युद्धमा निस्केको छु
कुशल युवा युवतीहरू सँगै
मलिन मकालु तिर उक्लिरहेछु
धँगेराका बुट्यानहरू समाउँदै
उतिसका चौतारीमा रमाउँदै
म
नयाँ युद्धको धागो लिएर
निस्केको छु
घरबाट
प्रिय खेम विश्वास गर
तिम्रै अभिव्यक्ति लिएर
तामाकोसी तरिरहेछु
अब सारा बन्दी गृह छोडेर
लडाईमा निस्कैको छु
प्रिय खेम
निर्णायक युद्ध नजितेसम्म
म
काठमाण्डौ फर्कने छैन
कत्ति उद्लीत नभइ लडिरहने छु
अरुणझैँ
आकासमा कुनै काला घनश्यामहरू हुने छैनन्
पूर्ण विश्वास गर खेम
तिमी नाटक लेख्दै जाऊ
म मञ्चन गर्दै जाने छु
म युद्धको मैदानमा
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )