~शशीकला थापा सुब्बा~
गल्ती मेरो हुदैहोइन तर किन दोष लाग्यो
मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो
बिस्वासको घरभत्क्यो बालुवाको महलसरी
मैले चिन्न नसकेको शत्रु रैछन वरिपरी
त्यतिमिठो सम्बन्धमा कुन पापीको रिस लाग्यो
मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो
आरिसगर्ने मान्छेहरु आफ्नै रिसले मर्छ भन्थे
जुन औलामा बिषलाग्यो त्यहिँ औला झर्छ भन्थे
बाटो हिड्दा आजसम्म नलागेको ठेस लाग्यो
मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)