कविता : बन्धकी हाँसो

~आचार्य प्रभा~acharya Prabha

उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र ?
अनी………सेता अग्ला हिमालहरुको
दृश्यले किन मोहित थिइन र ?
तर………फूलको सौन्दर्य र सुगन्धले
गाँस पुग्ने भए,
हिमशिखरको काखमा बास टर्ने भए
शायद………मैले जिउनुको अर्थमा
लक्ष्मण रेखा पार गर्ने थिइन
म मान्छे,
आफु बाँचेर अरुलाई पनि बचाउनु छ
बचाउनुको आशयमा बांच्ने आधार खोज्नु छ
त्यसैले……..बलियो आधारको खोजिमा
म आफ्नो भुमीबाट अलग्गिएकिछु
मलाई दलान र बलेशिको आनन्द
किन थिएन र ?
अनी करेशाबारी र खेत्बारिको
झझल्को आँखामा किन छैन र ?
तर……….दलान र बलेशी नै
आजभोलि पराइ ठान्नु परेपछी
करेशाबारी र खेतबारी नै बन्धकमा परेपछी
शायद…….म,
अर्को श्रीजनाको अर्थमा
पराइ बनेकिछु
मेरो बन्धकी हाँसो उकास्न

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.