गजल : कस्तो भयो होला !

~सुरेन्द्र खौलराठी~Shree Surendra

महाकाली किनारको शहर कस्तो भयो होला !
लाग्छ संधै भिमदत्त नगर कस्तो भयो होला !

मनभरी माया बग्थ्यो क्याम्पस रोडमा हिड्दा,
कृष्णमन्दिर चौतारीको बर कस्तो भयो होला !

औंशी छायो जिन्दगीमा पूनमको जून नहेर्दै,
झ्यालबाट बोलाउनेको घर कस्तो भयो होला !

कठोरछ यो दुनियां हात समाई हिडम भन्थि,
म बिना जिन्दगीको सफर कस्तो भयो होला !

सुरेन्द्रबाट खोसिएको हल्ला चल्दा अञ्चलभरी,
उनीमाथि समाजको नजर कस्तो भयो होला !

नाम: सुरेन्द्र खौलराठी
ठेगाना: खलंगा, दार्चुला
हाल: कीर्तिपुर, काठमाण्डु
पेसा: विद्यार्थी (M.Sc.Physics, Patan Campus)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.