~अशोक ‘खलानको मान्छे’~
परारै
उनी साथै हुदाँ सङै स्वस्थनि ब्रत लियौ
मैले उनि लाई रातो सारी र मजेत्रो दिय
उनी ले पान् शुपारी खिश्री मिश्री दिदै
अ मर प्रेम को कामना गरे थौ
सधै माया गरी रहने बाचा गरेथौ
परारै
पोहोर साल तिजको ब्रत लीइन
शिब जी को आरधना मा लिन थीईन
जिन्दगीको गाडी अटुट् चली नै ह्र्यो
उस्तै थियो पाखा पर्बत लेख, बेशी हिडि ह्रयौ
बाटा भरी फुल हरु फुलेका थिए
पोहोर…..
यस्पाला छट् मनाईयो मैनौ उपबाश लिएर
जाग्ग्राम बशीयो ,क्रितन गरियो
मायाको धागो कशिदै थियो
बटारिदै थियो, फुल हरु हास्न थाले
पाखन्डि यो एक्काईसौ सताब्दि हो भन्न थाले
यस्पाली…..
प्यारी मेरी रुन थाली सङी को बचन ले
हजुर हामीपनी भिलिनटाईम मनाउन
भन्न थाली रमाईलो हुन्छरे
तेहा पुजा ईश्वोर को होईन मायाको हुन्छ रे
प्यारीको अनुरोध कसरी काट्थेर,भिलिनटाईम मन्नाईयो
रक्सि को चुस्कि सङ्गै,गुलाबको फुल दीईयो
प्यारी…..
ए नबयुगको मान्छे हरु
हाम्रो पाखा पर्बत मा पनी भ्यालिनटीन हरु
प्रेम का खातिर अन्धाभयका छन
राज्ये त्यागेका छन
जिउदै जलेका छन
अमर प्रेम पाउन को लागी
योगी बनेर तपशी बनेका छन
ए नयुगका…..
कस्ले आशु झर्दैन
मंङ्गले को कथा पडेर
कस्ले अनुभब गर्दैन रानी दर्बार भित्र
प्रेम् को छरपस्ट आहाट र बेदना हरु
प्रेम हामिमा पर्ब को रुपमा मनाईन्छ
स्वस्थानी पुणिमा ,तिज, छट..
ए नबयुगको मान्छे हरु
आदी सब्यताको यो सुन्दर प्रेमदिबश पनी मनाउ है
शुभकामना प्रेम पर्बको
सबै प्रेमी हरुलाई
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com