~अनमोल कडेँल~
समय गिरफ्तार भएको समय ,
ढचक्! ढचक् ! ढचक !
एक लम्बा घुर्राइ घुरुर्र घुरेर ,
आफ्नो राजको घोषणा गर्छ एउटा बूढो बाघ ।
र भन्छ – समय भनेको मेरो पन्जा शिवाय केहि होइन ।
एक पटक त्रासले
जगंलको जम्मै पातहरुको अनुहार छामेर आउछ ।
एक पटक आदेशहरुको पैर ,
झुकेरै मिच्न बस्छ अभागी समय ।
जगंल डरको एउटा पोखरी हो जस्तो ।
जगंल भरी डरकै घासँहरु गुजुमुज्ज उम्रीएको जस्तो ,
शिकारि लुकाउने अग्ला अग्ला झाडीहरु मात्र बाकिँ रहे जस्तो ।
भनौँ मान्छेहरुको शहर जस्तै
कोलाहल लम्पसार परेको चिहान हुन्छ जंगल
हरिणका बच्चाहरु जन्मिन्छ्न् ,
मृग-शावकहरु उफ्रीबस्छ्न् ,
भ्यागुताहरु सर्पको मुखमा च्यापिएका हुन्छ्न
जगंलमा ।
यतिखेर झिँ….गर्दै एकोहोरो गित गाइरहेको हुन्छ रात ।
हरर् मुडमा हुन्छ जंगलको प्रतेक
रुख पछाडी लुकेको अध्याँरो ।
त्यही रात जगंलमा बलात्कार हुन्छ एउटा अबोला इतिहासको ,
र फुरुर्र कतै गायब हुन्छ्न् कमान्डरको ड्रेस लगाएका विचारहरु ।
यो बेला बन्द हुन्छ
समयको बित्ता नाप्ने सत्यको मुख ।
कठै लाग्छ – फकिरहरुको पैतालाले
मरुभूमीको बिचमा छोडेको ज्ञानको डाम ।
रातमा जुनकिरिले अध्याँरोको मुखमा एक दिव्यता उज्यालो पादीदिन्छ चुपचाप ।
बिस्तारै नदिले बगाएर ल्याउदैँ हुन्छ मरेको अर्नाको लास चुपचाप ।
जगंलको बिचमा एकोहोरो मुक्तीको गित गाइरहेको हुन्छ चट्टान चुपचाप ।
र भेडिँया समयको माथैमा ताक्छ नदिले एक अजुंली छाल चुपचाप ।
यस्को मतलव अझै जिवित हुन्छ
सत्यको एउटा क्रसमा झुण्डिएको रगताम्मे प्राण ।
चुपचाप बोलिरहन्छ उ उज्यालोले बुझ्ने भाषा
अनि समय ब्युझन्छ ।
चेतनाको ढुंगा खसेरै छोड्छ शान्त तलाउको पानीमा ।
घडीका सुइहरुले इतिहास सम्झन्छ्न् ।
छालहरु सम्झन्छन् ।
सुनामि सम्झन्छ्न् ।
तानाशाहाका जुंगाहरुमा अत्ताइको एउटा विधुतिय झट्का झट्कन्छ ।
एक पोखरी रगत चुहिन्छ शहिदहरुको आखांबाट ।
र रगतमा डुबेर छट्पटाउदै चाल्दै हुनेछ्न्
समय च्याप्ने बाघका पन्जाहरु ।
बाघको मृत्युको ठिक पलामा ,
अध्यारोको कारागारबाट मुक्त हुन्छ समय ।
गान्धीको मुखलाइ बुझो लगाउन
एक प्याकेट कण्डम सगँ साटिएको इतिहासले
माफी माग्दै हुनेछ सुकरातसगँ ।
भर्खरै स्पेशमा पुगेको कुनै एसट्रोनट झैं ,
जिवन र मृत्युको विचको तिखो पैयाँबाट उछिट्टेर वर्तमानमा गोहि नै गोहिको बिचमा खस्छ हिट्लर ।
इश्वरको मन्दिरमा चाक देखाउदैँ बस्ने
शोषकको मूर्ती
आफैले तोड्नेछ मन्दिरबाट बाहिर
निस्किएर इश्वरले ।
महम्मद कसिकको दातँमा
मासुको टुक्रा झै अल्झदैन सभ्यता ,
एक हुल सिपाहीहरु राइफलबाट बर्साउदै हुनेछ्न् डलरहरु तर ,
र युद्दको विचमा पिपलको फेदमूनी ,
ब्रह्मआशनमा ध्यानमा लिन हुदैं हुन्छ्न् बुद्द ।
बुद्दले आखाँ खोलेको समय ,
अन्धविश्वासको हाउडोबाट फुत्त खस्छ ,
एक टुक्रा चेतना ।
ताजमहल बाट खस्छ औरंगजेब ।
मक्काको टुप्पोमा फासिँ लाग्छ बक्दादी ,
तेलको पोखरी भित्र निस्सासिएर मर्छ ह्वाइटहाउस ।
घोषणापत्रबाट फुत्त बाहिर निस्किएर मार्क्सले हस्तमैथुन गरिदिनेछ्न् सत्ताको मुखमा ,
र स्खलित हुनेछन् एक युगभरिका दासहरु ।
सभ्यता –
एक चक्र घुमेर त्यही नतांशमा आएको समय ,
जंगलमा फेरि बाकिँ रहन्छ्न्
हाम्रा लाखौँ वर्ष अघिका
बराजेजस्तै आदिमानवहरु ।
र , गर्दै हुनेछ्न् फेरिपनि तिनले ,
मुन्टो झुकाएर क्षितिजमा डुब्दै गरेको सुर्यलाइ एउटा दिव्य आरधना ।
त्यही आरधनाबाट सुरु हुन्छ
सभ्यताको अर्को एक चक्रे नविन यात्रा ।