~प्रमोद स्नेही~
पृथ्वीको एउटै वृत्तमा
उभिएर आकाशको नीलो दहमा
पृथ्वीको धमिलो छायाँ
नियालिरहछे मान्छे ।
जीवनको उत्तरार्द्धमा
थुप्रै बाँकी रहेका
आफ्ना सपनाहरूलाई सलाम गर्दै
आफ्नै छायाँले बदनाम
गरेको कथा
खुलेअाम समयलाई सुनाउँदै
आफैँबाट बिरानो बन्दै
आफैँबाट रित्तो बन्दै गइरहेछ मान्छे ।
माररे आफ्ना एक एक
इच्छाहरू
अभियुक्त बनिरहछे मान्छे ।
भूमध्य रेखामा उभिएर
असजिला दिनहरूलाई आमन्त्रण
गर्दै
नेपथ्यतर्फ
आफ्नै परिचय हराएर
भाग्दैछ मान्छे ।
इतिहास कुल्चँदै अघि बढ्दैछ
मान्छे ।
(स्रोत : अभिव्यक्ति १५२)