गीत : सुन चाँदीको जलपले

~रुमानी राई~rumani-rai

सुन चाँदीको जलपले सजाउन त सक्तिन म
स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म ।

व्यवहारमा कहिलेकाही तलमाथि पर्न सक्छ
कहिले हाँस्नु पर्छ अनि कहिले रुनु पनि पर्छ
दुईमुटुको नाता हजुर तोड्न त सक्तिन म
स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म ।।
सुन चाँदीको जलपले………………

आफ्नोमान्छे भन्नुमात्र हो नानाथरी कुरा काट्छन्
पराई त पराई नै भए आफन्तैले छुरा धस्छन्
विस्वासको घर हजुर जलाउन त सक्तिन म
स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म ।।।
सुन चाँदीको जलपले……….

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.