तिम्रो साथ छुटेपछि मौन छन् मेरा रहरहरु !
आफ्नो ले नै लुटेपछि मौन छन् मेरा रहरहरु !
दुख: खट्ने सहासिलो योमन आज ऐनासरी
सौ टुक्रा भै फुटेपछि मौन छन् मेरा रहरहरु !
रगतैको नाता पनि कम्जोर हुँदै आभासभरी
धागो जस्तै टुटेपछि मौन छन् मेरा रहरहरु !
बर्बादी यो रच्दै मेरो विश्वासिलो पात्र जोथ्यो
बैरी बन्दै जुटेपछि मौन छन् मेरा रहरहरु !
कुश्मा , पर्वत
हाल इजरयल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)