गजल : खान्छौ कति मेरो देशलाई

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई
तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई
**
आशै-आश बक्रबास भो कानून छैन वशमा कतै
सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई
**
नाश र त्रास यहाँ दैनिकी भो शरम छैन सासमा कतै
गिद्दे नङ्ग्रा फिंजाईवरी तान्छौ कति मेरो देशलाई
**
रापैरापको जिवनी भो चयन छैन जनलाई कतै
भद्रगोलको भकारी झैं धान्छौ कति मेरो देशलाई।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.