~राजेश नेपाली~
उठ हे देश प्रेमी यहाँ देशको बेहाल भयो
संघीयताका नाममा धेरै चारैतिर जाल भयो
टुक्रने भो नेपाल पक्कै सामन्त जाल हानेको छ
मनपरी राज्य माग्दै आज कोलाहल भयो
आफ्नो छाती चिराचिरा हुँदा नेपाली आमा
बचाउ भन्दै रोईकराई गर्दा आँसु ताल भयो
देश टुक्राउने बहानामा बाटो त्यो संघीयताको
बीचमा खबरदारी गर्दै राजमो पर्खाल भयो
– खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २९ – May 30, 2012 – २०६९ जेष्ठ १७, बुधबार)