~जयदेव गोविन्द~
बतासे बैंस
आँखाभरि बादल
झरी दरर !
शून्य बगर
विदीर्ण काकाकूल
“नवीन युग !”
प्यासी भमरो
पल्लवित बगैँचा
मनको लड्डु !
बाढी-पहिरो
नदीको अट्टाहास
चीत्कृत माझी !
भाषाको भूमि
बेमौसमी गुञ्जन
शब्दको दशा !
लैनो क्षितिज
आँधी-हुरी-सुनामी
सानो नेपाल !
तातेको बाटो
कोपिला झैं अप्सरा
काँढे कुदृष्टि !
एक्लो चन्द्रमा
रात्रीकालीन जात्रा
मूक-दर्शक !
जाँदा आउँदा
सडकको किनारा
मातेको फूल !
जोडी ढुकुर
खुलायाम अँगालो
नूतन माया !!
विरक्त डाँफे
तिर्खाएको मुनाल
कुवामा ब्वाँसो !
राहत आयो
ओथारो छ पसिना
माग्ने बनायो !
निर्जन झाडी
सिकारीको लस्कर
एक्लो हरिण !
विधान आयो
ताजमहल छाड्दा
मुसो रिसायो !!
सग्लो अक्षर
बाङ्गोटिङ्गो वाचन
पढेको मूर्ख !!
मेची र काली
सिमानाको पहाड
दीर्घ विछोड !
सूर्यास्त पछि
जुनकिरीको लर्को
बिजुली बत्ती !
तन्नेरी फूल
मौरीको मृगतृष्णा
दु:खान्त कथा !
धमिलो दह
माछाको अन्तर्द्वन्द
प्रसन्न बल्छी !
कैयौँ वसन्त
पुरातन पल्लव
“नयाँ नेपाल” !!
● जयदेव गोविन्द ।
त्रिशुली, नुवाकोट ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )