कविता : रमिता

~प्रतिमान सिवा~

खै……. ? ?
कसले,
कसको,
पानी छोयो रे !
खै ………? ?
को,
कसको,
घर भित्र पस्यो रे !
पक्कै पनि,
मान्छे नै हुनु पर्ने,
एक हुल बसेर,
के के पडिरहेका थिए ।
उनिहरु पनि हेरी रहेका थिए,
तीनिहरु पनि देखी रहेका थिए ।
कसैले केहि भनेको देखिएन ।
पर अलग्गै बसेर,
रमिता हेरी रहेका बाबैले,
खुईय्या…… !! सुस्केरा तानेर भने,
“खै ! यो जातमा के छ कोनी ?
कहिल्यै बुझ्न सकिएन ?”

—–प्रतिमान सिवा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.