~अरुणबहादुर खत्री “नदी”~
मेरो आँखाभरि आँसु
मनभरि छ खोला
बगिदिन्छु छल्केर
के सम्झेर होला ।
पूणिर्माको रात पनि
औंसीको झैं लाग्यो
तिमीलाई देख्दाखेरी
मेरो मन नै जाग्यो ।
चोटमाथि चोटै थप्ने
दैव कस्तो होला
व्यर्थै खेर जाने भयो
यो दुई दिने चाला ।
यो जुनीमा यस्तै भयो
अर्को जुनीमा पाउँछु कि
मलाई छोडी अन्त गए
कोसित माया गाँस्छ्यौ नि ?
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : युवामञ्च २०६७ कात्तिक)