~घनेन्द्र ओझा~
अँध्यारो त्यो आकाशमा जून लागेपछि ।
खुबै राम्री देखिइछ्यौ सुन लागेपछि ।
बदनामी मात्र पाएँ तिम्रो लागि बाँच्दा
यस्तै हुन्छ सायद धेरै गुन लागेपछि ।
कहाँ गए जिन्दगीका मीठामीठा कुरा
बिर्सिइछ्यौ पराइको नुन लागेपछि ।
कसले पो सम्झिन्छ र जाडोलाई फेरि
आङभरि न्यानोन्यानो ऊन लागेपछि ।
बिउँझिँदो रै’छु यसरी नै सपनीमा
मनका सारा कुरालाई फुन लागेपछि ।