~राहुल पुन~
संघीयता
विदेशी बिऊ
विखन्डनको विष
विनासको प्रतिक
शोषणको अमृत
पेरिसडाँडामा रोपियो
मधेशमा हुर्कियो
गाउँघर शहरमा सारियो
बल्खु र सानेपाले
मलजल ग¥यो
देशैभरी फैलियो
संविधानसभामा फुल्यो
जातजातिमा फल्यो
पूर्वतिर पाकिसक्यो
तराईतिर चाखिसकियो
नखाँदै यो चाला
खाए के होला
त्यसैले त,
सुदूरपश्चिमले रोक्न खोज्यो
चितवनले फाल्न खोज्यो
स्याङ्जाले भाँच्न खोज्यो
पूर्वाञ्चलले उखेल्न खोज्यो
लुम्बिनीले निमोठ्न खोज्यो
लुम्बिनीले निमोठ्न खोज्यो
सिंगो देशले बुझ्न थाल्यो ।
राष्ट्रियता टुक्राउने भेटी
विभाजनको खेती
भ्रमको रेति
अनि त, विस्तारै्–विस्तारै
अङ्कुराउन थाल्यो
देशैभरी सप्रिन थाल्यो
विदेशी विऊ चाहिंदैन
देश टुक्राउन पाइँदैन
– गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २९ – May 30, 2012 – २०६९ जेष्ठ १७, बुधबार)