~रेशम वि.सी.~
हत्केलामा ठेला पारी पसिनाका धाराहरू
चुहाउँदै दिन बिते थिए असीम सपनाहरू
रगत सुक्यो भाई हो हाम्रो फर्किएनन दिनहरू
काला बादल घुमिरहे शिरमाथि हाम्रो बरू
पिठँयूमा बोकी दुधे बालक भोकले रूँदा पनि
पूस्तौं बित्यो यही पीडाले छोडेन कहिले पनि
मुटु फुट्छ भक्कानो छुट्छ रून्छु घरघरी अनि
आँसुका धारा बगिरहे झरझर झर्ने झरना बनी
हाम्रँे पसिना र रगतले ठडिएका यी महलहरू
हामीमाथि नै गर्छन् यिनले काला कर्तुतहरू
नसुतौं अब चिर निद्रामा मजदुर भाइहरू
कति सहनु अत्याचार लडेरै मरौं बरू
च्यात्नु छ हाम्रै बलले ती काला कानूनलाई
गर्नुछ हामीले हाम्रै निम्ति जीवनको भलाई
मुक्तिको निम्ति गाउँ र बस्ती जुर्मुराई उठौं ल
हँसिया हथौडाको यो रातो झन्डा फर्फराई रहौंला
–दाङ
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २० – March 21, 2012 – २०६८ चैत्र ८ गते, बुधबार)