~प्रेम पुन~
म गोठमा जन्मेर गाँउमा हुर्केको मान्छे
दु:खको पहाड बोकेर हिंडेको मान्छे
लगाउनलाई मसंग चप्पल थिएन
लाहुरेको छोराहरुको जुत्ता हेरेर मक्ख पर्थे
पैतला फुटेर जमिन भासिए जस्तो हुन्थ्यो
तैपनि कपडाको भकुन्दो कुँदाएको हुन्थे
म कक्षामा जहिले पनि अगाडि हुन्थे
तर मेरो जाँघे पछाडि फाटेको हुन्थ्यो
सबै साथी-संगी ग..ल…ल.ल हाँसेको हुन्थे
पढ्नमा अगाडि खेलमा अगाडि
गुरुहरु स्याबासी दिन्थे
मेरो नामको गुणगान हुन्थ्यो
त्यसैले मेरो अस्तित्व जिउदै थियो।
जब म १८ बर्षको भएँ
मलाई भौतिक सुखका सपनाले
दिन रात सताउन थाल्यो
अरुले जस्तै पैसा कमाएको कल्पना गरेँ
ऋन काढेर भए पनि युरोप भित्रिएँ
परिस्थिति र विवशताले
म नक्कली शरणार्थी बने
ढाँट्नु नढाँत्न्नु गोरेहरुलाई ढाँटे
नाम ढाँटे थर् ढाँटे
अनि ठेगाना नै ढाँटे
नाम थर ठेगाना सबै नक्कली बनेपछि
अहिले म,
अस्तित्व हराएको मान्छे भएको छु।।
म्याग्दी दोबा,
हालः ओस्टेन्डे बेल्जियम