~डा. दीपक खड्का~
तिम्रो छुवाईलाई मान्छे भन्छन् सिमलको भुवा
हाय म किन भएँ त्यो दिन पानीमरुवा
तिर्खाउन यत्ति सक्छु थाहै थिएन मलाई
तड्पेका थिए अरे संसारभरका कुवा
आधा चिम्लेका आँखा आधा खुलेका ओंठ
यो मन भएको थियो मानौं फुकेको जुवा
चितामा मेरो लाश जल्दै गरेको बेला
उडेको थियो तिम्रै घरतिर मेरो धुँवा
(रचनाकाल: 1987)