~अबिनास थापा~
स्कुलमा टिफिनको समय भएको थियो त्यति बेला । म चौथो घण्टी नै नपडी चौतारामा आएर बसेको थिए । टिफिन टाईममा कोहि साथीहरु फुटबल खेल्दै थिए भने कोहि साथी भलिबल खेल्दै थिए त कोहो यत्तिकै चौर तिर डुल्दै थिए । म यी सबै कुरा एकोहोरो नियाली रहेको थिए । एक्कासि पछाडीबाट मेरो आँखा छोपियो । त्यो नरम अनि कोमल हातले स्पर्श गरे मेरो अनुहारमा,मलाई त्यो हात कस्को हो भनेर छुट्याउन समय लागेनकिनकि यत्ती कोमल अनि नरम हात हाम्रो कक्षामा अरु कसैको थिएन थियो त केबल रमाको मात्र थियो । रमा जो निकै सुन्दर ,सिल्म शरीर,रेसमी कपाल,डिम्पल पर्ने गाला,मृग नयनी आँखा यस्तै यसै । रमाको जत्तिनै तारिफ गरे पनि सक्किन थ्यो । अझै भनौ भने त उसलाई देख्ने जो कोहि पनि एकै नजर मा मदहोस हुन्थ्ये । स्कुलमा पनि त यस्तै थियो उसको लागि मरिहत्ते गर्ने को कमि थिएन ।
सबै उसलाई देख्ने बितिकै जिब्रो टोक्ने गर्थे । यस्ती सुन्दर युवतीले आँखा छोप्दा नचिन्ने त्यो कहाँ हुन्थ्यो र । मैले पनि चिनिहाले उसलाई । र मैले भने रमा मैले तिम्लाई चिनिसके हात निकाल तर हात अझै हटेन मेरो आँखा बाट अनि मैले फेरि भने तिम्रो जिस्कने बानी अझै गएको छैन है रमा रु अब त हात झिक न प्लिज मेरो आँखा दुखी सक्यो ।मैले यति भनेपछी उसले हात हटाई मेरा आँखा बाट । अनि उसैले भन्न सुरु गरि आज किन चौथो घण्टी नलिएको बिकाश रु तिम्लाई मैले कहाँ कहाँ खोजिन तिमी त यहाँ पो एकोहोरो भएर बसेको रैछौ भन्दै उसले मेरो गाला चिमोटी । रमाले यस्तै चिमाटेको ले मलाई रिस उठ्यो र भनीदिए हेर रमा तिम्रो अझै केटाकेटीको बानी गको छैन हैरुअब त तिमी त ठुलि भै सक्यौ दश कक्षामा पड्ने भै सकेउ । मेरो कुरा सुनेर उ ठुस्किन्छे म फकाउने प्रयास गर्छु ।अनि कुरालाई मोड्दै रमा ले नै भनी बिकाश मैले यो स्कुलमा पड्न थालेदेखिनै मेरो मन भित्र सजाईसकेको छु ।
म तिमिलाई एकदमै मन पराउछु भन के तिमी मेरो प्रेम स्वीकार गर्छौरु आखिर मैले चाहेको पनि त्यही त थियो । मैले पनि खुशी साथ स्वीकार गरिदिए किनकि यत्ती राम्रो मान्छे पाउनु मेरो भाग्यको कुरा हो । अनि हामी दुबै एक अर्काको अङ्गालो बाँधियौ । अचानक आमाको बिकाश बिकाश भन्ने आवाज ले बिउझायो मलाई म त सपनामा पो रहेछु ।हेरे आफ्नै ओछ्यान मा पो रैछु । अनि मेरो अङ्गालोमा त सिरानी थियो । भित्ते घडीले नि आठ बजाई सकेछ ।आमाको आवाज फेरि सुनियो । हैन तलाई स्कुल जानू पर्दैन । एसएलसि आउने बेला भएको मान्छे रे आठ बजेसम्म सुत्छ । तलाई स्कुल जानू पर्दैन मैले खाना बनाएर राखिदेको छु खाएर स्कुल जा । म घाँस काट्न गए ।आमा यस्तै भन्दै हुनुहुन्थ्यो ।म भने फेरि सपना को कुरा सम्झन लागे आहा कत्ती मज्जा को कुरा ।अनि आफ्नो हातमा भएको सिरानी लाई हेर्दै सोच्न थाले धत् म पनि ,ओहो कत्ती मीठो कुराकानी फेरि सुत्नु पर्यो कत्ती मज्जाले प्रस्ताव गरेकी उसले आहा यस्तै सोच्दै फेरि पल्टिए उहीँ सपनालाई पछ्याउँदै ै तर अह एक घन्टासम्म निदाउने कोसिस गर्दा पनि निदाउन सकिएन ।रमा सङ्गै पड्ने साथी हुन ।जो निकै राम्री छिन । रमा म सङ्गै स्कुल पड्न थालेका हौ र अहिले कक्षा दस मा आइपुग्दा पनि हामी सङ्गै छौ । साच्चै भन्नू पर्दा म उसलाई मन पराउथे अनि माया पनि गर्थे तर दुखको कुरा मैले उसलाई कहिले खुलेर भन्न भने सकेको छैन । रमाले मलाई एक असल साथिको रुप मा लिन्छिन त्यसैले गर्दा मैले उसलाई यो बारे मा भन्न सकेको छैन ।यदि मैले यसो भन्दा उ रिसाएर भएको साथिको सम्बन्ध तोडिन्छ कि भनेर नै मैले कहिले पनि भनिन यो कुरा ।रमा र म बिचमा त्यस्तो केही कुरा थिएन लुकाउन ।हामिले सबै कुरा एक अर्का संग भनेको थियौ ।मैले उसलाई भनेको थिन त केबल उसलाई माया गर्छु भनेर । आज को सपनाले गर्दा रमा सङ्ग यो कुरा भनौ भन्ने जोस चलेको छ किन कि सपना मा जस्तै हाम्रो सम्बन्ध जोडियो भने त आहा ……….
लौ बर्बाद भयो नानाथरी कुरा सोचेर बस्दा बस्दै दस बज्न लागिसकेछ ।हतारहतार उठेर ड्रेस लगाएर स्कुल तिर लागे ।
स्कुल पुगे स्या(स्या गर्दै । सर पसिसक्नु भएको रैछ । सरको हल्का डाईलक सुन्नै पर्यो । सुने पनि अनि लागे लास्ट ब्रेज तिर स्कुल लाईफमा लास्ट ब्रेजमा बस्नुको मज्जा नै थियो । लास्टमा बस्यो गफ गर्यो,साथिको कपडामा केर्यो,केटि जिस्क्यायो बस्यो । जे होस स्कुलको बेला रमाइलो नै हुदो रैछ । नजर डुलाए,हेरे म झस्के रमा स्कुल आएकी रहिन छ । खै किन हो आज स्कुल आएकी थिन । मलाई लागिराको थियो आज चाहिँ उस्लाई मन को कुरा सुनाउ कि जस्तो लागेको त्यो तर उ आकि रैनछ आज । पहिलो घण्टी यत्तिकै बित्यो तर उ एक्कै छिन पछि आउली आउली भन्दा भन्दै घण्टी सकिदा पनि आइन । रमा कहिले पनि अनुपस्थित नहुने मान्छे आज आएकी थिन । आखिर किन आइन यहि कुरा मनमा खेली रहयो । दोस्रो घण्टी पनि लाग्यो । हिसाब पढाउने सर पनि आउनु भयो । त्यसै त हिसाब भने पछि पिसाब आउने मलाई । त्यहिमाथी आज रमा नआएको पीडा थियो । मेरो ध्यान पड्नमा भन्दा उनि किन आइनन भन्ने मै थियो । एक्कासि ढोका अगाडि देखा परि आज मेरि रमा । ए मेरि भने अधिकार त थिएन तर नि भनी दिए जेजे पर्ला भनेर । उतिर नजर लगाए मन अलि खुसी भयो । तर आज दिप झै बन्ने रमा आज निभ्न लागेको दीयो जस्तो देखिन्थिन अझ भनौ भने त्यो चम्किलो चन्द्रमामा ग्रहण लागेको थियो । म छक्क परे । उनी भित्र आएर बसिन कोहि सङ्ग बोल्दा पनि नबोली बसिरहिन । खै कति खेर सर जानु भयो थाहा समेत पाइन । सर जानु भएपछि मैले गएर रमालाई सोधे रमा तिमी किन आज ढिलो आको ? अनुहार नि मलिन छ । मैले सोधेका कुरा उसले सुने नसुने झै गरि रहिन । मैले त्यही प्रश्न दोर्होयाए । ल रमा यस्तरी झस्की कि मानौ कसैले उस्लाई मार्न लाग्दै छ । दोस्रो पटक को मेरो प्रश्न सुनेपछि रमाको आखा रसायो ।उसको आखामा आसु भरियो ।
म के भन्ने न के भन्ने भए किनकी रमालाई यत्ती निरास र दुखी पहिलो पटक देख्दै थिए । अहिले सम्म कहिले पनि आखाबाट आसु नझारेको मान्छेले यसरी आसु झार्दै थि । उसले मुखले केही बोलेकी थिन तै पनि उस्को अनुहारको भाव ले धेरै कुरा बताउदै थियो । अचानक रमा आफ्नो ठाउँ उठेर मेरो हात समाएर तानिन ।म पनि लागे उसको पछि पछि जग्य मा बेहुली को पछि पछि लगन गाठो समातेर हिडे जस्तै रमाको हात समातेर उसको पछि पछि ।अलि पर सुनसान भएको ठाउमा पुगेर रमा रोकिन ।केही भाव पुर्ण तरिकाले हेरिन मलाई ।मानौ उसले मलाई पहिलो पटक देख्दै रहेकी छिन । र निरन्तर आँसु खसालेर रुदै थि ।मैले उसलाई फकाउने प्रयास गरे तर सकिन । तर उसलाई के भै रहेको छ थाहा पाउन सकेको थिन । त्यसपछी रमा रुदै मलाई केही कुरा भन्न लागिन ।बिकाश मैले जीवन मा तिमिलाई धेरै दुख दिए होला यसलाई एउटा साथिले गरेको गल्ती सम्झेर माफ गरिदेउ ल ।मैले उसलाई सम्झाउने सोचले भने तिम्ले यो के भनेको रमा ?तिमी त मेरो एक असल साथी हौ अनि म तिमी सङ्ग किन रिसाउनु ।तिमी जस्तो साथी पाउनु भनेको मेरो भाग्यको कुरा हो? बरु भन न आखिर भएको चाहिँ के हो? रमा रुन रोकिएकी थिनन उनी रोहिनै रहिन ।उनले भनिन बिकाश भोलि बाट म स्कुल पनि आउदिन होला ।म जहाँ रहेपनी तिम्लाई सम्झिरहने छु ।रमा यत्ती भनेर बस्दै गरेको ठाउबाट उठेर किताब नै नलिकन हिडिन । मत हेरेको हेरेइ भए । म मा उसलाई रोक्ने सामर्थ्य नै भएन । एकै छिनमा मेरो नजरबाट रमा टाढा गैसकेछिन ।एक्कासि के भएको हो मलाई समेत नबताई उनी गएकी थिन ।मलाई खुल्दुली लाग्यो आखिर के कारण यस्तो भयो । उनी गए पछि म एक्लै फर्किए कक्षामा निन्याउरो अनुहार पर्दै । मेरो यस्तो अनुहार देखेर उनिहरु छक्क पर्दै थिए ।उनिहरुले सोधे पनि के भयो भनेर ।म नाजबाफ भए किन भने के भयो भनेर भन्ने कुनै कारण नै थिएन ।रमाको बारे भनौ भने उनिहरुले नराम्रो सोच्ने डर भयो ।भनिन मैले त्यस्तो खासै केही हैन हल्का टाउको दुखिराको छ भनेर टारीदिए ।साच्चै मलाई आखिर भएको नै के थियो भन्नु रमा को कुराले हो भनौ भने त्यस्तो कुनै साइनो नै थिएन हामी बिच साथिको बाहेक नत उ मेरि प्रेमिका नै तर पनि मन त्यसै आत्ती रहेको थियो ।
रमाको किताब पनि कोठा मै भएको ले उसको किताब पनि मैले नै बोकेर लगि दिए ।उसको र मेरो घर त्यत्ति टाडा थिएन ।करिब ७ १० मिनेट को बाटो होला ।मन मा अनेक थरी कुरा सोच्दै पुगिसकेछु रमाको घर मा ।यताउता नजर लगाए कोहि देखिएन घर मा ।सिधै रमा लाई नै बोलाए ।रमा आउलिन भनेको त उसको भाइ निस्कियो बाहिर । सोध्न त के छ हुनेवाला सालो केटो भनेर भन्ने मन त्यो तर के गर्नु अहिले सम्म पनि रमा लाई आई लव यु भन्ने आट आएको थिएन ।जे भएपनी भाईलाई रमाको किताब दिएर लागे आफ्नै घर तिर लखरलखर ।सायद रमा सङ्ग भोलि भेट होला भन्ने आस गर्दै ।अनुहार मलिन नै थियो मेरो ।देख्ने ले नि पत्ता लगाउन सक्त्यो ।साझ परि सकेको थियो ।घरमै एत्तिकै बसिरहे मात्रै रमाको बारेमा सोचेर ।बेलाबेलामा यस्तो सोच आउत्यो कि आखिर कोहो उ मैले यत्ती याद गरिरहेको छु ।समय पनि कहिले त कत्ति ढिलो चलेको जस्तो लाग्दै त्यो ।घडी हेरे भर्खर आठ बज्न लागेको त्यो ।तल भान्सा बाट आमाले खाना खान बोलाउदै हुनुहुन्त्यो ।
मलाई केही खाने मनै थिएन ।र सन्चो नभएको बाहाना गरिदिए र कोठामै बसिरहे । यत्तिकै बसिरहेको थिए ।बहिनी आइपुगिन म भएको ठाँउमा ।मलाई सन्चो नभएको भनेर नै आएकी हुदिहो सायद ।किनभने घर मा सबै भन्दा मिल्ने नै हामी दाजु बहिनी थियौ । उसले सोधी दाई के भयो किन निराश अनुहार पारेर बसेको खाना पनि खान आउनु भएन के भयो तपाईंलाई ?मैले केही भको छैन भनेर ढाट्न खोजे तर उसले बिस्वास नै गरिन ।र म भन्न बाध्य भए र सुनाई दिए दिउँसो स्कुलमा भएको सबै कुरा हरु ।मेरो कुरा सुनेर बहिनी उषा पनि मलिन अनुहार पार्न लागिन ।उसको त्यो अनुहार देखेर म अचम्ममा परे ।उसले नै कुरा निकाली दाइ मैले त तपाईं लाई एउटा कुरा भन्नै बिर्सेछु ।के कुरा हो भन्न मैले भनेपछि उषा भनिन ।दाइ आज दिउँसो स्कुल बाट आए पछि रमा त .. यत्ती भएर उ रोकि मैले सोधे के भयो भन त ।उसले भनी स्कुल बाट आएर पछि रमा त घर बाट केही लुगाको पोका लिएर खै कता हो गै……।
बहिनिको कुरा ले मत छागा बाट खसेझै भए ।कता गै होला त रमा ।उषा ले भनि दाइ तपाईं को लागि रमाले एउटा चिट्ठी छोडेर गएकी छे ।लिनु यो चिट्ठी रमाले मलाई तपाईको हातमा दिनु भनेर गएकी थि र अब उसलाई कहिले पनि खोज्ने प्रयास नगर्नु भनेको छिन । यो कुरा ले त झन मन दुखेर आयो ।आँखा मा आँसु भरियो । हातमा चिट्ठी थमाएर उषा पनि बहिर निस्किन म भने हात मा भएको उषा ले लेखेको चिट्ठीलाई नियाली रहे ।यो खोलेर पड्ने हिम्मत समेत आएन । ।कपिको पानालाई तिर चार पटक दोबारेकी थिन ,बिना खाम बन्दी पठाएकि रहेछिन ।त्यो बेला खाम पाइयोस पनि कहाँ बाट खाममा हालेर पठाउन लाई ।खोलेर हेरे उसले केही कुरा लेखेकी रहिछ । छोट्टोमै सबै कुरा लेखेको पाए सायद उसले हतारमा लेखेकि हुन अक्षर पनि सदाको भन्दा किरिमिरिङ नै थ्यो । त्यतिखेर कहाको अक्षरको कुरा आयो र उसले लेखेका कुरा पडन लागे उसले यसरी लेखेकी रहिछिन ।
प्यारो साथी बिकाश,
तिमी सङ्ग धेरै कुरा गर्नु थियो । तर समयले मलाई ती कुरा सुनाउने मौकै दिएन । सायद तिमी म सङ्ग रिसायौ होला है । तिमिले सोधेका प्रश्नको केही जबाफ नै नदि म हिडे । मलाई माफ गर ल । आखिर म किन टाढा गए किन घर छाडेको भनेर तिमी सोचिरहेको होलौ हैन । तिमिलाई थाहा छैन बिकाश मेरा बाबाले मेरो बिबाह उहाँकै पल्टने साथिको छोरा सुदिप सङ्ग गर्दिन लाग्नु भयो । मैले बारम्बार इन्कार गर्दा पनि बाबा जिद्दी पनले गर्दा उहाले बिहे फिक्स गर्नु भएछ । भोलि उहाहरु मलाई हेर्न र ईङ्गेजमेन्ट को लागि आउदै हुनुहुन्छ । त्यसैले गर्दा म अहिले बिहे गर्न हैन मेरो भबिस्य बनाउन चाहान्छु । तर मेरो कुरा उहाहरु सुन्नै चाहानुभएन त्यसैले गर्दा म घर बाट हिडेको छु । बिकाश मलाई थाहा छ तिम्ले मलाई कत्ती माया गर्छौ भनेर तिम्रो आखाको भावले नै मैले बुझेको छु । म प्रती तिम्रो माया कत्ती छ भन्ने कुरा मैले महशुस गरेको छु तर किन बिकाश आफ्नो मनको कुरा मलाई भनेनौ ।सधै आफ्नै मनमा गुम्साएर राख्यौ ।तिम्लाई थाहा छैन सबै कुरा समय मै भन्नुपर्छ ।बिकाश तिमि मलाई जत्ती माय गर्छौ त्यो भन्दा बढि माया म गर्थे तर म चाहान्थे हामी पहिले एस एल सि दिई सकेपछी यो कुरा भनौला भन्ने हेरन बिकाश त्यो समय आउनु भन्दा अगाडि नै समयले कोल्टे फेरेको छ ।म जहाँ रहेपनी तिम्लाई माया गरिरहने छु ।राम्रो सङ्ग पडेर परिक्षा दिनु है ।मेरो त सपना सबै अधुरै भैहाले सबै । आफ्नो सपना पूरा गर्नु है ।यदि बिधाताले साथ दिएछन भने कुरा दिन भेट हुनेछ भन्ने आस गर्छु ।अब मलाई खोज्न प्रयास नगर्दा पनि हुन्छ है ।भन्दै बिदा हुन्छु ।
उहीँ तिम्रो मिल्ने साथी
रमा
रमाको पत्र पडिसके पछि त माघको यो चोसोमा पनि खलखली पसिना छुट्यो मैले भन्न नसकेका कुरा उसले खोलेकी थिन । आखिर बिहेकै कुरालाई लिएर उसले यत्ती ठूलो निर्णय गरे घर छाडेर हिडेकि छिन । तर उ कहाँ गै भन्ने कुरा कसैलाई थाहा थिएन । घरमा बुवाआमालाई सम्झाएर केही बिकल्प सोचेको भए राम्रो हुने थियो किनकि परिक्षा आउन धेरै समय बाकी थिएन । सायद उसले मलाई साचो माया गर्ने भएनै यसो गरेकी थिईन भन्ने कुरा बुझ्न मलाई समय लागेन । रात धेरै छिप्पिसकेको थियो तर पनि निद्रा पर्ने छाट्काट थिएन ।रातको १२ बज्न लागिसकेको थियो ।तर निद्रा लागेको थिएन । मात्रै रमाको बारेमा सोचिरहे आखिर कता गएकी होला भन्ने । निद्रा नपरे पछि मोबाईलमा गित सुन्ने सोच आयो ।र सङ ग्यालरी बाट रामकृष्ण ढकालको आवाजमा रहेको के साचे थे जिन्दगी मा केके भयो आज भन्ने गित बजाएर निदाउने आशमा ओछ्यानमा ढल्किए ।निदाउन निकै गह्रो भैरह्यो निदाउन सकिन ।रातले आधा नाघिसकेको घोषण गरिसकेको थियो ।मध्य रातमा भन्ने खै कताबाट हो निन्द्रा पर्ला जस्तो लागेर सुत्ने प्रयास गरे र सिरकले गाम्लाङ्गुम्लुङ जिउ छोपेर सुते ।खै कत्ती खेर निदाउन पुगेछु । बिहान झल्यास्स बुझदा त बिहानको नौ बज्न लागि सकेछ ।बहिले नि चिया ल्याएर राखिदिएकी रैछ ।त्यो चिया पनि मैले खानु भन्दा अगाडि नै झिंगाले मुईमिङ पुल बनाएछ । हत्तन पत्त उठेर स्कुल जान को लागि तयार भए । खाना खाना मन अझै थिएन किन भने हिजो अबेरसम्म नसुतेको ले होला ।टाउको आज चाहिँ साच्चै दुखेको थियो ।तै पनि स्कुल जान तयार भए। बहिनी पनि खाना खाएर तयार भै सकेकि थिन ।म पनि लागे स्कुल जान भनेर ।
रमाको बारेमा केही जानकारी पाउछु कि भन्ने झिनो आसमा ।स्कुल पुगे निराश मुहार लिएर । पड्न मन त कदापी पनि थिएन ।तर पनि बसिरहे कोठामै ।स्कुलमा रमाको बारेमा अनेकौ कुराहरु हल्ला सुनियो जुन अथार्थ भन्दा निकै फरक कुरा भएको थिए ।मैले यस्तो उस्तो भनेर मन हुदा हुदै पनि केही भन्न सकिन ।यदि भनेको भए अरुले नराम्रो सोच्ने सम्भावना थियो ।यत्तिकै स्कुलमा खैलाबैला मचिएको थियो । कोठामै बसिरहेको थिए ।कतै ननिस्कीकन ।यत्तिकै मा सामाजिक पढाउने सर आउनु भयो र मलाई बोलाउनु भयो ।हेडसरले बोलाउनु भयो भन्दै ।मनमा डर लागेर आयो किन सरले बोलाउनु भन्ने कुरा सोच्नै सकिन ।र मन कुरा खेलाउदै हेडसरको मा पुगे ।रमाको बारेमा कुरा गर्न कै लागि मलाई बोलाउनु भएको रहेछ ।सोध्नु पनि ठिकै थियो किन भने क्लास मा सबै भन्दा मिल्ने साथी हामी दुई नै थियो तर बिडम्बना यो बारेमा मलाई नै केही थाहा थिएन न त मलाई रमाले भनेर नै गएकी थि ।
ंमैले आफुलाई केही थाहा नभएको भनेर सरलाई भनिदिए ।तर सरले के पत्याउनु हुन्थ्यो रमाले मलाई चिट्ठी छाडेर गएकी छ भन्ने सरलाई कस्ले सुनाई सकेछ ।सायद उषा को काम थियो होला त्यो कुरा सरलाई सुनाउने ।म मलिन अनुहार पार्दै भनिदिए सरलाई भन्न मिल्ने जति ।र मलाई उसले लेखे जति ।सरहरु पनि छक्क पर्नु भयो कुरा सुनेर ।सानो कुरामा किन यत्रो निर्णय गरेकु भन्दै सरहरुले पनि मेरि रमालाई नै दोष देखाउन थाले म यी कुरा सुन्न नसकेर निस्किए बाहिर । दिन बित्न पनि कत्ती गह्रो भै रहेको थियो ।छुट्टी भएपछी घर तिर लागे उहीँ रमाको कुरालाई मन मा खेलाउदै ।एकोहोरो भएर जाँदै थिए ।अचानक दुई जना मान्छे ले बोलाउदै गरेर झस्किए ।उनिहरु सङ्ग बोल्न मन नहुदा नहुदै पनि कुरा गरे । भने हजुर भन्नुस ।भाइ हामी सहर बाट आएको हौ ।यो गाउमा काम परेर आको ।आफन्तको घरमा आको घर नै चिन्न सकिएन ।कता पर्छ बाबू भनी देउन ।मैले सोधे कस्को घर जान लागेको हो नि हजुरहरु ।उहाहरुले भने यो चाहिँ मेरो छोरो सुदिप ।हामी चाहिँ यस्को लागि केटी हेर्न भनेर मेरो पल्टने साथिको छोरि रमालाई हेर्न आएको सायद ईङ्गेजमेन्ट गरेर फर्कन्छौ होला ।उहाहरुको कुरा सुनेर मन मा झड्का लाग्यो । सायद उनिहरुलाई रमाको बारेमा थाहा रहेनछ ।
म दोधारमा परे उनिहरुलाई के भनिदिउ ।घर देखाईदिउ या सबै कुरा सुनाउ, म अलमल्लमा परे । घरमै नपुग्दै सबै यथार्थ कुरा सुनाएर उनिहरुको मन खल्लो पार्ने मन भएन ।किनभने अतिथी देवो भवस् भन्ने कुरा मलाई था थियो ।त्यसैले पनि उनिहरुलाई रमाको घरमा पुर्याउन तयार भए र फर्किए बाटै बाट र लागे रमाको घरतिर ।रमा सङ्ग बिहे गर्न भनेर आएको केटो लाई राम्रो सङ्ग हेरे उसको हाउभाउ,बोलचाली नियाले ।समग्रमा ठिकै लाग्यो मेरो ढम्याईमा ।उनिहरु मलाइ अनेक कुरा सोधिरहेका थिए तर म भने चुपचाउ हिडिहरे ।केही बोल्न मन थिएन कत्तिपनी ।रमाको घर नजिकै पुग्न लागे पनि हातले देखाउदै भने त्यही हो घर । उनिहरुले घर देखाईदिएको मलाई धन्यवाद दिदै थिए ।म यो मेरो कर्तव्य हो भन्दै फर्किए ।मनमा ती रमालाई हेर्न आउने मान्छेले अब के गर्लान भन्ने सोचे ।बिनाअर्थ रमाको बा नराम्रो साबित हुन थिए रमाको कारण ।
घरमा आएर ड्रस चेन्ज गरेर बसे ।बहिनिले स्कुलबाट आएर खाजा बनाएकी रहिछ ।मन नहुदा नहुदै पनि खाए ।भोक अलि धेरै नै लागेको थियो ।बिहान पनि खाना खाएको थिन ।मनमा अनेक कुरा आएपनी यो कुरालाई नसोच्ने मन मनै कल्पना गर्दै कोठातिर लागे ।थाकेको महशुस भै रहेको थियो आज नत काम गरेको नत केही गरेको थिए अनयासै थकित महशुस भैरहेको थियो ।खाटमा पल्टिए थकान कम गर्ने झिनो आस बोकेर ।अघिल्लो दिन राम्रो सम्म नसुतेकोले होला ढल्केको केही समयमा निदाएछु ।अचानक राती बिउझिदा खाटमा पल्टिरहेको रहेछु ।घडी हेरे रातको ११ बजे सकेछ ।आज त खाना खान समेत बोलाउनु भएनछ ।फेरि सुत्ने प्रयास गरे तर पुन निदाउन गह्रो भयो । निदाउने हर प्रयास गर्दा पनि सकिरहेको थिन ।मध्य राती के गरौ भने सोचे गर्न के नै पो सक्थे र ।मोबाइल मा गीत सुनेर बस्ने बिचार आयो । र सुन्न लागे गीतहरु ।मोबाईलको आधुनिक फोल्डर बाट गीत बजाएको ले गीत बज्न लाग्यो मेलिना राईको तिम्ले बाटो फेरेउ अरे भन्ने बज्यो अनि चरिले त छाडेर गै हालि बज्यो त्यस पछि पनि यस्तै यस्तै गीत बज्दै गीत संगै रमाको याद आउथे र मन बुझाउने प्रयास गर्दै गए खै कत्तिखेर हो फेरि निन्द्रादेबिको काखमा पुगेछु ।बिहान सात बजे तिर बिउझिएछु ।बिहानको काम गरे ।र स्कुल जाए ।आजको पनि स्थिति यस्तै थियो ।म आफ्नै बाताबरण मा हराउदै थिए । यसरिनै आजको स्कुल पनि सकियो ।घर फर्किए ।अनि एस एल सि परिक्षा आउन लागेको कारण पड्नु पनि पर्यो पडाई तिर ध्यान दिन लागे ।बिहान,दिउँसो,रात,दिन,हप्ता,महिना,गर्दै कत्ती छिट्टै बितेछन तर रमाको केही खबर आएको थिएन ।गर्दा गर्दै एस एल सि अनि आयो तर रमा आएकी थिन । नरमाइलो महशुस गर्दै गए एस एल सि दिनको लागि ।परिक्षा सेन्टर धेरै टाढा नै थियो उतै बस्नुपर्ने थियो ।गएर बसेर परिक्षा दिएर घर फर्किए परिक्षा पनि राम्रो नै भएको थियो कोहि साथिहरु मेरो यस्तो भयो उस्तो भयी भन्दै थिए कुनै परिक्षा राम्रो भएको र नतिजा राम्रो आउँछ भदै थिए भने कोहि चाहिँ यो बिग्रीयो त्यो बिग्रीयो भन्दै थिए तर म रमालाई सम्झिरहेको थिए ।किन भने हरेक परिक्षामा रमा र म मिलेर एक अर्कामा आफुले जानेको कुरा बाडेर तयारि गर्थौ तर आज त्यो हुन पाएको थिएन ।
परिक्षा सकेर घर आए ।घर मा परिक्षाको बारेमा केही कुरा भए ।अनि आमाबाबु ले अबको पडाइको लागि सहर जाने सल्लाह दिए ।मैले पनि त्यस्तै सोचेर घरमा २ ४ दिन बसेर शहरमा कम्प्युटर लगायत अनि तयारी गर्न जाने तयार भए । घरको बसाई सकेर लालबन्दी आए ।र कम्युटर सिक्न ईन्शिच्युट्मा नाम लेखाए । लालबन्दी मा आफन्त भएका ले मलाई त्यति गाह्रो थिएन ।एक दिन साझ पख चोक तिर निस्किएको थिए केही सामान किन्न भनेर ।जब चोक मा आइपुगे त्यहा यौटा यस्तो दृश्य देखे जस्ले मलाई झस्कायो ।म के गरौ गरौ बनायो ।अगाडि बडौ या त्यही लुकेर बसौ बनायो ।त्यहा म भए ठाँउ तिर नै रमा कसैको हात समाएर आउदै थिईन ।के गरौ गरौ दोधार मै थिए ।रमा त मेरो नजिकै आइपुग्न लागिसकेकी थिन त्यसैले उसको नजर मा नपर्ने सोच बनाए ।रमाले मलाई देख्नु भन्दा अगाडि नै छेउकै बरको रुखमा छेउ लागेर बसे । सायद रमाले देखिन होला उनिहरु सरासर अगाडि बडि रहे म ।त्यही बसेर हेरे रहेको थिए मेरो हुन नसकेकि मेरि प्रेमिकालाई जो पराई मान्छेको हात समातेर हिडिरहेकी थिईन ।मनमा अचानक एउटा कुरा आयो र उसको पछिपछि लागे ।उनिहरु अलि अगाडि नै पुगेका थिए त्यसैले कुदेर उनिहरु को नजिक पुगे हामी बिच करिब २० मिटर जति को फरक थियो ।रमाले देख्ने होकि भनेर लुक्दै छेल्लिदै पछि पछि गए ।केही समय को हिडाई पछि उनिहरु रोड बाट अलि भित्र पट्टी लागे । उनिहरु जता जता जान्थिन म सङग सङ्गै गैरहेको थिए ।खै के के गफ गर्दै हिडिरहेका थिए सुनेपनी छेउछाउ को हल्लाले सुनेर नि बुझ्न पाको थिईन। करिब करिब १०(१५ मिनेट जत्ती उनिहरु अघिअघी हिडि रहे म पछि उनिहरुलाई पछ्याई रहे । अन्त्यमा रमा एउटा ठुलो घरको गेट खोलेर प्रबेश गरिन खै त्यतिखेर भने उ एक्लै थि खै कतिखेर हो त्यो केटा उ बाट छुट्टी सकेको रहेछ ।मलाई होस नै भएन ।म पनि रमा प्रबेश गरेको गेटसम्म पुगे ।भित्र यसो नजर लगाए त्यो घर एकदमै सान्दार र बडेमान को थियो ।बहिर पनि ठुलो बगैंचा थियो अनि निकै सजावट गरिएको थियो । त्यस्तै घर हेरेर नजर यताउता डुलाउदै थिए कतै रमालाई फेरि देख्छु कि भनेर तर देखिन उसलाई एक्कासि गेट पालेले बोलाउदा पो झस्केछु ।पाले दाइले के खोजेको भाइ भनेर सोधे पछि म अलि सम्यम भए ।मत पाले दाईलाई के भन्ने भन्ने अक्कनबक्क भए ।सोच्दै थिए पाले दाइलाई के भन्ने होला भनेर अचानक मुख बाट फुत्किहाल्यो दाइ यहाँ कोठा पाईन्छ ।कोठाको खोजिमा आएको दाइ ? यहा कोढा पाईन्छ दाई ?
उसले भने खै भाइ कोठा त छ भाइ तर मालिक लाई सोध्नु पर्छ । मालिक साब बाहिर जानूभाको छ । यो कार्ड लिएर जानुस यसमा कल गरेर बुझ्नुस न है भने पाले दाइले । दाईले मेरो कुरा पत्याएछन पनि तर मैले झुट बोलेको हो भनेर भन्न पनि सकिन ।पहिलो चोटि झुट बोलेको थिए ।त्यो पनि रमालाई देख्न को लागि ।तर जे भए पनि नबोल्नु बोलिसकेको थिए । त्यहा धेरै बेर बरिरहन मन लागेन र पाले दाईलाइ हस म कल गरेर बुझ्छु भनेर त्यहाबाट फर्किए ।मन मा भने रमा कसरी यो अबस्था मा आइपुगिन ।आखिर को हो त्यो रमा सङ्ग हात समातेर हिड्ने मान्छे ।कतै रमाले बिहे त गरिन ? मनमा कताकत डर पैदा भयो ।बिहेकै लागि घर छाडेर हिडेकि मेरि रमाले कतै शहर आएर बिहे त गर्नु नपर्ने भन्दै मनलाई सान्त्वना दिए ।अगि एकै छिन जस्तो लागेको बाटो अहिले एक्लै फर्किदा लामो लागि रहेको छ ।चोकको आफ्नो काम सकाएर फर्किए रूमतिर ।खाना आफुले बनाउनु पर्ने तनाब थिएन ।बनाएर राखेको खानु थियो ।जे होस शहर मा आफ्नो मान्छे हुनुको फाईदा यहि थियो मेरो लागि ।खाना खाएपछिको काम केही थिएन ।पड्नको लागि कलेज भएको थिन किनकी एस एल सि को रिजल्ट आउन बाकी नै थियो ।अनि कम्प्युटर को क्लास पनि भर्खर शुरु भएको थियो केही कण्ठ गर्न पनि ।अलिअली साहित्यमा रुचि राख्ने म भर्खरै अमर न्यौपाने को करोडौं कस्तुरी सकाएको थिए अरु किताब किनेर ल्याउने पैसा पनो थिएन ।त्यसैले केही काम नै हुदैन थ्यो बेलुका खाना खाए पछि कहिले काहीँ यसो टिभी हेर्यो त्यो पनि आफू गाउँ बाट आएको हिन्दी केही नबुझ्दिन थिए ।घरका अरु हिन्दिका सिरियल बाहेक केही नहेर्ने भएकाले खाना खाएपछी म कोठातिर गए ।जब बिस्तारामा पल्टिए ।त्यसपछि भने दिउँसो का कुराहरु मानसपटलमा घुम्न लागे ।रमाको यादले बेजोड सताउन लाग्यो ।
उसको बारेमा राम्रो नराम्रो सबै कुरा आए ।एउटा कुराले भने मन झनै चसक्क गर्यो ।त्यही कुराले बडि सताउन लग्यो ।कतै रमाले बिहे त गरिन ??
सोच्दै गर्दा पाले दाइले दिएको कार्डको याद आयो र कतै कुरा हुन्छ कि भन्ने सोचेर फोन गर्ने बिचार आयो ।दिउँसो लगाको पाइन्ट बाट कार्ड निकालेर फोन लगाए ।फोन लागि हाल्यो । खै के भनेर कुरा गर्ने होला सोचिरहे ।उता बाट कुनै स्त्री को हल्लो भन्ने आवाज मेरो कानमा गुन्जियो ।मलाइ कता कता मेरि रमाको आवाज जस्तो लाग्यो तर हैन होल जस्तो पनि लाग्यो ।फेरि उता बाट आवाज आएपछी बोले तपाईं को बोल्नु भको ?
उता बाट आवाज आयो ।म रमा बोल्दै छु हाकिम साब बाहिर जानू भाको छ एकै छिनमा गर्नुस है त भन्ने बित्तिकै फोन काटियो ।अब भने म बिश्वस्थ भए कि उनी रमा नै हुन भन्ने तर यत्ती पछि बोल्न पाउँदा पनि उसलाई म बिकाश बोलेको भनेर सम्म भन्न पाइन ।मेरो कस्तो अभागी खप्पर भन्दै आफ्नो भाग्य लाई दोश दिदै ओछ्यानमा पल्टिए । रमा लाई भेटेको कल्पना गर्दा गर्दौ निदाएछु बिहान मोबाईलको आल्राम बजेपछी मात्र बिउझिएछु । कम्प्युटर क्लास बिहानै जानु पर्ने मुख धुन धोएर चिया पिएर तयार भए । हिजो मात्र परिचय गरेको साथिको नम्बर लिएको थिए जो मेरै नजिकै बस्थ्यो । साथिलाई फोन गरे ।उ पनि तयार हुँदै गरेको कुरा गर्यो मैले छिटै आउ है भने उसले पनि हुन्छ भन्यो र पर्खिन लागे उसैलाई । दिनभरी बस्न बोर लाग्छ भनेर अर्को नयाँ किताब किन्ने बिचार गरे ।बजार मा अहिले कुन नयाँ उपन्यास कुन आएको छ सोचे ।सङ्गै मदन पुरस्कार को लागि छनोटमा परेको किताबको नाम सम्झिन लागे । दिमाखमा झट्ट आईहाल्यो फिरफिरे । सोचे अब त्यही बुद्धि सागरको फिरफिरे किन्छु भनेर र केही पैसा खल्तिमा हालेर हिडे । गेटमा पुग्दा साथि पनि आइसकेको रैछ । हामि दुई नयाँ साथी नौला नौला कुरा गर्दै हिड्यौ । हिड्दै गर्दा म झस्किए ।त्यो बाटो त हिजो रमाको पछि पछि लागेर गएको बाटो रहेछ बिचमै रोकिएको देखेर हृदयले के भयो बिकाश किन रोकिएको रु हृदय उहीँ हिजो बाट चिनजान भएको साथी थियो । मैले केही हैन कस्तो रिंगटा लाग्यो भनेर टारिदिए । रमाले घर छाडेर हिडे देखि म पनि झुट बोल्ने भएको थिए ।उसले मेरो कुरा पत्याई हाल्यो ।
म बिस्तारै हिडिरहेको थिए कतै मेरि रमालाई देख्छु कि भनेर ।हृदय भने छिटो जाउ अहिले क्लास छुट्छ भन्दै थियो ।रमा बस्ने घर हेर्दै हिडे तर रमालाई मैले कतै देख्न सकिन । हेर्दाहेर्दै रमा बस्ने घर पनि कटिसकेको थियो ।अब भने मन अमिलो भयो ।रमालाई सम्झदै गए कम्प्युटर क्लास गर्न ।फर्किए फेरि त्यही बाटो तर रमालाई देख्न पाईन । यो क्रम धेरै दिन सम्म चलिरहयो ।तर कहिल्यै पनि देख्न सकिन । अब त रमालाई भेट्ने आस पनि मरि सकेको थियो । त्यो घरको पाले दाईले दिएको कार्ड पनि हराएछ ।जतिनै खोजेपनी भेट्न सकिन ।फेरि गएर माग्ने कुरा पनि भएन । दिन,हप्ता गर्दै ३ महिना पनि बितेको पत्तै पाईन ।रमालाई भेट्ने र देख्ने आस बोक्दा बोक्दै । अब त कम्प्युटर को क्लास पनि सकिन लागेको थियो ।केही दिनमा परिक्षा लिने कुरा थियो कम्प्युटर को पनि ।मलाई कुनै चिन्ता थिएन पडाई को किन भने म अरु भन्दा अब्बल नै थिए । चिन्ता थियो त रमालाई भेट्न नपाएको मा । एक दिन बिहान कम्प्युटर क्लास पुग्दा थाहा पाए ।हाम्रो एस एल सि को रिजल्ट आएछ ।सबै साथिहरुले हेरि सकेछन किनभने रिजल्ट अघिल्लो दिन नै आइसकेको रैछ । म पुग्दा सबै ले के भयौ तिम्रो कत्ती आयो भनेर सोध्दा म छक्क परे । आखिर के सोधिरहेको छन मलाई केही थाहा थिएन ।सायद मलाई केही था नभएको भन्ने कुरा मेरो अनुहारको भावले बुझेछन क्यारे सरले र आफै भन्नू भयो । बिकाश तिम्रो एस एल सि मा कति आयो । कि तिम्लाई रिजल्ट आको था छैन रुरु लौ मत छक्कै परे केही भन्नै सकिन ।सबै जना मेरि रिजल्ट सुन्न आतुर थिए ।सबै भन्दा धेरै त सर्मिला नै उत्साही देखिन्थिन ।किन कि उ अलि चन्चल र मिल्ने साथी थिन ।मेरो कम्प्युटर क्लासमा । साथिहरुले मलाई रिजल्ट आको बारे थाहा नदिएको भन्दै म रिसाए ।अनि सरले भन्नू भयो तिम्रो सिम्बोल नम्बर कति हो हामी चेक गरौ भन्नू भयो । मैले सरले भनेको ले मैले नम्बर दिए । सरले एकै छिनमा चेक पनि गरिहाल्नु भयो ।
सरको अनुहार देख्दा केही खुसी पनि झल्किएको थियो ।सरले खुसी हुँदै बोल्नु भयो बदाई छ बिकाश तिमी ब् ग्रेडमा पास भयो ।होर सर म उत्साहित हुँदै सोधे । सरले हो भन्दै हुनुहुन्थ्यो ।मेरो खुसी को सिमानै रहेन ।मत खुसी लाई समाल्न नसकेर त्यहा बाट निस्किए । मलाई पछाडी बाट बोलाउदै थिए ।सायद त्यो आवाज हृदय र सर्मिलाको थियो ।म पछाडी हेर्दै नहिरी अगाडी बडे । कहिले रूम मा पुगेर घरमा पुगेर आमाबुबा लाई खुशिको कुरा सुनाउ भै रहेको थियो ।जाँदै थिए एक्कासि मेरो अगाडी एक जना मान्छे देखे त्यो मान्छे म तिरै आउदै थियो ।त्यो मान्छे अरु कोहि नभएर उहीँ रमा थिईन ।आज त नबोली छाड्दिन भन्ने लाग्यो ।त्यही पनि आज खुसिको सिमा नै थिएन ।परिक्षा मा पास भएको खुसी थियो भने रमा सङ्ग पनि भेट भएको थियो । देख्ने बितिकै हामी एक अर्का झस्कियौ । हामी बिचको दुरि करिब १ मिनेट मात्र बाकी रह्यो ।हामी एक अर्कालाई हेरि रहयौ मात्र ।केही बोल्नै सकेनौ । धेरै पछि भेट भएको हामी हेरि रहौ मात्र हामी दुबै जना निशब्द भएका थियौ ।रमाको आँखा भरी आँसु देखियो ।लाग्यो उसले रोक्न खोज्दा खोज्दै निस्किएका थिए ती आशुका थोपा । यो आँसु दुखको नभएर सुख को आँसु बगाई रहेको थिईन । मैले नै बोलाए उसलाई रमा कस्तो छ तिमिलाई ? सन्चै छौ ? उ केही बोलिनन ।मैले फेरि प्रश्न दोहोर्याए रमा तिमिलाई यतिका दिन सम्म मेरो अनि घरपरिवार को याद आएन है ? रमा केबल आँसु मात्र बगाई रहेकी थिन ।रमा रुदै बोल्न थालिन मलाई माफ गर बिकाश मैले आवेशमा आएर घर छाडेर आए ।मैले केही सोचिन कि मेरो परिवारलाई कत्तिको चोट पर्ला भनेर । आज अचानक तिमिलाई यहा भेट्दा मैले मेरो गल्ती महशुस गरेको छु ।यस्तै भन्दै थिईन ।उसका कुरा सुन्दा सुन्दैमेरो खुसी खै कता कता हराई सकेछ ।एक्कासि रमाले तिम्रो बारे सुनाउ पडाई लेखाइ के हुदै छ भनेर भन्दा सम्झिएछु म पास भएको कुरा ।अनि सुनाए रमालाई म राम्रो नम्बर ल्याएर पास भएको कुरा ।मेरा कुरा सुनेर रमा साच्चै खुसी भएकी थिईन ।अनि भनिन के गर्नु बिकाश मैले त पडाईलाई निरन्तरता दिन सकिन तिम्ले राम्रो गरेछौ ।म यसैमा खुसी छु ।हामी बाटोमै बसेर कुरा गरिरहेका थियौ ।रमालाई मैले अस्ति उसको पछि गएको घटना पनि सुनाए उ छ्क्क परेकी थिन ।कुरा गर्दा गर्दै धेरै समय भैइसकेको थियो तसर्थ ढिलो भएको भन्दै थिईन ।अर्को दिन भेट गर्ने बाचा सहित खुसी हुँदै एक अर्काको नम्बर साटासाट गरेर खुसी हुँदै छुट्टियौ ।मनमा खुसिहरु उथलपुथल हुँदै थिए कता पोखौ पोखौ भै रहेको थियो ।म कोठा पुगे ।खुसी अनुहार देखेर आफन्तले सोधे केहो बिकाश आज निकै खुसी छौ त के भयो त्यस्तो?मैले उत्साहित हुँदै भने आज म धेरै खुसी छु किन कि आज मेरो परिश्रम को फल पाएको छु ।म एस एल सि मा पास भएको छु ।
उहाँ पनि खुसी हुँदै भन्नुभयो बधाई छ बिकाश तिमिलाई ।आज भने पाटी हुनेभयो हैन हाम्रो घरमा भन्नूभयो मैले पनि सहमती जनाउदै भनिदिए ।भै हाल्छ नि ।घरमा फोन गर्नु छ भनेर म कोठातिर लागे ।कहिले सुनाउ कहिले सुनाउ भै रहेको थियो त्यसैले सिधै आमालाई फोन गरे । गाउँ घरको नेटवर्क त हो फोन लागि हालेन २(४ पटक गरेपछी लाग्यो ।आमाले उठाउनु भयो फोन र मैले सुनाईदिए सबै कुरा ।आमा त मेरो कुरा सुनेर खुसी हुनुहुन्छ होला भनेको त रुन पो लाग्नु भयो ।मैले अचम्म मान्दै सोधे आमा किन रुनु भएको त्यहा सबै ठिकै त छ ।आमाले भन्नू भयो लाटा यो त खुसी को आँसु हो ।मैले देखेको सपना पूरा हुन लागेको ले खुसिको आँसु आईहाल्यो बाबू ।अनि यो खबर बाबा अनि भाई लाई पनि सुनाउनु है भने ।आमाले पनि हुन्छ भन्नू भयो ।बहिनिलाई आफैले फोन गरेर सुनाउला भन्ने थियो तर बहिनी स्कुल गै सकेको ले सुनाउन पाईन । त्यसैले आमा बहिनिलाई म आफै फोन गरेर सुनाउछु है भनी दिए र खुसी हुँदै फोन राखी दिए । खुसी ले मन चंचल भै रहेको थियो ।के गरौ के गरौ भै रहयो बिहानको खाना समेत खान मन लागेन । रमालाई फोन गरौ गरौ लाग्यो र फोन लगाए ।धेरै पछि कुरा भएको हुनाले पनि एकै छैन औपचारिक कुरा हरु भए ।म सङ्ग कुरा गर्न अड मान्दै थिईन ।त्यस पछि बिस्तारै रमा खुलेर बोल्दै थिन ।म झन खुशिले गदगद भएको थिए ।यत्तिका पछि माया गरेको मान्छे सङ्ग कुरा भै रहेको थियो ।क्रमश कुरा प्रेममय हुँदै गए । पहिले देखि अहिले सम्मका कुराहरु हुदै गए सङ्गै पहिले आफ्नो मनको कुरा नभनेको मा एकअर्कालाई दोष दिदै कुरा भए ।अन्त्यमा हामी दुबैको कमजोरी भएको भन्दै प्रेमका कुरा गरौ र अब कहिले पनि एक अर्को बाट छुट्टिएर टाडा नहुने बाचा गर्यौ ।मैले अब जसरी भएपनी रमालाई घर लिएर जाने निर्णय गरेको कुरा उसलाई भने ।शुरुमा त उ नजाने कुरा गर्दै थिन ।पछि मैले कर गर्दै गएपछी हुन्छ भनिन ।
एक पछि अर्को गर्दै खुसी आउदै थ्यो मेरो जिबनमा ।यो खुसिको कुरा बहिनी लाई सुनाउनु नै थ्यो ।दिन यत्तिकै बित्यो साझ पर्न लागिसकेछ ।बहिनीलाई फोन गरे ।बहिनिले उठाई हालिन ।केछ कस्तो छ पछि मैले खुसिको खबर उसलाई सुनाए मेरो रिजल्टबारे अझै खुसिको खबर सुन्छेस भन्दै रमालाई भेटाएको र कुरा भएको कुरा भने ।यो सुनेर झनै खुसी भएकी थिन बहिनी किनकि मेरो खुसी मा उनि खुसि हुन्थिन ।अनि उसले सोधे दाइ कहिले आउनु हुन्छ ? अनि अब छिट्टै आउछु भने ।उनी पनि छिट्टै आउनु भन्दै थिन मैले हुन्छ भनेर फोन राखी दिए । र घर जाने तयारी मा जुटे ।अर्को दिन जाने कुरा फिक्स गरिसकेको थिए । त्यसैले रमालाई फोन गरे र भोलि नै जान तयारी गर भने अनि भोलि बिहान ७ बजे बस पार्कमा भेट्ने बाचा सहित छुट्यौ ।मनमा अनेकन खुसी सङालेर सुते भोलिको बिहानिको पर्खाई मा ।खै छिट्टै निदाएछु सायद बिहानै को आल्रामले उठायो मलाई ।अनि तयारी गरे जाने ।आखिर हुन त म जस्तो लाई केको तयारी हुन्थ्यो र ? कपडा मिलाए र आफन्त सङ्ग बिदा भएर आफ्नो पोको बोकेर हिडे ।रमालाई भेट्ने सुनौलो सपना बोकेर ।म आउनु भन्दा अगाडि नै आइसकेकि रहेछिन मेरि रमा ।भेटेर कुरा गर्यौ र घर जाने गाडिको लागि टिकट काटेर बस मा गएर बसौ र सुनौलो भबिस्यको कामना गर्दै लाग्यो आफ्नै घर तिर .
– समाप्त –
– अबिनास थापा
सिन्धुली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )