~डा. दीनबन्धु शर्मा~
महिला- ‘मलाई अर्को नजरले हेर्नुहोस् ।’
पुरुष- ‘म मेरै नजरले हेर्दछु ।’
महिला- ‘सक्कली होस् त्यो नजर ।’
पुरुष- ‘म तिमीलाई घृणा गर्दिनँ ।’
महिला- ‘मप्रति घृणा भए गरे हुन्छ, होइन भने मलाई अहिले घृणा नगर्नुले पुग्दैन ।’
पुरुष- ‘तर म मैले चाहेको गर्न स्वतन्त्र छैन ।’
महिला- ‘यो बाउँठो कुरा भयो ।’
पुरुष- ‘मान्छेको परिस्थिति बाउँठो हुन्छ ।’
महिला- ‘मलाई लामो तीर्खा लाग्यो ।’
पुरुष- ‘तुम्लेटमा मनग्गे पानी छ, म सारिदिऊँ ?
महिला- ‘म सधैँ मरुभूमिमा छु ।’
(स्रोत : मधुपर्क २०६६ बैशाख)
a nice story.
thanks.
– Gurpreet Singh
india