~बाबुराम पन्थी ‘गुल्मेली’~
प्यारो जिवन !
संसारमा सबै भन्दा प्यारो जिवन ! प्यारो हुँदा हुँदै पनी विभिन्न परिभाषाहरूमा परिभाषित हुनु पर्ने प्यारो जिवन ।
कोही भन्छन् अहो धन्य जिवन !
कोही भन्छन् थुक्क … यो जिवन पनी के जिवन ?
हामी आफ्नै जिवनको बारेमा के सोच्दछौ ? जिवन माथी ठुला ठुला प्रश्नवाचक चिन्हहरू किन लगाउँछौ ? के जिवन गलत हो ? जिवन फगत हो ? वा जिवन चमत्कार हो ? सृष्टिकर्ताले के यस्तै परिभाषाको लागी मानव जिवनको संरचना तैयार गरेको हो त ? के यस्तै सोंचको लागी चेतना दिएको हो त ? जिवनको पछाडी थुप्रै थुप्रै प्रश्नहरूको चाँड्् छ । जिवनमा कसको कारणले गर्दा बढी समस्या खेप्नु परेको छ सृष्टिकर्ता वा मानव जाती आफ्नै कारणले ?
सृष्टिकर्ताले त यस सुन्दर संसारको संरक्षणको र उपभोगको लागी चेतना युक्त जिवन दियो मानव लाई ! कती सुन्दर कल्पना थियो उस्को ।
प्यारो जिवन !
हेर त तिम्रो आगमन , न त तिम्रो चाहना थियो नत तिमीलाई जन्म दिने बाबु आमाको ! के चाहेको बेला हरेक बाबुआमाले जे चाह्यो ( छोरा-छोरी ) जन्माउने सामर्थ्य राख्छन् ? नत बाबुको प्रत्यक विर्यको थोपा बाट नत आमाको प्रत्यक डिम्व बाट नत प्रत्यक संभोग बाट प्रिय जिवनको आगमन हुन्छ । जिवन त बाबु आमाको माध्यम बाट सृष्टिकर्ताले शृजना गरेको हुन्छ । त्यो पनी एउटा पुर्ण स्वचालित चेतनशिल यन्त्र !
विचार गरौ , जिवनको महत्व कती छ ? हो जिवन अमुल्य छ । तर मान्छेहरू अमुल्य जिवन लाई मूल्यहीन बनाउछन् लोभ र लालचको शिकार भएर ।
के जिवन , विलासिताको उपभोग गर्न मात्र जन्मीएको हो ? के जिवन पिडै पिडा सहन जन्मिएको हो ? प्यारो जिवनको सबै भन्दा ठुलो प्रश्न यही हो ।
आउनुस एक छिन यस विषयमा सोंचौ ।
प्रश्न : के जिवन चमत्कार हो ?
उत्तर : हो ,एकाग्रतामा जिवन लाई बुझ्ने कोशिश गर्नुस त प्यारो जिवनको वारेमा । कहिले सोंच्नु भयो जिवन प्राप्ति बारेमा ? कती अलौकिक छ जिवन र न पहिले थियो न फेरी हुन्छ त्यसैले प्यारो जिवन चमत्कार हो ।
प्यारो जिवन लाई पिडा मुक्त बनाउने प्रयास गर्नुस जिवन सहजिकरण गर्नुस ।
विश्वास – आफूलाई मात्र गर्नुस्
भरोषा – अरू माथी राख्नुस् ( पुरा नहुन पनी सक्छ)
मिहेनेत – आफूले गर्नुस्
माँया – अरूलाई बाँड्नुस् ( आफूले आशा नगर्नुस)
सपना – नदेख्नुस मात्र कर्म गर्दै जानुस् जे प्राप्ति हुन्छ त्यै परिणाममा रमाउनुस्।
प्रश्न : के प्यारो जिवन ,विलासिताको उपभोगको लागी मात्र हो ?
उत्तर : होइन ! कदापी हुनै सक्दैन !! सृष्टिकर्ताले जिवन लाई विलासिताको लागी पैदा गरेको भए संसारका सारा चिज शृजना गर्न सक्नेले किन प्रिय जिवनको लागी केही विलासी वस्तुको शृजना गरिदीएन ? नजानेर वा नसकेर ? मानवीय चेतनाले प्रिय जिवन लाई विलासी बनायो ।
प्रश्न : के प्यारो जिवन पिडै पिडा सहनको लागी हो ?
होइन ! कदापी हुनै सक्दैन !!
यदी पिडा नै सहनको लागी भए संसारका अरू प्राणी भन्दा फरक किन सृजना गर्यो ? बुद्दी र विवेक दिएर !
प्यारो जिवन , बुद्दी र विवेकको गलत प्रयोजनको कारण पिडामा फसेको आभाष हुन्छ ।
पाठक वृन्द माफ गर्नु होला की म यो लेख्न बाध्य छु तपाईको प्यारो जिवन लाई तपाई आफैले पिडै पिडाको दल दलमा फसाउनु भएको छ र तपाई आफैले प्यारो जिवन लाई विलासीको पाठ पढाउनु भएको छ । हो तत् तत् कारणले गर्दा तपाईको आफ्नो प्यारो जिवन समस्यामा फसेको छ । जती बेला तपाईहरू तत् तत् कुराहरू बाट मुक्ती लिन सक्नुहुन्छ त्यती बेला नत तपाईको प्यारो जिवन नत पिडामा हुनेछ नत विलासीतामा हुनेछ ।
सृष्टिकर्ताले “जिवनलाई निकै सहजीकरण गरिदीएको छ र त जन्मिदा नाड्गै जन्मीने र मरिसके पछी पनी नाड्गै भएर जानु पर्दछ । ” मेरो भन्नुको तात्पर्य यो हो की प्यारो जिवन लाई सरलीकरण गर्न सिकौ त्यो होइन की प्यारो जिवनलाई तपाई निस्कृय बनाउनुहोस ! जब तपाई प्यारो जिवन संग प्रेम पुर्वक सहजिकरण गर्नु हुन्छ तपाई बुझ्नुहुने छ जिवनको सहजिकरण ।
“जसरी गौतम बुद्द विलासी जिवन त्यागी सादा जिवन बाट भगवान बने जसरी सादा जिवन बाट महात्मा गान्धी नायक बन्न सफल भए “
प्यारो जिवनको सहजिकरण गर्नेहरू सबै महान बन्न पक्कै सक्दैनन् तर एउटा निष्कपट, निश्छल र पिडा मुक्त आनन्ददायक जिवन भने प्राप्त हुनेछ ।
हामीले हाम्रो प्यारो जिवन लाई पैसा संग तुलना गर्न थाल्यौ । हो पैसा आजको आधुनिक युगमा जरूरी साधन हो तर कुनै पनी मूल्यमा पैसा प्यारो जिवन भन्दा माथी हुन सक्दैन । जब सम्म तपाई संग भएको पैसा तपाँईको अनिवार्य आवश्यकता भन्दा विलाशितामा बढी खर्च हुन थाल्छ तेती खेर तपाई पैसा माथी हैन की पैसा तपाई माथी हावी भएको हुन्छ । तपाईमा उन्मात बढेको हुन्छ , तपाँई अब मृगतृष्णाको भ्रममा फसिसक्नु भएको हुन्छ कहिले नभेट्ने पुरा नहुने भ्रमको पुर्तिगर्न त्यतीखेर तपाँई पैसोको ख्वावको दलदलमा फस्नुहुन्छ । जिवनको अन्त्यमा सबै छाडेर परलोक हुनुपर्दछ त्यसैले प्यारो जिवन लाई सरल तरीकाले जिउन सिकाउनुहोस ,हाँस्न सिकाउनुहोस प्यारो जिबन लाई सक्रिय क्रियाशील रहेर सहजिकरण गर्न सकेमा रिस राग,द्वेश,क्रोध,अहंकार,व्यभिचार,घमण्ड कुनै कुराको पनी प्यारो जिवन माथी हस्तक्षेप हुँदैन । प्यारो जिवन लाई सरलीकरण गर्न सके नत अकूत सम्पत्तीको आवश्यकता पर्छ जसले गर्दा मृगतृष्णाको भयमा जिउनु पर्दैन । जिवन सहजिकरण हरेक पलको कृयाकलाप,भोगाई, सम्बन्ध, देखाई संग गर्न सक्नु पर्दछ ।
प्यारो जिवन जिउनुको सरलीकरण भनेको समाजको सरलीकरण हो ! जसबाट स्वच्छ सद्भावना बोकेको समाजको शृजना हुन्छ ।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )