~रुमन न्यौपाने ‘अमन्त’~
म निद्रामा छु
गहीरो निन्द्रामा
तिमी निन्द्रामा छौ
अबचेतन अबस्थामा ।
चेष्टा गरे ब्यूँझाउन
सजग होउ,
बोधपुर्ण बन ।
तिमी बिना पटरीमा कुद्धै छौ ।
बनिबनाउ संरचना छोड्दैछौ ।
मेरो अनुनयको अस्वीकार मा
तिम्रो घर खोसीन सक्छ ।
अनी,
तिमीले सजाएको आर्कषणता
खुला आकाश मुनी दब्न सक्छ ।
म भयभित छु ।
मेरो जिर्ण तन
यो असन्तुलनमा थिलथीलीएको छ ।
बचाउ तिम्रो भबीष्य
अनिश्चीत र स्तब्ध छ ।
म अभ्यस्त भएको छु
यो आधुनीक मानीस सित
हे प्राणी,
अन्र्तघात गर्दै छ
तिम्रो आधुनीकता ।
तिम्रो चमत्कारी प्रयोग
अनी प्रयोगशाला
गौरबशाली ईतिहास लाई बिखण्डन गर्दै छ ।
तिम्रो आधुनिकताको गर्ब भित्र
बड्दै गरेका भँृणहरु
मुसलको आकारमा देखीँदैछन् ।
अन्बेशन बिशालता तीर
धकेलीएको छ ।
तिम्रो दर्शनले पुर्णता पायो होला
तर,
मेरो उद्घोष
मेरो दावा
संबेदनशीलता को चोटीमा पुग्दै छ ।
बिशुद्ध अकृत्रीमताले
तिम्रो चेतना धमीलीएको छ ।
कृत्यहरु परिर्बतन गर
तिमीले अब जोगीनु छ ।
भो निभाउ तक्काल
तिमीले बालेका आगोहरु
म ततीसकेँ ।
रित्तीदै गरेको मेरो भकारी
तिम्रो प्रयोग बाट निचोरीयको छ ।
तर,
चहान्छु म
अबशेषको लागी बिराम !
………डिसेम्बर २३ २००९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)