~अनु~
म आफु दख्खिन बगेकै बेला,
कर्णाली,
तिमी पनि दख्खीन बगेको सुन्दा,
बिलखमन्द भएको छु,
तिमीले मलाई भनेका थियौ,
पसिना चुहाये, यहाँ धान फल्छ,
पाखुरा बजारे, यहाँ सुन फल्छ,
तर के भयो आज यस्तो?
तिम्रो त रहर थियो,
आफ्नै भुमी भिजाउने,
यही देश को सेरोफेरो,
यसैमा नै रमाउने,
जती गये दख्खिन तिर,
तिनलाई पनि फर्काउने!
यहाँ बसी सुन्दै छु म,
पुरुष शुन्य भयो घर,
शव पनि चेली बोक्छन,
बारी पनि चेली जोत्छन,
के हुन पुग्यो यस्तो,
हजार प्रश्न छाती घोच्छन!!
सम्झि-सम्झी तिम्रा कुरा,
मुटु मेरो पोल्ने गर्छ,
निभ्नु भन्दा पहिले दियो,
जस्तो गरी चर्को बल्छ,
बस्नु छैन यहाँ मलाई,
एकै पल, एकै छिन,
बिन्ती छ,ए कर्णाली,
अघी – अघी तिमी हिन!!!
November 11, 2008
(स्रोत : माइ संसार डट कम)