~अभय श्रेष्ठ~
जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु।
(पुनश्चः तपाईँले यदि नोवेल पुरस्कार विजेता विलियम गोल्डिङ्सको उपन्यास ‘लर्ड अफ द फ्लाइज’ पढ्नुभएको छ भने त्यसको बालपात्र राल्फको नियति अवश्य सम्झनुभएको हुनुपर्छ जो सत्य र असलको पक्षमा काम गर्छ, तर त्यसकै कारण एक दिन साथीहरू उसलाई मार्न चाहन्छन्। त्यो उपन्यासको साइनो यो कथासँग यसकारण छ कि यसमा बिरालाका टुहुरो बच्चालाई दूध चुसाउने एउटी कुकुर्नी छे जसको हत्या हुने खतरा प्रत्यक्ष छ। म कसैगरी यसलाई बचाउन चाहन्छु तर, चारैतिर हतियारधारी सिकारीहरू छन्।)
पूर्वपीठिका
त्यतिखेर आमालाई कुनै गम्भीर रोगले समातेको थियो। बारम्बार उहाँको मुखबाट पीडाको स्वर निस्कन्थ्यो। कति दुःखलाग्दो वातावरण थियो त्यो ! हाम्रो घर सानो थियो। साँघुरो भुइँतला र चोटामात्र हाम्रो भागमा थिए। छिँडीमा बाख्राको खोर थियो र त्यसकै बगलमा आमाको ओछ्यान। दिनभरि पिँढी र रातभरि साँघुरो मझेरीमा मुस्किलले ठडिएर बस्नुहुन्थ्यो। भदौरे झरीजस्तै उहाँका आँखा बर्सिरहेका हुन्थे। बाको सान्त्वना, छोराछोरीको माया, केही ओखती अनि अविराम खोकी र वेदना उहाँका साथी थिए। कति कमजोर हुनुभएको थियो भने बाख्राका पाठा शरीरमा चढेर जिस्किन आउँदासमेत उहाँलाई असाध्यै गाह्रो हुन्थ्यो। हामी भने पाठासँग त्यसरी खेल्न कति रमाउँथ्यौ ! चिसो छ्वाली बालेर भात पकाउँदा कुइरीमण्डल धुवाँ हुन्थ्यो। अनि आगोमा पेट्रोल खन्याएजस्तै आमाको खोकी झन्झन् चर्किन्थ्यो। कुनै विकल्प पनि त थिएन ! त्यसमाथि साँघुरो एउटा ढोकाबाहेक घरमा कुनै झयाल थिएन। साना केही खट्प्वाललाई नै झयाल मान्न हामी बाध्य थियौँ।
चोटामा काठको एउटा सन्दुक, केही घ्याम्पा र केही धोक्राहरू असरल्ल थिए। घ्याम्पा र कसीमा चकले हाम्रा अनेक पाल्सी बालसाहित्य कोरिएका हुन्थे। सजिएर बसेका केही थिए भने ती हाम्रा असीम गरिबी र अमूक वेदनामात्र थिए।
म सपनामा अक्सर डरलाग्दा कुराहरू देख्थेँ र उठेर रुन्थेँ। सपनामा बाँस वा रुख काटेको देखिए त्यसलाई अपसकुन मानिन्थ्यो। मेरा सपनामा बारम्बार तिनै कुरा आउँथे। उठेर ओछ्यानको फेदीतिर जान्थेँ जहाँ ठूलो खटप्वाल थियो। त्यहाँबाट बाहिर चिहाउँदा र्ससराइरहेका मकैका पातलाई कसोकसो म हरियो बाँसमा लास बाँधेको देख्थेँ। त्यो मलाई आमाको मृत्युको पर्ूवाभासजस्तो लाग्थ्यो र रातभरि रोइरहन्थेँँ। यस्तो सपना र आभासले मलाई हप्तौँसम्म सताइरहन्थे। आजित भएर जब कसैलाई सपनाबारे बताउँथे र उसले सान्त्वना दिन्थ्यो, तबमात्र केही राहत हुन्थ्यो। एउटा कुरा, सपनाबारे बताउँदा त्यसका डरलाग्दा र अपसकुन लाग्ने अंश हटाइदिन्थेँ। म कुनै पनि सम्भावित अपसकुन सुन्न चाहन्नथेँ। पछि फेरि तिनै अंश सम्झेर हैरान हुन्थेँ।
आमाको अनुहार निकै पहेँलो, मायालाग्दो र दुब्लो हुँदै गएको थियो। बा दिनभरि काममा जानुहुन्थ्यो र रातभरि आमाको छेउमा बस्नुहुन्थ्यो। म कति सानो थिएँ भने यी सबै कुराप्रति अनभिज्ञ थिएँ र बेला-बेलामा आमालाई पिरिरहन्थेँँ। यस्तैमा एकपल्ट आमा हिक्का छाडेर रुन थाल्नुभयो। आमालाई के भएको थियो – उहाँ रोएको देखेर म निकै दुःखी भएको थिएँ। कताकता अपराधबोधले भित्रैदेखि चिमोटिरहेको थियो। साँच्चै, मेरी प्यारी आमालाई म कसरी रुवाउन सक्थेँ –
त्यसपछि आमालाई मैले कहिल्यै दुःख दिइन। म एकाएक कसरी यस्तो ज्ञानी भएँ, बा अचम्भित हुनुभएको थियो। तर आमा भने मलाई देख्दा बारम्बार रुनुहुन्थ्यो।
खोई आमा ?
हाम्रो आँगनमा काङ्गयिो फूलको ठूलो एउटा रुख थियो। त्यसमुनिको भुइँ हरियो गोबरले पोतिएको थियो। बा र दिदीले आमालाई ल्याएर त्यहाँ सुताउनुभयो। छिमेकीका ठूला मानिसहरू ठूलो स्वरमा दगावाद गरिरहेका थिए। आमा एकोहोरो आकाशतिर हेरिरहनुभएको थियो। दिदी घोप्टो परेर बेस्सरी रुन थालिन्। वरिपरि गाउँलेहरू झुम्मिएका थिए र आमालाई छुन मानिरहेका थिएनन्। बा असाध्यै चुपचाप आमाअगाडि घोरिएर बसिरहनुभएको थियो। बाको अनुहार देख्दा मलाई भक्कानो छाडेर रोऊँजस्तो भएको थियो।
‘हामी जाऊँ। तिनीहरू आमालाई राम्रो अस्पताल लाँदै छन्। आमालाई चाँडै निको हुन्छ,’ कसैले मलाई भन्यो।
‘दिदी किन रोइरहेकी ?’
‘दिदी पनि आमासँगै जान्छु रे।’
भोलिपल्ट बिहान हाम्रो आँगन सुनसान थियो। अबिरले ठाउँ-ठाउँ राताम्मे थिए। बाले टाउको खौरनु भएको थियो र सेतो टोपी लगाउनुभएको थियो। आँगनको पश्चिमतिर बकैनाको रुख काटिएको थियो। त्यहाँ ठूटोमात्र बाँकी थियो।
‘आमा खोइ त – बकैनाको रुख किन काटेको – किन सेतो टोपी लाउनुभएको -’ बालाई मैले एकै सासमा सोधेँ।
बा निकै उदास हुनुभयो तर शान्त भएर भन्नुभयो, ‘डाक्टरहरूले आमालाई राम्रो अस्पतालमा राखेका छन्, निको हुनेबित्तिकै आमा फर्किहाल्नुहुन्छ।’
‘अनि बकैनाको रुख नि -’
‘बकैनाको एउटा मोटर बनाइयो र त्यसैमा राखेर आमालाई लगियो। कस्तो राम्रो रुख थियो, काट्नुपर्यो।’
‘म पनि कपाल खौरन्छु अनि तपाईँले जस्तै सेतो टोपी लगाउँछु’, बाको टाउकोतिर औँल्याउँदै मैले भने।
बा गम्भीर हुनुभयो। धेरै बेरसम्म केही नबोली मलाई हेरिरहनु भयो। लाग्थ्यो, उहाँका आँखाबाट आँसु र्झन तम्तयार थियो। निकै बेरपछि भन्नुभयो, ‘कान्छा, तँ सानै छस् – त्यसैले सानो मान्छेले त्यस्तो गर्नुहुँदैन।’
आमाबारे सबैको जवाफ त्यस्तै हुन्थ्यो। त्यसको असर कस्तो पर्यो भने रातो धोती र चोलो लगाएकी कुनै युवतीलाई देख्नेबित्तिकै मलाई तिनै मेरी आमा हुन् भन्ने भ्रम पथ्र्यो। टक्क अडिएर स्मित मुस्कानसाथ म तिनलाई सोध्थेँ- ‘आमा हो – तपाईँ आमा होइन -’
तिनीहरूमध्ये धेरैजसो टक्क अडिएर मलाई हेर्थे र अहिलेकी तृप्ती नाडकरजस्तै हाँस्दै मेरो गाला चिमोटेर बाईबाई गर्दै जान्थे। आमाको साइनो लगाएकामा खुसी हुँदै कोहीकोही मलाई नजिकैको पसलमा तिलौरा किनिदिन्थे। जब तिनीहरू जान्थे, असाध्यै नरमाइलो लागेर म रुन थाल्थेँ।
म त्यहाँ-त्यहाँ भौतारिन्थेँ जहाँ-जहाँ अक्सर आमा जाने गर्नुहुन्थ्यो। एक्लै बन, पाखा, पँधेरा, घट्ट, खोला, पारिको धारा पुग्थेँ र आमालाई नभेटेर रुँदै र्फकन्थेँ। त्यसपछि मलाई लाग्थ्यो, आमालाई त अस्पताल राखिएको छ, म अस्पताल जानुपर्छ। गाउँको सिरानमा भर्खरै स्वास्थ्यचौकी खुलेको थियो। मलाई लाग्थ्यो, अस्पताल भनेको त्यही हुनुपर्छ। म हुदुराउँदै त्यहाँ पुग्थेँ र सोध्थेँ, ‘आमा खोइ त -’ त्यहाँ काम गर्नेहरू परिचारिकालाई देखाइदिन्थे। म तिनको अगाडि ठिङ्ग उभिन्थेँ र सोध्थेँ, ‘आमा हो – तपाईँ आमा होइन -’ तिनीहरू कति हैरान हुन्थे भने मलाई भगाउन अनेक जुक्ति गर्थे। केही नगालेपछि र्सर्ुइको ठूलो सिरिञ्ज तेर्स्याउँथे जुन देख्दा म थरथर काप्थेँ र फुत्केर टाप कस्थेँ।
केही दिनमै म यी सब बिर्सन्थेँ र फेरि आमालाई खोज्दै त्यहाँ पुग्थेँ।
òòò
हामी एउटा खेल निकै खेल्थ्यौँ जसमा एकजना ‘डुम’ हुन्थ्यो र आँखा छोपेर उसले अरुलाई छुनुपथ्र्यो। म अक्सर ‘डुम’ बनाइन्थेँ। अरुहरू मलाई घचेट्थे, कुट्थे तर म कसैलाई छुन सक्दिनथेँ। सधैँजसो म रुने स्थितिमा हुन्थेँ। एउटा दुष्ट केटो थियो जो सधैँ मलाई ‘डुम’ हुँदा दुख्ने गरी झापु हान्थ्यो र भित्तामा ठोकिने गरी घचेट्थ्यो। एकपल्ट त्यसलाई मैले समाएँ। अब ‘डुम’ हुने पालो त्यसको थियो। त्यो मसँग निकै रिसाएको थियो। जब लामो समयसम्म कसैलाई छुन सकेन र म त्यसलाई जिस्काइरहेको थिएँ, त्यसले आँखाको पट्टी फाल्यो र मलाई चुनौती दिँदै भन्यो, ‘साले आमाटोकुवा, के फूर्ती गर्छस् – मर्दको छोरो होस् भने आइज न लडौँ।’ यसले के भनेको थियो – म अवाक् भएँ। आमाको नाम जोडेर गाली गरेकोमा मलाई सहिनसक्नु भएको थियो।
‘के भनिस् – एक चोटि फेरि भन् त !’ मैले भने।
‘आमाटोकुवा……आमाटोकुवा……आमाटोकुवा……आमाटोकुवा…… एक चोटि मात्रै – लाख चोटि भन्छु’, त्यसले भन्यो।
‘किन त्यसो भन्छस् -’
‘तँ जन्मेपछि तेरी आमालाई टीबी भयो। तैँले नै टोकेर तेरी आमा टेँ….. त्यसैले तँ आमाटोकुवा।’
‘होइन, डाक्टरहरूले आमालाई राम्रो अस्पतालमा राखेका छन्। आमा चाँडै नै निको भएर घर आउनुहुन्छ।’
‘इ˜˜स्, आमा टोक्ने तँ, पोलेर आउने तेरो बाउ, अनि तेरी आमा फर्केर आउने -’ त्यसले मलाई आँखा पाछ्ने गरी लोप्पा ख्वायो। मलाई सहिनसक्नु भयो। मैले त्यसको कठालो समाएँ। त्यसलाई निहुँ चाहिएको थियो। मलाई जथाभावी गाली गर्दै कपाल समाएर मेरो मुखमा बेस्सरी घुस्सा हान्यो। मेरो नाक फुट्यो र लुगा रगताम्मे भयो। म भुक्लुक्क लडेँ। त्यो मेरो छातीमाथि घुँडा धसेर बस्यो र मेरो मुखमा एकोहोरो घुस्सा हानिरह्यो। मान्छे कतिसम्म क्रुर हुनसक्दोरहेछ, त्यो मैले जिन्दगीमा पहिलो चोटि महसुस गरेँ।
पृथ्वी फनफन्ती घुमिरहेको थियो। चारैतिर तोरीबारी पहेँलपुर थिए र मानिसहरू दौडादौड, बाझाबाझ गर्दै हल्ला गरिरहेका थिए।…………..आमालाई निको भइसकेको थियो र काखमा राखेर मलाई दूध चुसाइरहनु भएको थियो…………………………।……………………..।……….।…………….।
मलाई के भएको थियो – झल्याँस्स बिउँझिएझैँ भएँ। दिदी रुँदै रुँदै, चिच्याउँदै कसैसँग बाझिरहेकी थिइन्। को थियो त्यो – आह, यो त्यही दुष्ट थियो जसले मेरी आमाबारे अपसकुन बोलेको थियो र उल्टै मेरो नाकमा बेस्सरी घुस्सा हानेको थियो। मलाई असाध्यै रिस उठ्यो। त्यसले दिदीलाई पनि हात हाल्यो र औँला ठड्याएर चेतावनी दिँदै, फोहोर गाली गर्दै टाप कस्यो। रोकिन लागेको मेरो हिक्का दिदीलाई देखेपछि झन् चर्कियो।
आह, अब बाँच्दिन कि कसो हो, मेरो नाक कस्तरी दुखिरहेको थियो ! त्यहाँबाट अझै रगत बगिरहेको थियो। आकाशै खस्लाजस्तो भएको थियो। दिदीले मेरो मुख आकाशतिर फर्काएर राखिन्, सायद रगत रोक्न। रोक्न कति खोज्दा पनि मेरो घाँटीबाट रोकिनसक्नुको हिक्का छुटिरहेको थियो।
‘दिदी, आमा साँच्चिकै मर्नुभएको हो – के आमा म जन्मेकैले मर्नुभएको -’ निकै बेरपछि हिक्का रोक्न खोज्दै मैले सोधेँ।
अब दिदीको पालो थियो, मलाई अँगालो हालेर भक्कानो छाड्दै रुन थालिन्। त्यस दिन गाउँलेहरूलाई हामीले ठूलै रमिता देखायौँ।
òòò
आमाबारे यसरी एउटा रहस्य खुल्यो। अब सकियो। केही छैन। आज सत्ताइस वर्षछि पनि त्यही विगत चलचित्रको रिलजस्तै आँखावरिपरि फनफनी घुमिरहेको छ।
हाम्रो आँगनको पूर्वपट्टि एउटा नारानपातीको रुख थियो। त्यसमुनि ओरालो-ओरालो कुलेसोमा बञ्चराका धारजस्ता धारिला केही ढुंगा थिए। नारानपातीको बोटमा हामी सैसाला खेल्थ्यौँ। यो त्यस्तो खेल हुन्थ्यो जसमा लत्रने रुखको टुप्पामा बसेर बेस्सरी तलमाथि गर्दै सैसाला बन्दुकमाला भनिन्थ्यो। त्यसक्रममा एकपल्ट म नराम्ररी लडेँ। बञ्चराको धारजस्ता धारिला ढुंगामा मेरो टाउको बजारियो। त्यसको खत मेरो टाउकाको दायाँपट्टि अझै पनि छ। म बाँच्छु भन्ने आशा कमैले मात्र गरेका थिए। रुँदै-चिच्याउँदै पूरा चार घण्टा हिँडेर आमाले अस्पताल पुर्याउनुभएछ। सात दिनसम्म म बेहोस थिएँ रे। होस खुलेपछि डाक्टरले अब कुनै खतरा छैन भन्दा खुशीले रुँदारुँदा आमा मुर्छा पर्नुभएको थियो रे।
अस्पतालबाट घर फर्कँदा आमाले मलाई यस्तो उपहार दिनुभयो जुन मेरो जीवनकै दर्शन बन्यो। त्यो फ्रेममा सजाइएको चित्र थियो जसमा एउटी कुकुर्नी बिरालाको बच्चोलाई दूध चुसाइरहेकी थिई। चित्रको भाव अहँ म केही बुझदिनथेँ। आमा यति भन्नुहुन्थ्यो, छोरा, तिमीले पनि सबैलाई यसैगरी माया गर्नू।
आमा सबै केटाकेटीलाई असाध्यै माया गर्नुहुन्थ्यो। खाने बेलामा कोही आइपुगे आफू नखाई अरुलाई खुवाउनुहुन्थ्यो। छिमेकमा कोही बिरामी पर्दा वा कसैलाई केही आपत् पर्दा बाका आँखा छलीछली सहयोग गर्नुहुन्थ्यो। सहयोग गर्न पाउँदा उहाँका आँखामा असीम सन्तुष्टिका किरणहरू देखापर्थे।
हाम्रो समाजमा ‘उँचो’ जातिका मानिसहरू थिए, मेरी आमा हिरादेवी र्घर्तीको जात उँचो थिएन। बा-आमा दुवै शिक्षित हुनुहुन्थ्यो र जातीय विभेद हटाउन चाहनुहुन्थ्यो। बाले प्रेम गरेर आमालाई बिहे गर्नुभएको थियो र उहाँहरूको प्रेमको चिनोस्वरूप हामी जन्मेका थियौँ। आमाको के दोष थियो ? आमाकै कारण सामाजिक रितिथितिमा हामी बहिष्कृत थियौँ। समाजले त्यसको चरम रूप आमाको मृत्युमा देखायो। सबैलाई माया गर्नुपर्छ भनेर प्रेरणा दिने र सबैलाई सहयोग गर्ने मेरी आमाको मृत्युमा गाउँलेहरू तमासे बनेका थिए। बाका तेह्रदिने दाजुभाइले समेत लास छुन अस्वीकार गरेका थिए। आमाको लासमाथि छिःछि दुरदुर गर्नेमा तिनीहरू पनि थिए जो आमाका ऋणी थिए र त्यसबारे बालाई कुनै सूचना नदिई आमा बित्नुभएको थियो। कतैबाट सहयोग नपाएपछि बा र दिदीले निष्पट्ट राति एउटा डोकामा आमाको लास र अर्कोमा बकैनाको चिसो दाउरा पालैपालो बोकेर झण्डै एक कोस टाढाको चिहान पुर्याउनुभएको थियो। हाम्रो समाजमा छोरीले बाबु-आमाको लास जलाएको हेर्नुहुन्न भन्छन्। १३ वर्षको उमेरमा दिदीले त्यतिसम्म गर्नुपरेको थियो। परिस्थितिले दिदी कति साहसी भएकी थिइन् भने लास जलाउन दाउरा नपुग्दा बा घर आउनुपरेको थियो र बा नफर्कुन्जेल जलिरहेको आमाको लासअगाडि चिहानमा एक्लै उभिइरहेकी थिइन्।
आमाको मृत्युको दुखद दृश्य सम्झँदा अहिले पनि करुणा र आक्रोसले मुटुमा गाँठो पर्छ र आँसुको समुद्र बग्न थाल्छ। म यो समाजसँग कसरी बदला लिऊँ – आमाको सन्देश छ- म सबैलाई माया गरूँ। म कसरी आमालाई धोका दिनसक्छु ? समाजले आमालाई चिन्न सकेन त के गर्न सकिन्छ !
बधशालाको संघारमा
आज, सत्ताइस वर्षछि आमाको सपना साकार भएको देख्दैछु। मैले सम्झेसम्म यो संसारकै सबैभन्दा सुन्दर दृश्य हो। के भने, हाम्रो बिरालाका टुहुरो बच्चालाई एउटी कुकुर्नी दूध चुसाइरहेकी थिई जसलाई अक्सर म सपनामा देख्ने गर्थेँ। बिरालाकी माउलाई केही दिनअघि मात्र चितुवाले खाइदिएको थियो। साँच्ची भन्छु, कुकुर्नी भनेर हुन्छ र, त्यसमा मैले मेरै ममतामयी आमाको दीप्तिमय अनुहार देखेँ ! आमाले असाध्यै माया गरेर मलाई उपहार दिनुभएको चित्र साकार भएको देख्दा मेरा आँखा त्यसैत्यसै भरिएर आए।
आमालाई निको होस् भनेर मैले कति देवी-देवता भाकेँ। व्यर्थ। उल्टै, मृत्युपछि पनि आमाको त्यो दुर्गति देख्नुपर्यो। टुहुरो बिरालाप्रति कुकुर्नीको यो असीम ममता देखेपछि मानौ मलाई बोधिसत्व प्राप्त भएको छ। प्रेमजति ठूलो सत्य र सत्यजति ठूलोर् इश्वर संसारमा अरु केही छैन। आमाको सन्देशमा कति ठूलो सत्य थियो ! ए पर्ख, मेरा पुर्खाले थपना गरेको सारा देवी-देवताका मूर्ति अब फाल्छु र यही ममतामयी कुकुर्नीको सन्देश संसारभरि फिँजाउँछु।
तर मलाई डर छ, एउटा अत्यन्तै अप्रिय डर कि यो कुकुर्नीलाई कसैले नमारिदेओस्। सम्झन्छु, अहिंसावादी आन्दोलन गरेर संसारकै सबैभन्दा ठूलो साम्राज्यबाट देशलाई स्वतन्त्रता दिएका गान्धी आफ्नै समुदायबाट कति क्रुरतापूर्वक मारिए ! प्रष्ट छ- संसारमै असल अर्थात् सत्य खतरामा छ। म त्यो प्रसंगबारे बताउन चाहन्छु जसले आमाको निधनपछि बारम्बार मलाई सताइरहेको छ।
अक्सर म आफूलाई एक्लो पाउँछु र आमालाई सम्झेर पागलजस्तै रुँदै खेतैखेत, जंगलैजंगल, बगरैबगर, खोलैखोला दौडिरहेको हुन्छु। केटाकेटीहरू ढुंगा हान्दै मलाई लखेटिरहेका हुन्छन्। खप्परमा एउटा ढुंगा जोडले बज्रिन्छ र भुक्लुक्क लड्छु। निधारबाट नाक, मुख र गाला हुँदै रगतका धारा बग्न थाल्छन्। म आफूलाई नितान्त असहाय पाउँछु र सासै छुट्लाझैँ रुँदै, हिक्का छाड्दै जोडले बगिरहेको खोलातिर दौडन्छु। किनाराको धमिलो पानीमा रगत पखाल्छु अनि धमिलो प्रवाह एकनास हेरिरहन्छु। मलाई फेरि आमाको सम्झना हुन्छ र बेसरी चिच्याउँदै रुनथाल्छु। मेरो आवाजले सारा पाखा-पखेरा प्रतिध्वनित हुन्छन्। खोलापारि पखेरामा नुहाइरहेका भर्खरका युवतीहरू सायद म खोलामा फाल हाल्न लागेँ भन्ठान्छन्। शरीरमा चपक्क टाँसिएको चिसो पेटीकोट नफेरी दौडँदै खोलापारि रुखनिर आइपुग्छन् र मलाई फाल नहाल भन्दै हातले इशारा गर्छन्।
एउटा बिराला र कुकुर्नी दौडँदै-खेल्दै मकहाँ आउँछन् र मायाले मेरो हात चाट्न थाल्छन्। मलाई एकाएक जीवनको मोह लागेर आउँछ। मलाई पखेरामा नुहाइरहेकी युवतीमध्ये एउटीसँग बिहे गर्ने रहर जाग्छ जो अघिमात्र मलाई खोलामा फाल नहाल भनेर बिन्ती गरिरहेकी थिई। पक्कै त्यसले मलाई खरायोको बच्चालाई जस्तै माया गरेर राख्छे होला। मेरो सुन्दर कल्पना एकाएक टुट्छ। बन्दुक, भाला, छड र हातमा ढुंगा लिएर आएको उद्दण्ड भीड मेरो सामु उभिन्छ। भीडमा ती मानिस पनि हुन्छन् जसले आन्दोलनमा लागेको आरोपमा बागबजारको गल्लीमा ममाथि निर्घात् कुटपिट गरेका थिए र त्यो कुनै समाचार बन्नसकेको थिएन। म भयभीत हुन्छु। भीड एक्कासि कुकुर्नीमाथि आक्रमण गर्छ। क्षणभरमै रगतपच्छे भएर कुकुर्नी भुइँमा ढल्छे। त्यसका गालाका हड्डी भाँच्चिएर बाहिर निस्कन्छन्। अहो, त्यो कस्तो मुटु नै छियाछिया पार्ने दृश्य ! प्राण छाड्ने बेला त्यसले मेरी आमाले जस्तै कस्तो मायालाग्दोगरी मलाई हेरेकी ! यो के हो – अब त्यहाँ कुकुर्नी छैन, मेरै आमा रगताम्मे भएर पछारिनुभएको छ। छिनमै दृश्य फेरिन्छ। अब आमाको ठाउँमा म आफैँ घाइते भएर पछारिएको छु र आफू मरिरहेको दृश्य आफैँ हेरिरहेछु। माधव घिमिरेको शब्दमा नारायण गोपाल गाइरहेको आभास हुन्छ- आज र राति के देखेँ सपना, मै मरी गएको।
मलाई थाहा छ- तन्द्रा त यी सबै क्रुर विपनाजस्तै सताइरहने तन्द्रा नै हुन्। तर म सोध्न चाहन्छु- मृत्युपछि पनि म किन आमालाई बधशालाको संघारमा उभिएको बारम्बार देखिरहन्छु ?
December 15th, 2007
(स्रोत : माइ संसार डट कम)