गजल : हामीलाई फुटाउँदैछन्

~राहुल पुन~

हेर हेर हामीलाई फुटाउँदैछन्
फाइदाफेरि उनैले उठाउँदैछन्

वर्षौंदेखि सँगै मिली बसेका
भौगोलिक रुपमा छुट्टाउँदैछन्

सबैलाई राज्य बाँड्दै हिंडेपछि
व्यवहार र भावनामै टुटाउँदैछन्

खोजेको अधिकार राज्य होइन
अनावश्यक इतिहास ब्यूताउँदैछन्

विभाजन र विखन्डन चाहिंदैन
देशभक्तहरु आफ्नो शक्ति जुटाउँदैछन् ।

– गुल्मी

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३० – June 06, 2012 – २०६९ जेष्ठ २४ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.