~पवन बराल ‘अनुरागी’~
एक्कासी भावुक भएर मनोरन्जनात्मक कार्यक्रम ,त्यो हो हल्ला ,राष्ट्रिय नाचघरको रङ्गमय वातावरण छाडेर निस्किएँ कोटेश्वरको लागि । काठमाडौँ भन्दा पनि धुलोमाण्डु भन्न सुहाउने सहरको रात्री कालीन समय ,ओहोर दोहोर गर्ने मान्छेहरुको बढ्दो चाप , जताततै बालिएका मधुरा बत्तिहरुको बिचमा एउटा अपवाद म ।“टिरिङ्ग टिरिङ्ग” मोवाइलको घन्टी बज्यो उठाएँ होहल्लाले गर्दा त्यति राम्रो सुनिएको थिएन त्यहि पनि मुख छोपेरै कुरा गरँे । कुरा गर्दे जाँदा बच्चाबेला देखिको मिल्ने साथी केशवले सम्झेको रहेछ । अमेरिकाबाट नेपाल आएको भएर ,आजको साझँ रमाइलो गर्नलाई । आज अलि व्यस्त छु , अर्को दिन पक्का भनेर जसोतसो साथीको आशालाई निराशामा बदलेर मन , दुखाएरै भएपनि उसको कुरा टारेँ । र लागे कपुधारा दाजुको कोठा तर्फ । यी दाई मलाई सल्लाहसुझाव दिने मेरा सल्लाहाकार जस्तै थिए । सानै देखिको चिनजान ,आत्मिएता र एक अर्कोप्रतिको खुलस्तताले होला अलि बढिनै नजिक थियौँ हामी । मलाई जानु थियो कोटेश्वर आफ्नो सानो कैदिकोझँै डेरामा । रात झमक्क भएकाले दाजु गाडी पाउँदैन अहिले न जाउ भोलि जानु भन्दै हुनुहुन्थ्यो तर आफ्नो ढिपी नछाड्ने म लागेँ बिदा मागेर आफ्नो गन्तव्यतर्फ । मान्छेको चाप ,गाडीको हर्न प्याँय प्याँय चराहरुको रात्रीकालिन चिची र मिमीजस्ता आवाजले थकित भैसकेको थिएँ । त्यो ठमेलको बस बिसौनीमा समय बिताएको करिब आधा घन्टा भैसकेको थियो , जाने गाडीको कुनै अत्तोपत्तो थिएन । दाजुले भनेको मानेको भए भनेर एक मनले सोच्दै थिएँ । काठमाडौँको व्यस्त बजार भनुँ या स्थान मध्यको एक ठमेल बजार नजिक गाडी कुर्दे अनौठा मान्छे , अनौठा शव्द , बोलीचाली , भेषभूषा देखेर म झन् थकित थिएँ । करिब आधी घन्टाको पर्खाईपछि एउटा माइक्रोबस बल्ल आइपुग्यो । तिर्खाएको प्यासीले पानी पाएजस्तै लाग्यो । नाकाबन्दीको समय भएर होला समयमै त गाडी नपाउने झन् यो त झमक्क रातपरेको समय । यसो हेरेको महिला सिट खाली रहेछ । रातीको समय भनेर चढीहालेँ । रत्नपार्कको लागि । अली अगाडि मैले चिया नास्ता खाने , साथीभाईहरुसगँ भेट्ने स्थल ,होटल शालिगा्रम थियो । म एक छिन त्यो ठाउँलाई देखेर पुराना कुराहरु सम्झेर भाबुक भएको थिएँ ।
म बसेको छेउमा एउटा केटी बसेकि थिई । हेर्दा त्यहि २० २५ बर्षीक हुँदी हो । जीउडाल चट्ट मिलेको साह्रै राम्री थिई । जीउभरि मगमगाउने अत्तर छरेर हिँडेकी भएर होला खुव सुगन्ध आइरहेको थियो उसको शरिरबाट । उसको अनुहारमा कालो कपडाजस्तोले आँखाभन्दा तलको भाग छोपेर राखेकि थिई । कुनै गहिरो सोचमा मग्न छ जस्तै देखिन्थी । अचानक उसको फोनको घन्टी बज्यो मैले उसको फोनको घन्टी बजेको इसारा गरे र उ झस्केर फोन उठाई । यसो हेरेको अनुहार रातो पिरो झैँ देखिन्थो । उ कसैलाई अलि डराएको स्वरमा भन्दै थिई……. ¾गल्ती भयो सर माफ पाउँ । म एक मिनेटमा आईहालेँ । तपाई नरिसाउनु न पिलिज है ?”…….. भनेर फोन राख्न नपाउँदै खलासि भाईलाई गाडि रोक्न लगाएर ओर्लिइ शालिग्राम होटल नजिकै । सबै झर्दे गर्दा रत्नपार्क सम्म आइपुग्दा म खलासि भाई र ड्राइभर मात्रै थियौँ । अचानक फोनको घन्टी बज्यो यसो हेरेको मेरो नभई अघिको केटिको थियो । उसले बिर्सेर गइछ क्यार हतारमा । मैले फोन सुटुक्क टिपेँ र भाडा दिएर ओर्लिए । मलार्ई कोटेश्वरको गाडि समात्नु थियो । सोचे उसैले फोन गरेकि पो होकि ? भनेर फोन फर्काएँ । उतावाट एउटा केटाको आवाज आयो । अलि हेपेर बोलिरहेको थियो ऊ । अपज र अश्लिल शव्दहरुको भन्डारका साथ तलाई ………………डी हिजो आउन सक्दिन भनेर पैशा नलिएको भए हुन्नथ्यो जा मर मेरो …………………ने भन्दै उ जङ्गियो । म मौन भएर सोचिरहेँ र रिसको झोकमा फोन काटिदिएँ । कुरा छर्लङ्ग भयो , केटी बेश्याबृतिमा सङ्गलन्न रहिछ ।
नराम्रो मान्दै घर फर्किनलाई गाडी कुर्दै थिएँ । मनमा अनेकौ प्रश्नहरु छर्लाङ्ग खेल्दै थिए । के बेश्याबृत्ति काम हैन ? के यस्ता महिला पुरुषको कुनै इज्जत हुँदैन ? के उनिहरुले यस्तो काम गर्नु अपराध हो ? के यस्तो काम गर्नुको कुनै अस्तित्व छैन? के उनीहरुले इज्जत पाउन हुदैँन ? होलान केहि व्यक्त्तिहरु रहरले यो पेशामा सङ्गलन्न तर धेरै जसो वाध्यताले लागेको कुरा छर्लङ्ग छ त्यै पनि किन यस्तो? । त्यो मेरो लागि विलकुलै अपरिचित व्यतिmले गरेको गालि सुन्दा उसले पशुको व्यवहार सहिरहेको भान भयो । यस्तो हुँदा पनि किन त्यो केटिले सहेर बसेकी ? अर्को काम खोजेपनि हुने नि ?
यस्तै यस्तै कुराले मन भारी भैसकेको थियो ।
अचानक एउटा स्कुटर अगाडि आएर टक्क रोकियो र उसको चालकको मुख बाट आवाज आयो “ओइ के गरिरा अहिले यति राति सम्म यहाँ ? यसो हेरेको मेरो कलेजको मिल्ने साथि आर्या थिई । हेर न यार गाडि पाएन कोठा जानलाई गाडि आउँछ कि भनेर कुर्दै बसेको । ए ए ल केहि भएन म ठिक समयमा आएछु , ल हिड् मलाई घर छाडेर स्कुटर लिएर जालास भनि र हामी लाग्यौँ बुद्धनगर आर्याको घर तिर । बाटोे छोटो र जाम नभएकाले त्यति धेरै कुरा गर्न भ्याएनौँ । तर हल्का गफ गाफ गर्न भ्याएका थियौँ । करिव २ बर्ष पछि भेटेका हामी भोलि भेटेर विस्तृतमा बस्ने भन्दै विदा मागे र स्कुटर लिएर लागे कोटेश्वर तर्फ । कोठा पुगँे , खाना बनाउन मन थिएन । दिउँसोको खाजा टन्न लिएकाले यसै थकाई महशुस भएकाले पनि पल्टिए विस्तारामा र सोच्न थालेँ अनेकथरि कुराहरु । दिनभरिका क्रियाकलाप , भेटघाटका मान्छे , अगिको त्यो केटि , केटाको फोन उठाउँदाको अपज शव्द ,आर्याको मित्रता र दिन भरिका अरु कथित र कपोकल्पित कुराहरु दिमागमा खेलाउँदै थिएँ कतिवेला निदाएँ पत्तोनै पाइन ।
बिहान सबेरै उठेर हात मुख धोएर खाजा बनाएर खाएँ र एक छिन योगा गरे । दिनचार्याको कार्यतालिका बनाएँ र हिजोकै अनुसार आर्यालाई भेट्न माइतिघर क्याफे तिर लागे । मर्निङ्ग वाक गर्दे आर्या नि आइ पुगिसकेकि थिई । विहानको ब्रेकफास्ट गरेर हामी एक छिन बितेका दुई वर्षको कुरा गर्न थाल्यौँ । समय निकै अगाडि गैसकेछ । यो दुई बर्षको अन्तरालमा घटेका राम्रा नराम्रा घटनाहरुल साटा साट गर्यौँ । आर्याले आफ्नो बे्रकअप भएको र त्यसको प्रत्यक्ष असरले आफूलाई गाह्रो भएको कुरा अलि नराम्रो लाग्ने गरेर भनि , म गम खाएर बसे एकछिन । सबै कुरा बृतान्त गर्न भने र पछि थाहा पाएँ कलेजकै साथि विजयले उसलाई अमेरिकाको भिसा लागेपछि बास्ता गर्न छाडेको रहिछ । मेरो कुरा गहन साथ लिने भएकाले आर्यालाई सम्झाई बुझाई गरेर उसको अफिस जमल सम्म पुर्याएर म लागे पररास्ट्र मन्त्रालय सम्म । आर्यालाई मैले झुटो आश्वासन दिएको थिएँ , विजयलाई मनाउँछु भनेर ।मलाई एक महिना जापानको टोकियोमा पत्रकारिताको तालिममा सहभागि हुनुपर्ने भएकाले म भिसाको लागि नेपाल सरकारको परराष्ट्र विभाग गएको थिएँ । दिउँसो अचानक हिजोको केटिको फोनको घन्टी बज्यो । मैले त भुसुक्कै बिर्सेछु उसलाई मोवाइल दिनु छ भनेर ।
फोन उठाएँ , उसले मलिन आवाजमा “को बोल्नुभएको? भनेर प्रश्न गरि , मैले आफ्नो परिचय दिएँ । मेरो मोवाइल फोन छुटेछ भनेर भनेपछि मैले म अलि काममा व्यस्त भएको र साँझ चार बजे तिर वानेश्वरमा भेट्न बोलाएँ । आफ्नो काम सकेर म उसलाई भेट्न बानेश्वर पुगँे । मैले भने बमोजिम त्यो केटि बानेश्वरको थकालि भान्छामा गएर मेरो प्रतिक्षा गर्दे थिई । यसो त्यहाँ पुगेर उसको नम्वरमा फोन लगाएँ । उसले मलाई चिनिन तर मैले उसलाई सजिलै चिनँे । अव भयो फर्साद यहाँ । पहिलो नजरमै मेरो उ सँग माया बस्यो । गएँ ¾हेलो भने” उसले ¾हाई भनेर जवाफ फर्काई ।” रातिमा देखेर कल्पना गरेको भन्दा निकै राम्री थिई सामिरा । मैले उसको नाम घर परिवार उसको पढाई सबैको बारेमा सोधे । उसले सबै प्रश्नको जवाफ फर्काई तर कतिको उत्तर सहि भनि त्यो कि उसैलाई थाहा थियो कि भगवानलाई । नाम ःसामिरा ,घरःखोटाङ्ग,– बाबु, आमा, भाई ,बहिनी ,अनि सामिरा, आर्थिक स्थिति कमजोर भएको परिवार –उसकै भरोसामा पालिएको अनपढ बाबुआमाको घरधन्दा, कानुनमा स्नात्तक पढ्दै गरेकि उ आफ्नो रहरले भन्दा पनि बाध्यताले यो पेशामा लागेको कुरा सुनाउँदा सम्म म स्तव्ध भैसकेको थिएँ । म सँग कुनै प्रश्न मनमा बाँकि थिएन मैले सबै सबै कुरा सोधेँ र उसले सबै कुराको जवाफ पनि फर्काई ।केहि प्रश्नको भने अलि अनकनायर जवाफ दिएको कुरा पनि म सम्झिन्छु । सायद सोध्न नहुने प्रश्न सोधेँ कि भनेर अलि अप्ठ्यारो लाग्यो । यति सजिलै किन यसले जवाफ फर्कार्इृ भनेर गम खाएँ ? यसो अनुहारमा हेरेँ अलि रातो पिरो भएकि थिई । सायद म सँग डराएर पो हो कि ? मैले प्रश्न हामिलाई अपराधि सँग सोध्न सिकाएको तरिकामा सोधेको भएर हो कि ?यस्तै यस्तै प्रश्न मनमा उत्पन्न भैरहेको थियो । पेशाले इन्जिनियर थिएँ ,गुप्तचर निकायको सदस्य , अपराध अनुसन्धान विभागको कर्मचारी , र साहित्यकार को परिचय थियो मेरो । तर मैले उसलाई इन्जिनिएर र पत्रकार भएको जानकारी दिएँ ।
करिब आधा घन्टा बितिसकेको थियो हाम्रो भलाकुसारी सुरु भएको । उसलाई मैले नडराउ भन्दै सम्झाएँ, एक छिन उसको मनोभावना बुझेर मौका मिल्ना साथ उसलाई यो काम छाडेर अर्को काम भेटे गर्छो भनेर सोेधिहालेँ ? डरैडरमा उसले के कस्तो काम ?भनेर स्रिघ्र जवाफ फर्काई । मैलै मेरो एउटा गुप्तचरजस्तै सँस्था छ । त्यसमा काम गर्छो भनेर भने । कामको बिस्तृत जानकारी नदिई हल्का सरसरति जानकारी गराएँ । उसले सोचेर भन्छुनि है भनेर असपस्ट जवाफ फर्काई । मैले हुन्छ भने र जाँदा जाँदै तिमी कति राम्री मलाई त मन पर्यौ नि लौन के गर्ने भनेर जिस्काई हाँले मौका पाउना साथ किनकी सामिरा मेरो पहिलो मन परेको मान्छे थिई । उसले जवाफमा लजाउँदै ¾खुव होला भनेर भनि” र आफ्नो कोठा लोकनथलि तिर लागि । मेरो लागि त्यो एक घन्टाको समय मेरो यो खडेरि जीन्दगीको हरियाली क्षणजस्तै लागेको थियो । म मन मनै एकदमै खुसी थिएँ । मलाई कता कता केहि न केहि पाए जस्तो लागिरहेको थियो । म पनि गरिब घर परिवारमा हुर्केको भएर होला उसको कुराले मलाई साह्रै छोएको पनि थियो । असिना खेपेको मकै र दुख बुझेको छोरा कहिल्यै बिग्रिन्न भन्ने उखान मा छोरी पनि भन्न मिल्ने उदाहरण थिई समिरा ।
कता कता मलाई मेरो जीन्दगीले छिट्टै कोल्टे फेर्देछ भन्ने भान भइरहेको थियो । म उसको जवाफको पर्खाइमा थिएँ । स्वार्थिहरुको संसार बाट टाढा बस्नुपर्छ भन्ने मान्यता राख्ने म आज आफ्नो माया पाउन सबथोक बिर्सिएर स्वार्थि भएको थिएँ । यसलाई म स्वार्थ नै भन्न मिल्छ भन्नेमा चाहिँ आफैपनि सहमत थिएन ।
अर्को दिन आफ्नो कामकाज कै सिलसिलामा म सिंहदरवार पुगेको थिएँ । सर उपेन्द्रकान्त सँग जम्काभेट गर्ने मौका जुर्यो । मैले एउटा इमान्दार असल चरित्र भएकि र विश्वासनिय पात्र भेटेको जानकारी सरलाई गराएँ । सरले मलाई अलि पहिले नै तपाई जस्तै इमान्दार कर्तव्यनिष्ठ कोहि महिला सहकर्मि खोज्नुस् भनेर भन्नुभएकोले सरलाई यहि समयमा भनिहालेँ । सरले ठिक छ उसलाई काममा लगाइदिनुस म उसको नियुक्ति पत्र केहि दिनमै तपाईलाई पठाईदिउँला भनेर भने पछि मैले बिदा मागे र लागेँ आफ्नो काममा ।
अर्को दिन सामिराले फोन गरेर हुन्छ भन्ने जवाफ दिई ।मेरो खुसीको सिमा नै थिएन । उसले केहि दिन घर गएर बाबा मामु लाई भेटेर फर्किने भनेपछि मैले हुन्छ भने । करिब एक हप्ताको त्यो समयमा हामी बिच लगातार फोन सम्पर्क र फेसबुक भाइबर तिर कुराकानि भैनै रहन्थ्यो । मलाई त्यो एक हप्ता सामिरा बाट टाढा बस्नुपर्दा बषौँ बिताएझैँ लागिरहेको थियो । सामिराको मेरो जीवनमा प्रबेश र उसको महत्व बढ्दो देख्दा यस्तो लाग्थ्यो अव म सामिरा बिना एक्लो छु , अधुरो छु ,अपुरो छु ।सामिरा मेरो एक्लो संसार थिई । म सामिराको ख्याल गर्ने , उ माथि शंका गर्ने सानो सानो कुरामा झनक्क रिसाउने भएको थिएँ । उसले एक हप्ता पछि काठमाडौँ आइपुगेँ भनेर मलाई अफलाइन म्यासेज छोडेकि रहिछ । साझँ रिप्लाईमा मैले उसलाई केहि कुराहरु सिकाउनु पर्ने भएकाले महाराजगंज पुलिस तालिम प्रशिक्षण केन्द्रमा आउनु भनेर भने । केहि हप्तामा आदारभुत कुराहरु सिकाएर सामिरालाई बैधानिक रुपमा अपराध अनुसन्धान आयोगको कर्मचारी भएको खुसीको खवर दिएँ । उ एकदमै खुसी देखिन्थी । एक छिनको ब्रेक मागेर उ बाहिर निस्किएर कसैसँग अलि खुसी र आसँु दुबैमा कुरा गर्दे थिई । मैले अन्दाज लगाएँ पक्कै घरमा फोन गरेको हुनपर्छ ।
सामिराले आफ्नो पढाई र कार्यलाई एकदमै सरल र व्यवस्थित रुपमा मिलाएर एकदम राम्रो कुशल कर्मचारिको परिचय दिईरहेकि थिई । उ सबैको नजरको मोति बनिरहेकी थिई । उसलाई मन नपराउने कमै थिए । पढाइमा प्रखर , सुन्दर अनि शालिन र लगनशिलता उसका अरुलाई लोभ्याउने गुणहरु थिए । उ सँग मेरो करिव पन्ध्र दिन जति लगातार भेटघाट भएको थियो । यहि समयको बिचमा म उसको मन चोर्न सफल भएको थिएँ । एक प्रेमिल जोडी जस्तै फुर्सदमा कहिले कतै कहिले कतै जाने गथ्यौँ यो देखेर डाहा गर्नेहरुको पनि कमि थिएन । तेरो लागि ज्यान दिन्छु भन्ने साथिहरुपनि सामिरा र मेरो हिमचिम देखेर टाढीएका थिए । म मान्छे कति स्वार्थि हुन्छ भनेर पनि बुझिँरहेको थिएँ । साथै म मेरो साधँरो सोचाई भएको समाजलाई भोगिरहेको पनि थिएँ । उसको मेरो कुरा भैरहन्थ्यो । अरुलाई के थाहा मैले अर्याल सरले म माथि गरेको भरोसा तोडेर मन परेकि मेरो पहिलो प्रेम भन्दा पनि फरक नपर्ने सामिरालाई मैले नै त्यहाँ ल्याएर आएको भनेर । हामीलाई अलग अलग टिमा राखिएको थियो। म सिनियर टिममा थिएँ भने सामिरा जुनियर । म उसलाई आफ्नो टिममा ल्याउन हरबखत प्रयत्नमा थिएँ । सामिरा सबैको नजरमा राम्रो मिलनसार खुल्ला स्वभावको थिई त्यसैले बढी लोक प्रिय पनि । राम्री भएकाले पनि होला धेरैका आँखा सामिरा माथि थियो ।
मैले सामिरालाई बिहेको प्रस्ताव गर्ने निर्णय गरेको थिएँ तर जीन्दगीको यस्तो ठुलो निर्णय गर्दा एकपल्ट बाबाआमा लाई सोधिहाल्ने हो कि भन्ने विचार गरे र सोधेँ । बाबार आमा ले तिम्रो इच्छा जे छ त्यहि गर हामी राजि छौँ भनेर सहज बनाइदिए पछि भने म ढुक्क भएँ । सामिरालाई उचित समय र मौका खोजेर मैले यो कुरा भने । उ एकछिन झसङ्ग भई । खै के सोचि थाहा भएन तर केहि बेरको सोच पछि भने उसको ओठबाट मन्दमुस्कानका बाछिटाहरु फ्याक्दै सोचेर घरमा कुरागरेर भन्छु नि ल भनेपछि मैेले हुन्छ भनेर जवाफ दिएँ । मलाई पररास्ट्रको काम गर्न जानु थियो र सामिरालाई उसको आउन लागेको स्नातक तेस्रो बर्षको परिक्षा फारम भर्न । हामी आफ्नो आफ्नो कामतिर विभाजित भयौँ ।
साझँ म सामिराको फोन कलको प्रतिक्षामा थिएँ । एउटा नयाँ नम्बर बाट कल आयो । उठाएँ । पररास्ट्र विभागको कर्मचारीको रहेछ । मेरो भिसा आयो भनि खबर गर्नलाई सम्झेका रहिछन् उत्तम प्रसादले । मलाई एक हप्ता भित्र जानुपर्ने भएकाले म आफ्नो तयारीमा व्यस्त रहेँ । सामिराले मलाई अर्को दिन फोन गरेर एक पटक भेट्न भनि । मैले म व्यस्त भएको र भेट्न नसक्ने भनेर जवाफ दिएँ । प्रमुख कारण थियो म भ्यालि बाहिर काम बिशेषले झापा गएको थिएँ । उसको र मेरो निरन्तर हरेक दिन फोनमा कुरा भइरहन्थ्यो । मैले उसलाई फोनमा भन भनेर धेरै पटक कर गरेर भन्दा नाई के भेटेरै भन्छु भनेर जिद्धी गर्न कहिल्यै छाडिन । जाने दिन मलाई छाड्न त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलसम्म आएकि थिई तर केहि भन्ने मौका नै मिलेन । बिदाईको लागि टिमका साथिहरु पनि भएकाले । जापान पुगेँ । फोन गरे फोन स्चिअफ थ्यो । एक हप्ता बित्यो न सामिरा अनलाइन आई न त फोन नै स्विचअन भयो । म सात समुन्द्र पारि भएकाले केहि गर्न सक्दिन थिएँ । अरु साथिहरुलाई खबर गरे । सबैले म गए देखि न कलेज न अफिस काममा आएको भन्ने खवर पाएँ । म एकदम चिन्तित भएँ । सोचेँ सामिरालाई भेटेको भए हुने थ्यो सायद उ केहि भन्न खोजिरहेकी थिई । कतै मैले नभेटेर गल्ति त गरिन नानाथरि कुराहरु मेरो मानसपटलमा घुमिरह्यो । म त्यो प्रशिक्षण छाडेर आउन पनि नमिल्ने थियो । एक महिना पछि फर्किदा सम्म सामिरा हराई सकेकी थिई । लाख कोसिस गरे खोज्ने तर अहँ कतै बाट केहि खवर आएन । बर्षाँ बित्यो , सामिराको कुनै अत्तोपत्तो लागेन । म सामिरा कै बारेमा सोचेर हरेक दिन बिताउने गर्थेँ र गर्छु पनि । सामिरा कता गई होलि मेरो दिमागमा अचेल एउटै प्रश्न खेल्छ के सामिरा लाई म मर्नु अघि भेट्छु होला त ?
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )