लघुकथा : बिचरा ईश्वर!

~टिका भाई ~tika-bhai

(पात्र अनि घटना सबै काल्पनिक छन्। यदि कोही कसैसीत मिले त्यो संयोग मात्र हुनेछ।)

भक्त: तपाईं ईश्वर हो।

बुद्ध: होइन म ईश्वर हुँदै होइन।

अर्को भक्त: होइन तपाईं ईश्वर नै हो।

बुद्ध: होइन म गुरुसम्म हूँ, ईश्वर होइन।

तेस्रो भक्त:.. होइन तपाईंलाई सम्झिएँ भने मेरो सबै कुरो पूरा हुन्छ तपाईं ईश्वर नै हो।

बुद्ध: …होइन यो भ्रम मात्र, म आफै नै ईश्वरको अस्तित्व बारे अनिश्चित छु।

चौथो भक्त: तपाईंकै कारण मेरो दुःख दूर भयो। मेरो परिवार बाँच्यो प्रभु!… तपाईं जे भन्नुस् तपाइँ ईश्वर नै हो।

(बुद्धले कन्फ्यूज हुँदै सोचे, साँच्चै ईश्वर नै त होइन गाँठे म?? )

कालेबुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.