~अनिल नेम्बाङ~
बहिनी!
म अस्ती झैँ सिसा भएको भए
हजार टुक्रा हुन्थें आज।
या त पत्थर भएको भए
कता कता उच्छिटिन्थेँ शायद।
धन्न परार सालको तिहारमा
तिमीले उनेको मखमलीको माला
लगाम बनेछ गलामा
र मान्छे बनेछु
अनी कबिता बन्दैछु अहिले!
हिजै मात्र तिमीले
मेरो बुइँ चढेर खुसुक्क भनेथ्यौ,
“सधैं यसरी नै एउटा मान्छे बाँच्नु ल, मखमलीको कसम”
मैले त्यतिखेरै तिमीलाई नै अन्तर्यामी ठानेर सोधेथेँ,
“बहिनी भन्दा पवित्र शब्द छ कि तिमीलाई पुकार्न?”
छैन भनेथ्यौ तिमीले
अनी आज बहिनी नै भनेर पुकार्दा
मलाई रामायणको खलपात्र बनायौ।
म मान्छे होइन रावण नै सही
तर तिमी सधैं प्यारी सुर्पणखा (रावण कि बहिनी) ल!
हुन्छ बहिनी,
म सुर्पणखाको लागि
महारामायण रच्ने रावण नै सही।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)