~मोहनविक्रम सिंह~
आँखा खोल सुन अब
इन्क्लाबको आवाज यो
हिमचुली नाघी आयो
क्रान्तिको सन्देश हो
नयाँ आज हाम्रो साइत
महान् हाम्रो यात्रा छ
आँखा उठाऊ माथि हेर
हाँसिरहेछन् भाष्कर
मुर्दाहरूका घाटमा
आज नयाँ खलबल
भाग्न लागे गिद्ध स्याल
जाग्न लागे नरकङ्काल
गरिबहरूको आँशुमा
अमिरहरूको स्नान ¤
हुन सक्ला कहिलेसम्म ?
उठ्न लागे आँधी तुफान
बनिरहेछन् भव्य महल
रगत हाडका जगमा
डढ्न लागे अब ती
कोटीजनका क्रोधमा
दूर नभको पञ्क्षी आज
पङ्ख खोली उडी आयो
जङ्गमा फिज्यो क्रान्ति बीज
आशा गीत सुनायो
रूख भन्छ पात भन्छ
भन्छन् आकाश पत्थर
छाती खोल अघि बढ
फुकिदेऊ बिगुल
कोटी कोटी जनताको
युद्धको नर्या गर्जना
घन्किरहेछ आज सुन
पहाड मधेस फाँटमा
झिमीझिमी गर्ने जुनकिरी
गाइरहेछ यही गीत
“लड्दै जाओ नौजवान हो ¤
हार होइन तिम्रो जीत ।¤
हिमाल नाघी बढ्दैछ
विजयको सिंहनाद
आज हाम्रो एक आवाज
“इन्क्लाव जिन्दावाद”
– पाल्पा जेल, वैशाख १२, २०१३
(कवितासंग्रह युगनृत्यबाट)
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३० – June 06, 2012 – २०६९ जेष्ठ २४ गते, बुधबार)