कथा : नकोरीएको रेखाहरु

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

१.

“यो अत्याचार हो,  तिमीले म माथी गरेको अत्याचार” । उ भन्दै थियो उ भित्रको ज्वालामुखी बिस्फोट हुदै थियो । निकीताको शिर उसको छातीमा अझै टासिएको थियो । उनको आखाँहरु बाट अघी देखी नै अबिरल अश्रुधारा बगिरहेका थियो । निकीता पर कतै एकटकले हेर्दै थिई उसको आखाँहरु आशुले टप्प टालीएको जस्तो देखीन्थ्यो । उसले निकीतालाई कसेर आफ्नो छातीमा अघी देखी नै टाँसिरहेको थियो । उ एकै ठाउँमा गुटमुटीएकी थिई । उनको लगातार बगेको आँशुले उसको कमीज पुरै भिजीसकको थियो ।

–“होईन, यो अत्याचार हो । तिमीले मलाई कमजोर बनाई सकेको छौ” । उसले आफ्नो धर्य फेरी टुटायो उ बोल्दै थियो ।

निकीता केही बोलीरहेकी थिईन । उ मात्र आफु भित्रको चहाना नरोकीयोस भनेर कामना गर्दै थिई । यो आफैले बनाएको बन्धन हो जुन यो अबस्थामा नटुटोस् उ यही चाहाना गर्दै थिई । मात्र यो उसको चहाना होईन  कमलको पनी त यही चहाना थियो हुन सक्छ निकीताको भन्दा बडी । तर पनी उ भित्रको ज्वालामुखी बिस्फोट हुँदै थियो ।

–“यो धोखा हो, मेरो लागी वाहीयात” । उ उदाशिन देखीयो । निकीता अझै सानो बालकझै उसको छाती भित्र मुन्टो लुकाईरहेकी थिई ।

– “म कमजोर छु, म बाध्य छु मात्र तिम्रो खुसीको लागी” । उसले कुम हल्लाउँदै भन्यो ।

– “होईन, हाम्रो खुसीको लागी” । निकीताले धेरै बेर पछी मुख खोली । उनको बोलीमा नम्रता थियो, बिनम्र आग्रह थियो जसरी कमलको बोलीमा अघी थियो ।

– “हो हामी कमजोर छौ हाम्रो मायाको लागी । यो भाबना, यो चहाना कमजोर हुदैन” । उसले फेरी निकीतालाई आश्स्वत पार्न खोज्यो ।

कमलको मन भित्र उर्लीएको भेल उ त्यहाँ बर्साउन चहाँदैन । उसलाई थहा छ त्यो भेल ले उ मात्र बग्दैन उसको खुसी, उसको बिश्वास, अनी उनीहरुको चाहाना संगै बग्छन् जुन होस् भन्ने चाहाँदैन ।

– “मलाई माफ गर मैले हतार गरेछु” निकीताले बसेको गलाले फेरी भनी ।

–“माफ…..” कमल लाई माफ भन्ने शब्द देखी धृणा लागेर आउँथ्यो । उ सोच्दै थियो, आफैलाई सोध्धै थियो ‘गल्ती नभए माफी के को लागी’ । “तिमीले माफी माग्नु पर्दैन” । कमलले लुकेर आँशु पुछ्दै भन्यो निकीताले त्यो याद गरीन ।

– “मेरो खुसी भित्र तिम्रो खुसी छ अनी तिम्रो खुसी भित्र मेरो” उसले फेरी आँशु पुछ्दै भन्यो । एसपटक निकीताले याद गरी कमलको आँशुहरुलाई ।

उ अझै कमलका नजीक आई र झनै कसेर उसको शरीरलाई आफुतिर तानी ।

आकासमा छिटपुट कालो बादलका टुक्राहरु देखीदै थियो । पानीका थोपाहरुले बिस्तारै जमिनतिर स्पर्श गर्दै थिए लाग्दै थियो उनीहरुको पिडामा अरु पनी साथमा छन् । कमलले माथी आकाशतिर नजर दौडायो उसले सारा खुसीहरु आफुतीर बाट टाढा टाढा गएको देख्यो तैपनी उ त्यो खुसीमा निकीताको साथमा रमाउँदै थियो । उसको जिबनको रेखाहरु अनी बाहीरी आकृती खिचीदै थियो । तिब्र रुपमा परिर्बतन हुदै गईरहेको जिबनले अनायस अफ्ठयारा मोडहरुमा पनी सन्तुलन गुमाएको थिएन । उग्र उत्कर्षले जिबनको उसको चहानाहरु माथि चडीरहेका थिए । उसले खोजेको खुसीहरु, चाहानाहरु, पुरा हुदै छन् भन्नेमा उ बिश्वस्त थियो । उसले नदेखेको नसुनेको सपना सबै पुरा हुदै छ हो त्यो सबै निकीताको चाहानाहरुले गर्दा हुन् । उ निकीताप्रती आभारी थियो ।

कमलको हरेक खुसीहरु निकीता माथी थियो । उसले मानेको ईश्वर थिई निकीता । उसको पबित्रतामाथी गर्ब थियो । त्रासले उसको आखाँहरु फरफराई रहेको थियो । हो त्यहाँ पिडा थियो यद्यपी घृणा थिएन । कमलले आफुलाई नियालेर हेर्यो उसले आफ्नो हरेक अङ्गहरु उ प्रती नै त्रसित भएको पायो तर किन ? प्रश्न अनुत्तरीत थियो । निकीताले आफुलाई कस्तो सोची कमलले ठम्याउन सकेन तर अझै निकीता उसको लागी पबीत्र थिई कीन ? उ अझै कुमारी थिई कीन ? कमलले आफुलाई प्रंश्न गर्यो तर कुनै उत्तर को आशा राखेन ।

– “मैले तिमीलाई दुख दिए तिम्रो प्यारो अती प्यारो सपना माथी आघात पुर्याए” । निकीता डरले अनी आशुले रातो भएकी थिई ।

–“होईन यो तिम्रो गल्ती होईन यो मेरो संर्घष हो” । कमलको मन भित्र दोहोरो युद्ध चल्दै थियो ।

– “मैले आफुलाई तिमीमा सर्मपीत गरे तर पनी म तिम्रो जस्ती लागीन” । निकीताले आफ्नो सुकेको ओठहरु चलाउँदै भनी । उ धेरै बेर देखी आशुमा पुरीएकी थिई त्यसैले उसके ओठहरु सुख्खा भएको थियो ।

– उसले आश्र्चय चकीत भएर निकीतालाई हेर्यो र भन्यो । “के मैले भने यो सब ? तिमी कीन सोच्दै छौ यि सब वाहीयात”  ? कमल लाई लाग्दै थियो एक थप्पड लगाउँ । तर उ त्यतीको साँहासिलो छैन की कसैलाई उसको गल्तीमा केरकार गर्न सकोस् । उ चुप लागी र कमललाई माया गर्न थाली ।

कमलले मनमनै भन्यो ‘यो तिमीले कस्तो गल्ती गर्र्यौ ?’ जसको पिडा हाललाई म भुल्न सक्छु तर कुनै दिन यो पिडा मेरो ब्यग्र बासना चिर्दै मलाई चुनौती दिन आईपुग्छन् । उसको आखाँबाट आशु थामीएन । उ माथीको कालो आकाश उसलाई हेर्दै जिस्काउँदै छ जस्तो लाग्यो । उसको छाती भित्र दन्कीएको आगो उसलाई जलाउन पर्यात छ तर ती सब लाई निकीताले बुझ्न सक्दीन या त बुझ्न नै चाहाँदीन । हो निकीता आँशु बगाँउदै छे तर त्यसमा त्यो ब्यत्तीको लागी, त्यो कार्यको लागी कुनै घृणा थिएन । कमलको बाँच्ने आधार को जग डगमगाउन यि यती कुराहरु पर्यात थिएनन् र ? कमलले मनमनै हजारै घोडाहरु दौडाउँदै थियो तर बिना काठीमा ति घोडाहरु दौडाउन सहज भने थिएनन् ।

–“के तिम्रो सपनामा कुमारीत्वको महत्व थिएन” ? उसले सोध्यो । उसका दुबै आखाँहरु ठुला भएका थिए ।

– “…..” उसले केही पनी बोलीन ।

ति दुबै प्राणी बिच एक अर्का संग नङ मासुको झै सम्बन्ध थियो । एउटा बिना अर्कोको सपना अधुरो थियो तर कमल लाई लाग्थ्यो उसको कुमारीत्वनै उसको सपना थियो । जुन सपना फेरी देख्न उसको चाहाना बाहीरको कुरा थियो । कमलले आफैलाई प्रश्न गर्यो ‘कुन चोखो कुन बिटुलो कसलाई कसरी परिभाषीत गर्ने’ । तर उसले यस्ता प्रश्न निकीतालाई कहील्यौ गर्न सकेन किनकी निकीतानै उसको अन्तीम लक्ष्य थिई न की उसको कुमारीत्व जुन कुरा निकीताले चाहेर पनी दिन सक्दीन थिई । कमलको सपना अघुरो भएको थियो जुन उसले चाहेर पनी पुरा गर्न सक्दैन । नटीपीएको गुलाफको फुलको बास्ना कस्तो हुन्छ त्यो बुझ्न पाउँदैन । कमल ले अमीलो मुख लागायो । उसलाई लाग्दै छ के उसले यि सब सोच्दैछ जुन सोचेर उसलाई दिगमीग लाग्छ ।

–निकीता, तिमी के सोच्दै छै ? कमलले सोध्यो ।

–केही होईन । उसले जवाफ दिई । तर कमलले मात्र त्यती खोजेको थिएन । म त्यसलाई घृणा गर्छु, त्यो मेरो र्बबादीको कारण बन्यो उसले यस्तो भनोस भन्ने चाहाना थियो तर कमलको त्यो चाहाना पुरा हुन बर्षै लाग्यो । चाणक्यले आईमाईहरु सोझा हुन्छन तर बिश्वास गरीहाल्नु हुँदैन भनेको कुरा कमलको मनमा बेला बेला उब्जीरहेको थियो । कमलले आफैलाई प्रश्न गर्यो के म यि सबैको चाहाना गरेर स्त्री लप्पट हुन खोजेको हो र ? कुमारीत्व चाहानु स्त्री लप्पटको अर्थ हो र ? कमलको मन फेरी भाँचीयो । उ फेरी रुन खोज्यो तर निकीतालाई हेरेर त्यो सब रोक्न पनी खोज्यो । निकीताले उसलाई के रुपमा लिन्छे कमल लाई थाहा थिएन तर कमले मन मनै प्रतिज्ञा गर्दै थियो उसले खोजेको सुख उसले हर तरहबाट उसको सामु राख्नेछ । यही उसले निकीतालाई दिएको आगाध प्रेमको प्रमाण थियो ।

निकीतालाई कमलले किन दोषी देखेन ? निकीताको हरेक गल्तीहरु लाई उसले किन सहज रुपले लिन्थ्यो ? बिना ईन्द्रेणीको उपस्थीतीमा पनी आकाशले आफु लाई अपुरो छोड्देन । देख्नेहरुले आकाशलाई अपुरो भन्लान तर जुनेली रात त्यही निलो आकाशको पृष्ठभुमीमा निक्लीन्छ तर बिना निकीताको उपस्थस्तीमा कमलको पृष्ठभुमी अध्यारो थियो । यो कमलले निकीतलाई गरेको अशिमीत माया र आदरको प्रमाण थियो । कमल निकीताको  अगाडी यस्ता कुराहरुमा सहज देखीन चाहान्थ्यो ताकी निकीताको आँखामा अरु आँशुदेख्न नपरोस् ।

–“तिमी जिबनमा खुसि चाहान्छौ या सुख” ? कमलले सोध्यो ।

–“…….” निकीता केही बोलीन सायद उ संग जवाफ थिएन ।

खुसि र सुख एकआपसमा द्धन्वदान्मक शब्दहरु हुन् कमलले यसलाई परीभाषीत गर्न सक्दैन या अब परीभाषीत गर्न नै चाहाँदैन । कमललाई थाहा थियो उ निकीतासंग खुसि हुन सक्छ तर उसले निकीतालाई दिने सुख र कमल लाई निकीताले दिने सुख बिच भिन्नता थियो ।

यो मेटाउन नसक्ने दाग थियो निकीताको जिबवको तर कमलले त्यसलाई असहज रुपमै भएपनी चन्द्रमाको दागझै लिएको थियो जसले उसलाई हरदम शितलता भित्र शितलता दिदै थियो । कुनै गल्तीहरु सच्याउन नमील्ने हुन्छन् जसले जिबनभर घोचीरहन्छन् कमललाई थाहा थियो यो यस्तै गल्ती थायो । मुलाएम दुबोले ढाकीएको जमीनमा बसेर दुबै आ–आफ्नो नयाँ सपना बुन्दै थिए । उ त्यही हरीयो दुबो माथी पल्टीएर निकीतालाई पनी त्यहीँ पल्टाई दियो उसको हातहरुले बिस्तारै उसको ओठहरु सुमसुमाउन पुग्यो । उसले निकीतालाई उसको हरेक हरेक ठाउँमा चुम्बन गर्यो । उसले निकीताको अगाडीको दुई ठुला पाहाडहरु लाई चलाउँदै आफ्नो ओठहरु उसको ओठहरु भित्र घुसाईदियो ।

–“के तिमी त्यसलाई बिर्सन सक्छै” ? उसले सोध्यो ।

–“………” निकीताले केही भनीन ।

–“त्यसलाई अझै माया गर्छै” ? उसको पहीलो जवाफ नपाएको ले फेरी अर्को प्रश्न उ तिर सोझ्याई दियो कमलले । कमल अझै उसको ओठहरु चलाउँदै थियो । उसले केही पनी भनीन । कमललाई लाग्यो त्यसको जवाफ निकीतासंग पनी छैन । उसले बुझ्यो उ अझै त्यसलाई संम्झन्छे, अझै त्यसको माया गर्छे । कमलले उसलाई एकहोरो हेरीरहेको थियो । ओठहरु चलाउन छोडीदियो त्यो उसप्रतीको बितृष्णा भने थिएन मात्र आलस्यता थियो । जब जब यि सब कुराहरु उसको मनमा आउँथ्यो उ यसै गरी आलस्य अनुभब र्गथ्यो आफु प्रती नै घृणा लागेर आउँथ्यो उसलाई।

–“तिमी त्यसलाई भुल मान्छै” ? कमलले फेरी सोध्यो । कमललाई थहा थियो यो सब निकीतालाई केही पनी हो जस्तो लागेको थिएन । न त यो सब कुरा लाई उ भुल मान्न नै तयार छे । त्यो निकीताको त्यस बेलाको सुख थियो तर त्यही सुखले कमलको जिबनलाई रित्ताईदयिो ।

२.

आज ६ बर्ष पछी पनी निकीता त्यसलाई भुल मान्न तयार भएकी छैन । त्यो उसको सुखद बासना थियो रे उसले दिन नसकेको । प्राची उनीहरुको प्यारी छोरी जसको आज जन्मदिन खुब धुमधामले मनाईदै छ । प्राचीको ओठको मुस्कान बिलकुल निकीताको जस्तो थियो । उसको ठुलो आखाँ, चिटिक्क परेको जिउ डाल सबै निकीता संग मिल्थ्यो । आज लगाईदिएको सेतो घाँघरमा प्राची क्याथोलीक बेहुली जस्ती देखीएकी थिई । उसको छुनुमुनुले घर पुरै रङ्गगीन भएको थियो । उसको मिठो तोते बोलीले आगन्तुकहरुको मन तानीएको थियो । प्राची निकीताको सारीको सप्को तान्दै सोध्धै थिई “हजुल ले कस्तो केक ल्याईदिस्यो ? कुन बेला काट्ने ?” कमलले तिसबै हेरीरहेको थियो अचनाक उसको आखाँबाट आशुँहरु बग्न थाले ।

कमलको मन बुझाउने बाटो बनेकी थिई उसको प्यारी छोरी प्राची । कमलको मनमा निकीताप्रती ठुलो सम्मान छ । आज निकीताले लगाएको रातो सारीले निकीताको सौन्र्दयमा निखारता ल्याएको थियो ।  प्राची कोठाभरी नाचीरहेकी थिई । निकीता कमल संगै आएर बसी

– “छोरी ठुली हुँदै छे” । निकीताको मुहारमा स्यष्ट हाँसो झल्कीयो ।

–उसले भन्यो “सानी नै ठिक छे, ठुली हुँदै गई भने बदमास हुन्छे” । तिमी जस्तै । कमलले जिस्कीदै भन्यो । तर निकीता रुन थाली उसले चित्त दुखाई ।

–“मैले तिमीलाई कहीले नराम्रो भनेको छु” ? उसले आफु चोखीन खोज्यो ।

निकीताले आशु पुछी । प्राची ले परै बाट देखीछे दौडीदै आएर सोधी “हजुल किन लोईछेको” ? कमल हाँस्यो अनी निकीतापनी । प्राची फेरी कुद्धन थाली । प्राचीले केक काटी र सबैलाई उसैको हातले बाँडी ।

प्राची थाकेकी थिई उसको सानो मस्तीष्क आजको कोलाहाल पुर्ण बाताबरणले चाँडै निदायो । साँझ पर्न थालेको थियो, पाहुनाहरु सबै हिडीसके थिए । कमल प्राचीको नजिकै बसेको थियो । उ प्राचीको अनुहारतिर हेरेर हाँसिरहेको थियो । उ प्राचीको अबोध बालापन देखेर यसै गरी रमाउने गर्छ । निकीताले कमलको लागी दिएको यो उपहार हरेक दुख भुलाउन पर्यात थियो । निकीता प्राचीको लागी लेराईदिएका गिफ्टहरु मिलाएर राखिदिदै थिई ।

कमल उठेर आफ्नो कोठातिर लाग्यो । निकीतापनी उसको पछी लाग्दै थिई । दुबै जना थाकेका थिए । कमलले घडीतिर आखा पुर्यायो ८ बज्न लागेको थियो । कमल सोफामा बसेर चुरोटको घुँवा उडाउन थाल्यो । निकीता लुगा फेर्न थालेकी थिई । निकीताको सौन्र्दर्य देखेर कमल उठ्यो र निकीतालाई आफ्नो अंगालोमा बेर्यो ।

–यो आकारमा के छ जसले मलाई यसरी तान्दै छ । कमलले निकीताको सम्पुर्ण शररिमा हेर्न भ्यायो । कमल सोच्दै थियो सायद अरु कसैले देखेको निकीताको सौन्र्दय पनी यही थियो होला । त्यसले पनी निकीताको सौन्र्दयको बयान यसैगरी गरेको थियो होला । कमलको हाँसो फेरी उड्यो उ मलीन देखीयो । उसले निकीतालाई अझै नजीक तान्यो । निकीतालाई कमलले कहील्यै सोध्ने आँट गरेन की फरक कुन सम्बन्धमा थियो ? कमलले आफुलाई निर्धो महशुस गर्यो । कमलले बिस्तारै उसको लुगाहरु फुकाल्दै गयो जसरी त्यसले गर्यो होला जसको अन्तर निकीताले प्रष्ट छुट्टाउन सक्थी । कमललाई ग्लानी महशुस भयो । कमलले आफुलाई जिबनमा कहील्यै सानो सोच्ने मौका पनी दिएको थिएन । कमल हठी स्वभाबको हुनाले आफु अरुको अगाडी कहील्यै गलेन तर यो त्यस्तो समय थियो जहाँ कमल आफु आफ्नो आर्दशबाट, शिद्धान्त बाट डगमगमएको थियो । कीन निकीतालाई थाहा थियो ? कमलले मुख बिगार्यो ।

–“तिमी आर्दशलाई कसरी लिन्छौ” ? कमलले चर्को स्वरमा भन्यो र लगत्तै सानो स्वरमा फेरी सोध्यो

–“बास्तबीक जिबन संग आर्दशको मेल के हुन सक्छ” ? कमललाई आफु काँपेको जस्तो लाग्यो कीनकी उसले निकीता संग कहिल्यै यस्तो चर्को स्वरमा बोलेको थिएन ।

–“आदर्श जिबने बाच्ने ढङ्गग हो, तरीका हो” । उसले सहज रटेको जवाफ दिई ।

–“अनी सिद्धान्त” ? कमलले फेरी सोध्यो यस पटक उ नम्र देखीयो ।

–“कीन यस्तो कुरा गरेको तिमीले आज” ? निकीताले मुन्टो बटारी ।

–उसले हास्दै भन्यो  । “मेरो आर्दश यही हो नी, भन सिद्धान्त के हो” ?

उ चुप लागी । निकीताले भने जस्तो आर्दश जिबन जिउने ढङ्गग हो भने म कीन पल्टीएँ त मेरो आर्दश बाट कमलले मनमनै निकीतालाई सोध्यो । कमल फेरी हास्यो उसले भन्यो सिद्धान्त आर्दशको जगमा बसेको हुन्छ, मैले मेरो नयाँ सिद्धान्त बनाए जसले नयाँ आर्दको जन्म दियो र यही नयाँ आर्दश नै मेरो जिबन जिउने ढङ्गग हो । कमलले आफुलाई मनायो ।

निकीता ले केही भनीन मात्र उसको नजीक गएर उभीई दिई । कमलले उसको हातहरु उनको सम्पुर्ण शरीर भरी नचाउन थाल्यो । कमल त्यो घृणीत कल्पना बाट बच्न चाहान्छ तर उसको मानशपटलमा त्यो स्मृती त्यो कुकृत्य यही समय सधै उब्जने गर्छ सायद निकीताले पनी याबत कुराहरु संझन्छे होला तर त्यसको अर्थ के छ ? कमलले आफैलाई सोध्यो जबकी उ त्यो कुरालाई उसको भुल हो भन्ने चाहान्न, यि सबै कुरा मात्र त्यो बेलाको दौड थियो । कमलले बास्तबीक जिबन बाँचेन न की संझैतामा । उसले मात्र निकीताको सुख र खुसीको लागी यो संझैता गरेको होईन यदी हो भने उ धेरै अघी मासानघाट को आगोमा दन्कीईसकेको हुन्थ्यो ।

कमलले कुनै कुराको कमीको जिकीर कहीले गरेन निकीताबाट । निकीताको हेरक खुसी बाट सिर्र्जीत उसको खुसी सम्पुर्ण जिबन रङ्गगाउन पर्यात थियो । कमल आफ्नो सम्पुर्ण बलले उसको शरीर माथी हल्लीरहेको थियो ।  निकीताको लठ्ठ परेको आखाँहरु, उसको सर्लक्क परेको हातहरु, अनी ओठ सबै उस्तै थिए । कमलले उसको शरीर प्राय यसैगरी जाच्ने र्गथ्यो, निकीताको तारीफ यसैगरी गर्ने बानी थियो । कमलले सोच्यो मेरो तारीफ निकीताबाट कहिल्यै भएन किन सायद निकीता त्यही यादहरुमा हराँउछे होला । कमललाई लाग्यो ‘उ होईन त्यो खुसी नाच्दैछ निकीताको शरीर माथी’ । कमलले त्यो सुख पायो । कमल निकीतालाई आफ्नो छातीमा राखेर निदाउने प्रयास गर्न थाल्यो ।

– कमलले सोध्यो । “तिमी सन्तुष्टीलाई कसरी परीभाषीत गर्छै” ? “सन्तुष्ट भयौ” ?

–“भईन” । निकीताले हाँसेर भनी उ प्रत्येक रात यही भन्ने गर्थी ।

होईन यो उसको अन्र्तह्ृदयबाट निस्कीएको शब्द हो यो कसरी बनावटी हुन सक्छ । के निकीता सन्तुष्ट भईन ? के उसले अझै त्यही सुखको चाहाना गर्दै छे ? कमलको आखाँहरु फेरी रसाए । कमलले आफुलाई हजारैं समस्यारुपी प्रशनको घरमा पायो जाँहा कुनै प्रशनको उत्तर थिएन न निकीतासंग थियो । के यो नकोरीएको रेखाहरुले उसको जिबनलाई अब खण्डीत गर्दै छ । होईन उसको यो धर्म होईन । कमलले आफैलाई रोक्यो । कमललाई थाहा थियो यो भुलभुलैया भित्र निकीतालाई उसले पसाएको थियो तर बाहीरी संसारको भन्दा यो भुलभुलैया उसलाई प्यारो लाग्थ्यो अती प्यारो ।

***

(After four years, they are still together. Now prachi studying in fifth grade. kamal working at one of the reputed bank of the USA.)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.