कविता : मानुषी

~पारिजात~parijaat_3

तिमी र म एउटै होइनौं
एक–अर्काका पूरक मात्र हौं
त्यसैले
तिमी मेरा थुप्रै
अनुभूतिहरुका
भागीदार हुनसक्दैनौ
म तिम्रो मृतदेहसँग
जिउँदै मर्नसक्छु
म तिमीहरुको
सामूहिक बलात्कार
खपेर बाँच्न सक्छु

तिमीलाई त
त्यसो कहिल्यै भएन,
तिमीले
रजस्वलाको कष्टप्रद
क्षण भोगेका छैनौ
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको
अतिशय
पट्यारलाग्दो अवधि थाहा छैन

तिमीलाई प्रसवकालको
सीमातीत
कष्ट भोग्नु पर्दैन

हो, म तिमीबिना
आमा बन्न सक्दिनँ
तर मैले तिमीलाई
बाबु बन्ने श्रेय
दिएकी छु ।

तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु

आऊ आज हामी
उत्पीडनहरु साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एक–अर्काबिना
बाँच्न सक्ने
प्राणी होइनौं

म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पु
¥याऊ

त्यहाँ, जहाँ तिमीलाई
मैले
सभ्यताको आदिकालमा पु¥याइसकेकी थिएँ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.