~राजकुमार श्रेष्ठ ‘दीप’~
मन्दिरकै संघार मा खस्यो पुजा थाली
दैव पनी मेरो निम्ती बन्यौ किन जाली
बजेनन् ती घण्टाहरू मैले बजाउदा
पछ्यौरीमा अल्झ्यो हात चुरा सजाऊदा
टुक्रिएर झर्यो भुईमा भयो खाली खाली
दैव पनी मेरो निम्ती बन्यौ किन जाली
नियती नै यस्तै थ्यो की भाग्य लेखी दिँदा
निभ्न खोज्छ दीयो अझै तेल थपी रहंदा
ढोगी रहें पाउमा उन्को सिउंदो भयो खाली
दैव पनी मेरो निम्ती बन्यौ किन जाली
मन्दिरकै संघार मा खस्यो पुजा थाली
दैव पनी मेरो निम्ती बन्यौ किन जाली
३ जुलाई २०१६
बेलायत
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)