गजल : लुकि-लुकी भेट्छन !

~एकु घिमिरे~eaku-ghimire

भेट्नुहुन्न त्यसलाई भन्छन्,लुकि-लुकी भेट्छन !
निहुरिन छोड्यौं भन्छन्,झुकि-झुकी भेट्छन।

टाढा हुँदा बिरोध गर्छन्,नजिक हुँदा पाउ पर्छन !
मर्यदाक्रम बिर्सिएर ढुकि-ढुकी भेट्छन।

कोही गुलाब दिन जान्छन्,कोही गुराँस दिन !
प्रत्युत्तरमा प्लस्टिकको फूल बुकी भेट्छन।

झन्डा दिए,खोला दिए,अझै के-के देलान ?
स्वाभिमान बेच्छन अनि आना सुकी भेट्छन।

मिल्यो भने यी भ्रस्टले घाम पनि बेछन !
बद्लामा खीया पर्-या थोत्रे टुकी भेट्छन।

श्रीअन्तु-२,इलाम
हाल:चैनपुर्,संखुवासभा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.