~दिनेश अधिकारी~
मै मरिगए सम्झना राख्नू— माटो भो नभन्नू
काँडा नै थिएँ भने नि मनको घाउमा सम्झिनू
तर, क्वै बेला सम्झिनू मलाई, क्वै थियो भन्दिनू
व्यर्थैमा चित्त दुखाएँ हुँला
आँखामा उस्तै धुवाँएँ हुँला
कर्मले राम्रो नहुन सक्छु
पाइलैपिच्छे बिझाएँ हुँला
मेरो गुन केही नभएदेखि बैगुनमै सम्झिनू
तर, क्वै बेला सम्झिनू मलाई, क्वै थियो भन्दिनू
भोगेर यतै सकियो जुनी
नजानी कतै भएँ कि खुनी
जे भए पनि म तिम्रै थिएँ
मिठासभरि नछाए पनि
आफन्त ठान्न नमिल्ने भए टाढाकै सम्झिनू
तर, क्वै बेला सम्झिनू मलाई, क्वै थियो भन्दिन